उपत्यका विकास प्राधिकरण खारेज गर्न मेयरहरुको माग

 न्यूज विराट
उपत्यका विकास प्राधिकरण खारेज गर्न मेयरहरुको माग

काठमाडौ‌ं, २६ जेठ-उपत्यका नगरपालिका फोरमले काठमाडौँ उपत्यका विकास प्राधिकरण अविलम्ब खारेजी गर्न संघीय सरकारसँग आग्रह गरेको छ । फोरमले विज्ञप्ति जारी गरी सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङ र राज्यमन्त्री रामवीर मानन्धरसँग यस्तो आग्रह गरेको हो ।

विज्ञप्ति जारी गर्नु अघि फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सहरी विकास राज्यमन्त्री मानन्धरसँग छलफल गरेका छन् ।

२०४५ सालमा तत्कालिन राजा वीरेन्द्रले लालमोहर लगाएको ऐनका आधारमा चलेको उपत्यका विकास प्राधिकरणलाई अहिलेको संविधानले नचिनेको भन्दै नगरपालिका फोरमले पटक–पटक खारेजीको माग गर्दै आएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण २०६८ मा पहिलो संशोधन भएको थियो ।

‘प्राधिकरण २०४५ सालमा गठन भएको संस्था हो । यो संस्था राजा विरेन्द्रले जारी गरेको पञ्चायती अवशेषको ऐनमा टेकेर बसिरहेको छ । यसको जग नै बलियो छैन,’ फोरमका सचिव श्रेष्ठले भन्नुभयो, ‘प्राधिकरण मुलुकमा गाउँपञ्चायत रहँदा स्थापना भएको संस्था हो । अहिले गाविस हुँदै स्थानीय सरकार बनिसकेको अवस्थामा र वर्तमान संविधानले समेत नचिनेको संस्था राखिराख्न उचित छैन ।’

उपत्यकाका संघीय र प्रदेश सांसदहरुसँगै विज्ञहरुसँग पनि यस विषयमा छलफल गरेर त्यसको निष्कर्षसहित प्रधानमन्त्रीलाई भेट्नेसम्मको तयारीमा उपत्यका नगरपालिका फोरम रहेको श्रेष्ठले जानकारी दिए ।

उनले नगरपालिका र उपत्यका प्राधिकरणको काम, कर्तव्य र अधिकार ९० प्रतिशत भन्दा माथि मिल्दोजुल्दो रहेको भन्दै संघीय संरचना अनुसारको स्थानीय सरकारलाई बाइपास गरेर प्राधिकरणलाई अघि सार्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने दाबी गरे ।

सम्बन्धित समाचार

भारतीय कारबाट १४६ केजी गाँजा बरामद, कार छोडेर चालक फारर

विराटनगर । विराटनगर – ११ बुद्ध विहार मार्गबाट प्रहरीले एक सय ४६ केजी गाँजा बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त रुपमा खटिएको...

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १ सय ५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु हुनेको...

संघीय सरकारविरुद्ध प्रदेश २ सरकार पुनः अदालत जाने

जनकपुर, फागुन २३–अधिकार प्राप्तिको विषयमा संघीय सरकारसँग संघर्ष गर्दै आएको प्रदेश २ को सरकारले पुनः एक पटक संघीय सरकारविरुद्ध अदालत जाने निर्णय गरेको छ । संघीय सरकारले गरेको वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गामध्ये ६...

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्ने सम्भावना

काठमाडौं, ४ जेठ-आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । लकडाउनबारे निर्णय गर्नका लागि बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । केही दिनयता लगातार संक्रमितको संख्या बढेसँगै आजको बैठकले लकडाउनको अवधि लम्बाइने...

इक्युवालिटि कप क्रिकेट सोमबारदेखि विराटनगरमा सुरु

विराटनगर र महिला समानताका लागि नेपाल क्रिकेट फाउण्डेशनले भुइँ तह तथा महिला विकासका लागि चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना शुरु भएको छ। विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा आज भएको...

ब्राउनसुगर सहित १ जना पक्राउ

विराटनगर, १६ मंसिर । सुनसरी ईटहरी उप-महानगरपालिका ६ स्थितबाट ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी ४ पान्धारे का ३० बर्षिय सन्तोष श्रेष्ठ रहेका छन् । हिजो बेलुका साढे ६ बजे...

आरडीटीबाट ८ सय २६ जनाको परिक्षण

विराटनगर, बैशाख ४-प्रदेश १ मा विहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी ८ सय २५ जनाको रिर्पोट...

अनाधिकृत रुपमा अनलाईन गेमिङ खेलाउने कल्सल्टेन्सी संचालक सहित ४ जना पक्राउ

अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application द्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कल्सल्टेन्सी संचालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ। पक्राउ पर्नेहरुमा दमक-८ मा रहेको पद्मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्