साढे २ महिनादेखि ठप्प सार्वजनिक यातायात पुनः सञ्चालनसम्बन्धी छलफल सुरु

 न्यूज विराट
साढे २ महिनादेखि ठप्प सार्वजनिक यातायात पुनः सञ्चालनसम्बन्धी छलफल सुरु

काठमाडौं, २६ जेठ-सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरूपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ ।

बन्दाबन्दीको झण्डै साढे २ महिना ठप्प भएका सार्वजनिक यातायात सेवालाई पुनः सञ्चालन गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायसँग छलफल थालेको हो । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ जोखिम कम गर्दै यातायात सञ्चालनसम्बन्धी कार्यविधि बनाएर विभागले यसमा छलफल शुरु गरेको छ ।

सरकारले रेड, ग्रिन र एल्लो जोन निर्धारण गरेर बन्दाबन्दीको स्वरूप परिवर्तन गर्न सकिने विषयमा छलफल गरिरहेको छ । जोखिम कम भएका स्थानमा सार्वजनिक यातायात सञ्चालनका विषयमा छलफल थालिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

कार्यविधिमा सार्वजनिक यातायातभित्र यात्रुबीच कसरी दूरी कायम गर्ने, सवारी साधनलाई कसरी सुरक्षित बनाउने, भाडा दिने/लिने कसरी गर्नेलगायतका विषय समावेश छ । थोरै सङ्ख्यामा यात्रु राख्ने, भाडा दिँदा विद्युतीय प्रविधिबाट वा बाकसमा यात्रुले राख्ने र नियमितरुपमा सवारी साधनमा सङ्क्रमण हटाउने कुरा कार्यविधिमा उल्लेख छ । उनले भने, ‘कसरी यात्रु र सवारी साधनका कर्मचारी सुरक्षित भएर सञ्चालन गर्ने भन्नेमा छलफल भइरहेको छ ।’

सार्वजनिक सवारी साधन खुल्ने मिति टुङ्गो नभए पनि सरकारले निर्णय गर्नासाथ सञ्चालन गर्नका लागि आवश्यक तयारी भइरहेको विभागले जनाएको छ । बन्दाबन्दी खुकुलो गरेर विभिन्न कार्यालय सञ्चालनमा आउँदा सार्वजनिक सवारी साधन पनि खुलाउनुपर्न सक्ने दबाब आएको महानिर्देशक हमालले बताए । उनले भने, ‘अरू सेवा खुलिरहँदा त्यसको पूर्तिका लागि पनि यातायात खुलाउनुपर्छ ।’

बन्दाबन्दीका बीचमा पनि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा पनि सार्वजनिक यातायातका विषयमा छलफल भइरहेको उनले बताए । शुरुमा ठूला र साना कस्ता सवारी साधन वा कति सङ्ख्यामा कसरी सवारी साधन खुलाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहेको छ । विभागले अहिले आवश्कतानुसार बैठक गरेर छलफल गरिरहेको उनले बताए । भाडादरका विषयमा भने तत्काल भाडा बढाउन सकिने अवस्था नरहेको उनको भनाइ छ ।

यातायात व्यवसायीले भने सार्वजनिक यातायात सञ्चालन गर्नु पहिले सरकारले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका छन् । लामो समयसम्म सवारी साधन थन्किएकाले त्यसको मर्मत गरेर सञ्चालनमा ल्याउनुपर्ने यातायात व्यवसायी महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए । लामो समय थन्किएका सवारी साधन सर्भिसिङ गर्ने, ब्याट्री फेर्नेलगायतका काम पहिले गर्नुपर्ने हुन्छ । उनले भने, ‘गाडी चलाउनुभन्दा पहिले झण्डै १ लाख खर्च गरेर बनाउनुपर्छ ।’

आवश्यक स्वास्थ्य सावधानी नभए सार्वजनिक सवारी साधनले कोभिड–१९ फैलाउन सक्ने उनले बताए । सवारी साधन सञ्चालन गर्दा यात्रु, चालक, सहचालक सबैको सुरक्षामा ध्यान दिनुपर्छ । ट्याम्पो, माइक्रोलगायतका थोरै सिट क्षमताका सवारी साधनमा कसरी सामाजिक दूरी कायम गर्न सकिन्छ भन्नेमा पर्याप्त छलफल हुन जरुरी छ ।

यात्रु, चालक र सहचालकलाई मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने उनले बताए । यो समयमा काम गर्दा चालक र सहचालक कोभिड–१९ को जोखिममा हुने भएकाले उनीहरूको पनि बिमा गर्नुपर्ने उनले बताए । उनले भने, ‘चालक र सहचालकको मनोबल उच्च बनाउँदा मात्रै उनीहरुलाई काममा लगाउन सकिन्छ ।’

