नवलपरासीमा गोली चल्यो, सशस्त्र प्रहरीका ६ जना घाइते

 न्यूज विराट
नवलपरासीमा गोली चल्यो, सशस्त्र प्रहरीका ६ जना घाइते

काठमाडौं, २५ जेठ-नवलपरासीमा गोली चलेको छ । भारत हुँदै अवैधरूपमा रासायनिक मल ल्याउन खोज्ने सवारी चेकजाँच गर्ने क्रममा चेक पोष्टमा रहेका सशस्त्र प्रहरीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरी बलले गोली चलाएको हो ।

नवलपरासीको प्रतापपुर गाउँपालिका-५ बसहिया चेक पोस्टमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षकको टोली माथि २ सय बढी जनाकाे समूहले आक्रमण  गर्न थालेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

उक्त चेक पोष्टमा रहेका ६ जना सशस्त्र प्रहरी घाइतेसमेत भएका छन् । घटनामा घाइतेका भएका ६ मध्ये २ जनाको आँखामा गम्भीर चोट लागेकाे बताइएको छ ।

आँखामा गुलेलीको ढुङ्गा लागेर गम्भीर घाइते भएका जवान गणेश ज्ञवाली र कमल रावललाई थप उपचारका लागि रण अम्बिका आँखा अस्पताल भैरहवा लगिएको छ । बाँकी घाइतेको भने जिल्ला अस्पताल परासी उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

‘सुझावका तीन प्रश्न’ लिएर अभियानमा होमिए मन्त्री सुदन किराती

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानको नेतृत्व मोरङ बेलबारी ३ नम्बर वडा पाएका छन् । माओवादीका केन्द्रीय...

मौद्रिक नीति सार्वजनिक गरिँदै

काठमाडाैं, २ साउन-नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षकाे मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । दिउँसो २ देखि ३ बजेकाे बीचमा नेपाल न्युज नेटवर्ककाे प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति सार्वजनिक गरिने डेपुटी गभर्नर चिन्तामणि शिवाकाेटीले शिलापत्रलाई जानकारी...

स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने मुख्यमन्त्री राईको धारणा

विराटनगर, २६ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने भएकाले संघीय व्यवस्था बलियो बनाउन स्थानीय तह सफल हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले संघीय शासन...

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङ धरौटीमा रिहा

काठमाडौ, २१ माघ-ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा रिहा भएका छन् ।  बुधबार न्यायाधीशद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुललमानको संयुक्त इजलासले गुरुङसँग दुई करोड धरौटीमा छाड्ने आदेश दिएको...

नेपालको विजुली खरिद गर्न बंगलादेश सहमत

काठमाडौं, २९ मंसिर । नेपालको बिजुली किन्न बंगलादेश सहमत भएको छ । यहाँ खेर गइरहेको बिजुली खरिदका लागि नेपालको निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने भएको हो ।...

गण्डकी प्रदेशमा थप २ जना कोरोना पुष्टि, संक्रमितको सख्या ५६ पुग्यो

पोखरा, २३ जेठ-गण्डकी प्रदेशमा थप २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । तनहुँको ऋषिङ गाउँपालिका घर भएर सोही पालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना पोजिटिभ देखिएको हो । ३९ र ४० वर्षका २ जना...

विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुको सपथग्रहण भोलि हुने

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका मेयर, उपमेयरसहित सवै जनप्रतिनिधिहरुको सपथग्रहण भोलि हुने भउको छ । महानगरपालिकाले प्रशाकित गरेको सूचना बमोजिम सवै जनप्रतिनिधिहरुको सपथग्रहण जेठ ९ गते सवा ११ बजेदेखि महानगरपालिकाको सभाकक्षमा हुनेछ । सपथग्रहणका...

संखुवासभा सामूहिक हत्याकाण्ड : थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्