जनता समाजवादी पार्टीमा ३ अध्यक्षः महन्थ, बाबुराम र उपेन्द्र

 न्यूज विराट
जनता समाजवादी पार्टीमा ३ अध्यक्षः महन्थ, बाबुराम र उपेन्द्र

काठमाडौं, २५ जेठ-राष्ट्रिय जनता पार्टी र समाजावादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा ३ जना अध्यक्ष हुने भएका छन् । आज जनता समाजावादी पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराउने अन्तिम दिन हो । आज दल दर्ता गर्नलाई भए पनि जनता समाजावादीले नेतृत्व टुंग्याउनुपर्ने बाध्यता छ । अहिले दल दर्ता गर्न जानुभन्दा पहिला २ जना अध्यक्ष केन्द्रीय कमिटीका र १ जना संघीय परिषद्को अध्यक्ष हुने गरी छलफल भइरहेको केन्द्रीय सदस्य गंगा श्रेष्ठले बताए ।

जनता समाजवादी पार्टीको केन्द्रीय समितिको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव तथा संघीय परिषद्को अध्यक्ष डा. बाबुराम भट्राई हुनेगरी छलफल भइरहेको श्रेष्ठले जानकारी दिए ।

जनता समाजवादीमा ५ जना पदाधिकारी रहनेगरी छलफल भएको स्रोतले बतायो । स्रोतले भन्यो, ‘२ समितिका ३ जना अध्यक्ष र अन्य २ जना पदाधिकारी रहनेगरी छलफल भइरहेको छ, जसमा राजेन्द्र महतो र अशोक राईको नाम आएको छ ।’

गत वैशाखमा सत्ता पक्षका सांसदले समाजवादीका सांसद अपहरण गरेको आरोप समाजवादीले लगाउँदै आएको छ । उक्त अपहरण काण्डपछि हतार हतारमा १० वैशाखमा समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । एकता भए पनि कति जना अध्यक्ष हुने ? कोको अध्यक्ष हुने ? भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।  दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको ४५ दिनमा दल दर्ता गरी सक्नुपर्ने कानुनी प्रावधान छ । आज निवेदन दिएको ४५ दिन पुग्दै छ ।

सम्बन्धित समाचार

पूर्वबजेट छलफलमा करको दायरा बढाउन सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला...

लोक सेवाले माग्यो २८४ शाखा अधिकृत

काठमाडौं, २९ मंसिर । लोक सेवा आयोगले २८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुला गरेको छ । बुधबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै गोरखापत्रले अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो । आयोगले सामान्य...

बुढीगंगाको प्रगति टोलमा दुर्घटनाः चार जना घाइते, उद्धारमा समस्या

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगती टोलमा सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन् ।भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी आज विहान सात बजे पल्टिएर दुर्घटना भएको हो ।कच्चा पर्दाथ...

सरकारी छाप कीर्ते गरेर फरार १८ वर्षपछि पक्राउ

झापा, ३ मंसिर । सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ का ६५ वर्षीय उदय पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले...

खोप लगाएको प्रमाणीकरण अब चार अस्पतालबाट हुने

काठमाडौं, ८ साउन । कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण अब चारवटा अस्पतालबाट हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्रमाणीकरण गर्नेको भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिभिल अस्पताल, पाटन अस्पताल र सशस्त्र...

चुच्चे नक्सा र उत्तरी नाका खोलेवापत मलाई हटाइयो:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको बताएका छन् । उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै ओलीले...

प्रदेश १ का तीन जिल्लाबाट सडकआश्रित दुई सय ५३ जनाको उद्धार

विराटनगर, ११ पुस-प्रदेश १ को तीन जिल्लाबाट २ सय ५३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गरिएको हो । पुस...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय १३ संक्रमिात थपिए, २८ जना डिस्चार्ज

विराटनगर, ५ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ २ सय ३०, सुनसरीमा १ सय ८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्