सुरक्षाकर्मी जोखिमकाबीच कर्तव्यपथमा, ५३ जनामा कोरोना संक्रमण

 न्यूज विराट
सुरक्षाकर्मी जोखिमकाबीच कर्तव्यपथमा, ५३ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ जेठ-मुलुकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन् । देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरू कर्तव्यपालना सक्रिय छन् ।

सङ्क्रमण रोक्न मुलुकमा ७७ दिनदेखि जारी बन्दाबन्दीको आदेश कार्यान्वयन गर्दै नागरिकको शान्तिसुरक्षामा अहोरात्र खटिएको नेपाल प्रहरी बढी प्रभावित हुन पुगेको छ । कार्यस्थलमा मानिससँग प्रत्यक्ष साक्षात्कार हुने हुँदा नेपाल प्रहरी बढी जोखिममा छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही जोखिमका बीच उच्च मनोबलका साथ शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा सरकारको आदेश पालना गर्दै सङ्क्रमण फैलनबाट रोक्न सुरक्षाकर्मी कार्यस्थलमा खटिएको बताउँछन् । अझै पनि सबै प्रहरीले न्यूनतम व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री प्राप्त गर्न सकेको छैन । अभावका बीच प्रहरीले आफ्नो भूमिकालाई कमी हुन दिएको छैन ।

नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले पनि सरकारले तोकेको जिम्मेवारीलाई अग्रभागमा बसेर कर्तव्यपालना गरिरहेको छ । मुलुकमा अहिलेसम्म कूल तीन हजार ४ सय ४८ जनामा कोभिड-१९ देखिएकामा कर्तव्य निर्वाह गर्ने क्रममा सुरक्षा निकायका ५३ जनामा कोभिड-१९ सङ्क्रमण भएको छ । यसमा सबैभन्दा बढी ३३ जना नेपाल प्रहरीका छन् । नेपाली सेनाका १४ मध्ये सातजना विदेशमा सङ्क्रमित भएका हुन् । सशस्त्र प्रहरीका पाँच र राष्ट्रिय अनुसन्धान विभागका एकजनामा कोभिड-१९ पुष्टि भएको छ ।

प्राप्त विवरणअनुसार नेपाल प्रहरीका ३३ मध्ये १४ जना निको भएर होम क्वारेन्टिनमा फर्किसकेको र १९ जनाको उपचार जारी छ । जसमा चारजना उपत्यकाका छन् । प्रहरीका प्रवक्ता शाही मापदण्ड बनाएर आवश्यक सुरक्षा सावधानी अपनाइए पनि केही कर्मचारीमा सङ्क्रमण देखिएको बताउँछन् । उनका अनुसार अग्रभागमा खटिने प्रहरीलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीर्ई) तथा अन्य स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

सुरक्षा मापदण्ड अपनाइएको बताए पनि प्रहरीले पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामग्री प्राप्त गर्न सकेका छैनन् । उनीहरूले चाहेर पनि सामाजिक दूरी कायम गर्न सकेका छैनन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड-१९ को सङ्क्रमण रोक्न कूल ४६ हजार प्रहरी परिचालन गरेका छ । थप १० हजार सुरक्षा फौज जुनसुकै समयमा पनि परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राखिएको छ ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले केहीमा सङ्क्रमण देखिए पनि मनोबल उच्च पारेर सशस्त्र प्रहरीले काम गरिरहेको बताए । उनका अनुसार ५ सशस्त्र प्रहरीमा कोभिड-१९ देखिएकामा ४ जना निको भएर फर्किसकेका छन् ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्वदेश र विदेशमा गरेर १४ जनामा सङ्क्रमण देखिएको जानकारी दिए । काठमाडौंबाहिर सातजना सङ्क्रमित रहेको तथा दक्षिण सुडानमा ३, अफ्रिकामा २ र मालीमा २ जना सङ्क्रमित भएको पाण्डेले जानकारी दिए ।

सुरक्षाकर्मी आम सुमदायसँग नियमित रूपमा जोडिन पुग्ने भएकाले उनीहरूबाट नागरिकमा सर्ने सम्भावना अधिक हुन्छ । मानिसको भीडभाड रोक्नुपर्ने हुँदा उनीहरूलाई सामाजिक दूरी कायम गर्न पनि हम्मेहम्मे हुन्छ । जस्तोसुकै परिस्थितिमा पनि उपलब्ध स्रोतसाधनबीच सुरक्षाकर्मीले सरकारको आदेश पालनासँगै आफ्नो कर्तव्य पूरा गरिरहेका छन् ।

सुरक्षा निकायले सङ्क्रमण फैलनबाट रोक्न आवश्यक क्वारेन्टिनको तयार पारेर घर बिदाबाट आएकालाई राख्ने गरेको छ । उनीहरूले आ-आफ्नै कोभिड-१९ मापदण्ड कार्यान्वयनमा ल्याएका छन् । सरकारले आदेश जारी गरेको बन्दाबन्दी कार्यान्वयनमा सडक तथा सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ ।

नेपाली सेना स्वाथ्योपचारलगायतका सरकारले तोकेका अन्य क्रियाकलापमा सहभागी भइरहेको छ । हरेक विषयमा अग्रभागमा रहने सुरक्षाकर्मीसामु अहिलेको विषम परिस्थितिमा कोभिड-१९ को सङ्क्रमण रोकथाममा पनि अहम् भूमिका हुन्छ । रासस 

सम्बन्धित समाचार

आज विराटनगरमा एकैदिन २७६ जनामा कोरोना संक्रमण

विराटनगर, १० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा...

प्रेस युनियन मोरङले पत्रकारलाई बाँड्यो सुरक्षा सामाग्री

विराटनगर, चैत १९-नेपाल प्रेस युनियन मोरङले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई सुरक्षा सामाग्री वितरण गरेको छ । विश्वमा कोरोनाको महामारी फैलीरहेका दैनिक समाचार संकलनमा खटिइने सञ्चारकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै बुधबार सामाग्री वितरण गरिएको हो । अध्यक्ष कुमार...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, माधव पक्ष गएन, बामदेव भने सहभागी

काठमाडौं, १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन । तर, उपाध्यक्ष गौतम भने बैठकमा सहभागी भएका छन् । बिहीबार राति...

अवैध रूपमा नेपाल छिर्ने भारतीयलाई रोक्न सशस्त्रद्वारा हवाई फायर

झापा, ४ साउस-झापाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रवेश गर्न खोज्ने समूह र सुरक्षाकर्मीबीच झडप भएको छ । झापाको गौरीगञ्ज–५ को सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका करिब ४०–५० जनाको समूहमा रहेका भारतीय नागरिकहरूलाई नेपाल प्रवेश...

आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक जना वृद्धाको मृत्यु

विराटनगर । विराटनगर – १० लालिगुरास चौकमा आगोमा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । ८० वर्षीया देवी यादवको आगो ताप्ने क्रममा जलेर आज विहान साढे ७ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी...

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, २६ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बोलाएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा कोभिड-१९ को...

बसाइँ–सराइ रोक्न लिफ्टिङ खानेपानी आयोजना सञ्चालनको तयारी

विराटनगर, माघ २६–खानेपानी अभावकै कारण पहाडी क्षेत्रबाट तराईमा बसाइँ सर्र्ने क्रम बढेपछि पूर्वी पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा लिफ्टबाट खानेपानी आयोजना सञ्चालनको तयारी थालिएको छ । खानेपानी अभावकै कारण बसाइँ सर्नुपर्ने बाध्यता रोक्न स्थानीय नदीबाट लिफ्टिङ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्