प्रधानमन्त्रीद्वारा पूर्व राज्यमन्त्री निसाधको निधनमा दुःख व्यक्त

 न्यूज विराट
प्रधानमन्त्रीद्वारा पूर्व राज्यमन्त्री निसाधको निधनमा दुःख व्यक्त

काठमाडौं, २७ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसाधको निधनमा दुःख व्यक्त गरेका छन् ।

सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका रुपमा प्रधानमन्त्री ओलीले निसाधको स्मरण गरेका छन् ।

उनले यस दुःखद घडीमा दिवङ्गत निसाधप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा पर्नुभएका परिवारजन, आफन्त र शुभचिन्तकप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओली पहिलोपटक प्रधानमन्त्री हुँदा निसाध मधेश समता पार्टीका तर्फबाट उद्योग राज्यमन्त्रीको जिम्मेवारीमा थिए । पछिल्लो समय उनले नेतृत्व गरेको पार्टी नेकपामा समाहित भएको थियो । मिर्गौलासम्बन्धी समस्याबाट पीडित उनको उपचारकै क्रममा आज वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ६५ वर्षको उमेरमा निधन भएको हो ।

सम्बन्धित समाचार

मकै बारीमा शव फेला, हत्याको आशंका

महोत्तरी, २९ वैशाख-महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक ठाकुरको...

रामबहादुर बम्जनको आश्रममा सीआईबीकाे छापा

काठमाडौं ४ असार-लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा प्रहरीले छापा मारेको छ । उनीमाथि २०७२ मा आश्रममा आएका अनुयायीहरुको हत्या र बलात्कार गरेको अभियोग लागेको थियो । सोही अभियोगमा पक्राउ पुर्जि जारी भएका...

विराटनगरमा ७ सहित प्रदेश १ मा ७४ संक्रमित थपिए

विराटनगर, १२ भदौ–प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४÷१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

मतान्तर बढाउदैं अमनलाल मोदी

विराटनगर । माओवादी केन्द्रका नेता अमनलाल मोदीले मतान्तर फराकिलो बनाउँदै लैजान थालेका छन् । मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका मोदीले ५ हजार ७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले ४...

सीमा विवाद टुंग्याउन आफ्नै नेतृत्वमा कार्यदल बनाउन सुजताको माग

काठमाडौं, २९ वैशाख-नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले जारी सीमा विवाद टुंग्याउनको लागि आफ्नै नेतृत्वमा कार्यदलको माग गरेकी छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस्तो माग गरेकी हुन् । भारतले बंगलादेशको सीमानाका समस्या वार्ताबाट...

प्रदेश १ को नामकरण कहिले ? कहिले हो कहिले

प्रदेशसभाको आठौँ अधिवेशनसम्म पनि प्रदेश १ को नामकरण हुन सकेको छैन । नामकरणका लागि प्रदेशसभाको दुईतिहाइ मत आवश्यक हुन्छ । तर, प्रदेशको नामकरण कहिले हुन्छ भन्ने अन्योल अझै कायम छ । अहिलेको सरकार अल्पमतमा रहेकाले पनि...

तीन किशोरीको उद्धार

इलाम, २३ पुस-भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका...

विराटनगरमा फागुन १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता हुँदै

विराटनगर, १५ फागुन । एएचपी इन्टरटेन्मेन्टको आयोजनामा विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी फागुन १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हने भएको हो । प्रतियोगिताका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्