सवारी साधन सञ्चालन गर्नुभन्दा पहिले बैंकको किस्ताका सम्बन्धमा पनि सरकारले सहजीकरण गनुपर्ने अध्यक्ष कर्माचार्यले बताए । ‘बन्दाबन्दीको समयमा सवारी साधन सञ्चालन नभएकाले किस्ता नमागे पनि सञ्चालनमा आएसँगै त्यसका लागि ताकेता गर्न सक्छन्’, उनले भने, ‘हामीले यो विषयमा वैशाखदेखि नै विभागीय मन्त्रालयमा आफ्ना कुरा राखिरहेका छौँ ।’

सरकारले बन्दाबन्दी खुकुलो बनाउनका लागि यातायातको साधन खुलाउनुपर्ने भए पनि यसबाट सङ्क्रमण फैलनसक्ने जोखिम रहेको व्यवसायी र नागरिकले बताउँदै आएका छन् । बन्दाबन्दी जारी रहँदा कतिपय चालक र सहचालक घर फर्किसकेका छन् भने कतिपय काठमाडौँ उपत्यकामा नै छन् । सवारी साधन खुल्ने निश्चित भएपछि घर फर्किएकामध्ये कतिपयलाई फर्काउनुपर्ने महासङ्घले जनाएको छ ।

देशभर झण्डै २ लाख ५५ हजार सार्वजनिक सवारी साधन सञ्चालनमा छन् । त्यसमा ५ लाखभन्दा बढी जनसङ्ख्याले रोजगारी पाएका छन् । कतिपय व्यवसायी आफैँ गाडी चलाएर स्वरोजगार छन् । बन्दाबन्दीले व्यवसायी, चालक, सहचालक र आश्रित परिवारमा समस्या भइरहेको महासङ्घले जनाएको छ ।  – रासस

सम्बन्धित समाचार

ग्रेडेड स्कुलमा नृत्य प्रतियोगिता, फाइनलमा १० जना छनौट

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा नृत्य प्रतियोगिताको फाइनलमा १० जना छनौट भएका छन् । स्कुल परिसरमा बुधबार भएको छनौट चरणमा सहभागि भएका ७८ जनाबाट १० जना विद्यार्थी फाइनलमा छनौट भएका हुन् । प्रतियोगिताको फाइनल...

प्रदीप ज्ञवालीले गरे माधवको एकताबिरोधी षडयन्त्रको भण्डाफोर

काठमाडौं, असार १३ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पूर्वप्रधानमन्त्रप् माधवकुमार नेपालको पछिल्लो ब्यवहारप्रति कठोर टिप्पणी गर्नुभएको छ । कसैको इसारामा नेता नेपाल एमालेबिरुद्ध अभियान छेडने काममा लागेपछि प्रवक्ता ज्ञवालीले उहाँको पछिल्लो क्रियाकलापप्रति कठोर जवाफ दिनुभएको हो...

कस्तो बन्छ कोशीको पाँच सय शैय्याको मेडिकल भवन ?

विराटनगर । आठ तलाको बन्न लागेको विराटनगरस्थित कोशी अस्पतला भित्रको मेडिकल भवन पाँच सय शैय्याको हो ।उक्त भवनको शिलन्यास बिहीबार सहरी विकास मन्त्री मेटमणी चौधरी र स्वास्थ्य तथा जनजसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गले संयुक्त रूपमा...

पारिश्रमिक नपाएको भन्दै नोबेलका ५५ स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

विराटनगर, ९ भदौ-विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ५५ जना स्वाथ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखिको पारिश्रमिक नपाएको तथा स्वास्थ्यकर्मीको सुरक्षामा अस्पतालले विभेद गरेको भन्दै कलेजको इमरजेन्सी विभागमा कार्यरत ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन्...

प्रतितोला ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, १४ माघ ।सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन...

दिव्य ज्योती अस्पतालमा ६ महिनामा २५ जनाको आँखाको नानीको सफल प्रत्यारोपण (भिडिओ)

विराटनगर । विराटनगर १४ मलाय रोडमा रहेको दिव्य ज्योती अस्पतालमा हालसम्म २५ जनाको आँखामा नानी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । ६ महिनाको अवधिमा नेपाल आँखा बैकबाट आँखाको नानी ल्याएर सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।१५...

कांग्रेस महाधिवेनः इटहरीको नगर सभापतिमा हेकमर्ण पौडेल विजयी

विराटनगर, १० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्र्तगत सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनबाट हेमकर्ण पौडेल सभापतिमा विजयी हुनुभएको छ । निर्वाचनमा दुई प्यानल भएर चुनावी प्रतिस्पर्धा गरेका विकास केसीलाई ४२ मतको अन्तरले पौडेलले पराजित गर्दै...

आइटिएफ तेक्वान्दोको उपाधि झापालाई

विराटनगर । पाँचौ कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ कास्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो । बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटले मोरङको बेलबारीमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्