आज विराटनगरमा ४ जना कोरोना संक्रमित थपिए
विराटनगर, ५ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास...
काठमाडौं, २५ जेठ-नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुसी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुसी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो ।
शनिबार सूचना जारी गर्दै क्यानले राजदूतावास (कूटनीतिक) आग्रहबाहेकका सबै चार्टर उडानमा रोक लगाएको हो । क्यानका एयर ट्रान्सपोट्रेशन डिभिजन प्रमुख सचितभक्त पोखरेलको हस्ताक्षर रहेको उक्त सूचनाअनुसार शनिबारकै मितिदेखि ट्राभल्स एजेन्सी र एयरलाइन्स कम्पनीलाई चार्टर उडानमा रोक लगाइएको हो ।
बन्दाबन्दीका समयमा नेपालमा रोकिएका विभिन्न देशले आफ्ना नागरिक स्वदेश फर्काउन चार्टर उडान गर्दै आएका छन् । गत ९ चैतयता हालसम्म १ सय १० अन्तरराष्ट्रिय चार्टर उडान भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
पछिल्लो समय एयरलाइन्स कम्पनी तथा ट्राभल्स एजेन्सीले नेपालबाट यात्रु चार्टर उडान गर्न धमाधम बुकिङ गरी बढी भाडा लिने गरेपछि क्यानले उक्त निर्दशन दिएको हो ।
कोभिड निर्देशिका
क्यानले विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडानलाई लक्ष्य गर्दै कोभिड विशेष सुरक्षा निर्देशिका कार्यान्वयनमा ल्याएको छ । पहिलो चरणमा ल्याइएको सुरक्षा निर्देशिकालाई विकसित परिस्थितिअनुसार संशोधन गर्दै जाने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार प्राधिकरणले हवाई यात्रामा जोडिने सबै सरोकार पक्षले पालना गर्नुपर्ने विषय समेटेर सुरक्षा निर्देशिका बनाएको हो ।
उक्त निर्देशिकानुसार यात्रुले टिकट र बोर्डिङ पाससँगै कोभिड–१९ को स्वघोषणा पत्रसमेत भर्नुपर्नेछ । त्यसमा यात्रुले कोभिड जाँच गरे नगरेको तथा स्वास्थ्य समस्या भए नभएको जस्ता विवरण राखिएका छन् । यात्रुले जस्तै उडान कर्मचारीलाई समेत स्वघोषणाको आवश्यकता पर्नेछ । त्यस्तो घोषणापत्रमा झूटा विवरण राखेर हवाई यात्रा गरे कानुनी कारवाही भोग्नुपर्ने गरी सुरक्षा निर्देशिका बनाइएको छ ।
रुघाखोकी, १००.४ डिग्री फरेनहाइट ज्वरो, सास फेर्न कठिन हुनेलगायत समस्या भएमा यात्रुलाई जहाज चढ्ने अनुमति मिल्ने छैन । साथै ७० वर्षभन्दा माथि, गर्भवती र गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका व्यक्तिलाई समेत सम्भव भएसम्म हवाई यात्रा नगर्न क्यानले सुझाव दिएको छ । रासस
विराटनगर, ५ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास...
बारा, भदौ १९ । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो ।...
काठमाडौं, १३ साउन-२ अध्यक्षबीच छलफल भएपछि मात्र नेकपा स्थायी कमिटी बैठक बस्ने भएको छ । बालुवाटार भेलाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गर्न जिम्मा दिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले...
विराटनगर, साउन १६–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले कार्यकारी अध्यक्षलाई काम गर्न नदिएकाले पार्टी भित्र विवाद निम्तीको बताएका छन् । प्रचण्ड पक्षिय नेतासमेत रहेका सांसद मण्डलले एक टेलिभिजनसँगको अन्तरवार्तामा प्रचण्डलाई...
काठमाडौं, ७ असार । वायुसेवा सञ्चालक संघले सबै उडान बन्द गर्ने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यवहारिक निर्णय फिर्ता तथा सुधारको माग गर्दै...
विराटनगर । प्रहरीले विराटनगर–११ पिचरास्थित पशुपति ज्वलर्सबाट बरामद गरेको चाँदीको गरगहना ९९ किलो ९९४.५ ग्राम कायम गरेको छ । प्रहरीले १३ तोला सुन पनि उक्त ज्वेलर्सबाट बरामद गरेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम सुवेदीले...
विराटनगर । संघीयताको मर्म अनुसार न्यायलयको पुन संरचना आबश्यक रहेको न्याय क्षेत्रका विज्ञहरूले बताएका छन् ।आज विराटनगरमा आयोजित कोशी प्रदेशका अधिबक्ताहरूका लागि संवैधानिक कानुन सम्बन्धी विशिष्टीकृत तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै न्याय क्षेत्रका विज्ञहरूले संघीयताको...
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.