लक्षण नदेखिएपछि २७ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

 न्यूज विराट
लक्षण नदेखिएपछि २७ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

बुटवल, २३ जेठ-बुटवल कोरोना विशेष अस्पतालबाट २७ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । कोरोनाका लक्ष्ण नदेखिएपछि उनीहरूलाई आज डिस्चार्ज गरिएको हो ।

संक्रमित भएर १४ दिन आइसोलेसनमा बसेका उनीहरूमा कोरोनाको कुनै पनि लक्षण नदेखिएपछि अस्पतालले शुक्रबार २७ जनालाई डिस्चार्ज गरेको हो । उनीहरूलाई २ हप्ता होम क्वारेन्टाइनमा बस्ने गरी अस्पतालबाट डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुर्दशन थापाले जानकारी दिए ।

सरकारले गत बुधबार १४ दिन आइसोलेसन बसेका तर लक्षण नदेखिएका संक्रमितलाई घर पठाउन निर्देशन दिएसँगै उनीहरूलाई परीक्षण नगरी डिस्चार्ज गरिएको डा. थापाले बताए । ‘निर्देशनमा लक्षण नदेखिएका कसैलाई पनि पीसीआर परिक्षण नगर्नु भन्ने थियो । त्यही आदेशमाथि टेकेर आज २७ जनालाई डिस्चार्ज गरेका हौँ ।’ उनले भने ।

डिस्चार्ज भएर जानेहरूमा रुपन्देहीका १८ र कपिलवस्तुका ९ जना रहेका छन् । अब आइसोलेसन अस्पतालमा कपिलवस्तु, रुपन्देही र दाङका ६ जना संक्रमित अस्पतालमा रहेका छन् ।

सम्बन्धित समाचार

नेकपा फुटाउन देशी–विदेशी शक्ति सक्रिय : प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल र बहसबाटै पार्टी एकतालाई थप सृदृढ बनाउन सकिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७१औं वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै दाहालले यस्तो बताएका...

प्रहरी प्रधान कार्यालयका ८५ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ साउन-नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण देखिएको  प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए...

कोरोनाको झुटो प्रचार गरे ६ महिना कैद

गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको...

काठमाडौंका ३ पसललाई कारवाही, ३ लाखसम्म जरिमाना

काठमाडौं, २९ चैत-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा काठमाडौंका ३ पसललाई कारवाही गरेको छ ।विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत १ मासु पसल र २ किराना पसललाई जरिमाना गरिएको...

मोरङमा १५ सहित प्रदेश १ मा आज ८७ संक्रमित थपिए, संक्रमितको संख्या ३४५४ पुग्यो

विराटनगर, १६ भदौ–प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरंङमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा...

काठमाडौं उपत्यकामा आज २ सय ५२ जनामा कोरोना

काठमाडौं, ११ कात्तिक-मंगलबार काठमाडौं उपत्यकामा २ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजर उपत्यकामा १ सय ५५ पुरुष र ९७ महिला गरी २ सय ५२ जनामा...

आगामी पुससम्म इनरुवा सबस्टेशन निर्माण सक्ने लक्ष्य

काठमाडौँ, २४ असोज -मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआइएस) ४०० केभी क्षमताको इनरुवा सबस्टेशनको काम युद्धस्तरमा भइरहेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी...

कानुनले बाटो देखाउने हो, डर होइन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले कानुनले सर्वसाधारणलाई बाटो देखाउनु पर्नेमा अहिलेसम्म डर मात्रै देखाउँदै आएको भन्दै असन्तुष्टि जनाएका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कानुनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्