स्वच्छ वातावरण राख्न जैविक विविधताको महत्त्वपूर्ण योगदानः प्रधानमन्त्री ओली 

 न्यूज विराट
स्वच्छ वातावरण राख्न जैविक विविधताको महत्त्वपूर्ण योगदानः प्रधानमन्त्री ओली 

काठमाडौं, २३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिका लागि देशमा उपलब्ध जैविक विविधताको संरक्षण, सम्बद्र्धन र दीगो उपायले महत्वपूर्ण योगदान पुर्‍याउने समेत स्पष्ट गरेका छन् ।

‘नेपालको संविधानले परिलक्षित गरेको समतामूलक समाजको निर्माणका लागि हासिल गर्नुपर्ने आर्थिक उपलब्धि, रोजगारी सिर्जना, औद्योगिक विकास, आर्थिक उपलब्धिको न्यायोचित वितरण एवं सन्तुलित वातावरण र स्थायित्वयुक्त परिस्थितिकीय प्रणाली जस्ता महत्वपूर्ण सूचकका लागि नेपालमा उपलब्ध जैविक विविधताको अहम् भूमिका रहिआएको छ’ उनको सन्देशमा भनिएको छ ।

हालै कार्यान्वयनमा ल्याइएका १५ औँ योजनमा वन, जैविक विविधता तथा जलाधार क्षेत्रलाई आर्थिक आधार क्षेत्रका रूपमा समेत परिभाषित गरी तदनुकूलका नीति रणनीति, कार्ययोजना तथा कार्यक्रम तय गरिएको उल्लेख गर्दैप्रधानमन्त्री ओलीले यस योजनाको कार्यान्वयनमा तीनै तहका सरकार संवैधानिक क्षेत्राधिकार अनुसार क्रियाशील र दत्तचित्त भएर लागिरहेका उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

कोरोना प्रसारमा मौसमको असरबारे प्रमाण छैन : डब्लुएचओ

एजेन्सी, जेठ २९-विश्व स्वास्थ्य संगठन (डब्लुुएचओ) ले मौसम परिवर्तनले कोरोना भाइरस संक्रमणको प्रसारमा असर गर्नेबारे अत्यन्तै कम प्रमाण रहेको बताएको छ । ‘हामी मौसम परिवर्तन या तापमान वृद्धिले कोरोना भाइरसको असर कस्तो हुन्छ भनेर भरोसा...

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

एजेन्सी, ५ मंसिर-राष्ट्र बैंकको निर्देशनअनुरुप बैंकहरूले कोरोना प्रभावित ऋणीहरूलाई ऋण नतिरे पनि कालो सूचीमा नराख्ने सहमति गरे पनि कार्यान्वयन भने गरेका छैनन् । कालो सूचीमा नराख्नू भने पनि एक महिनामा नै बैंक तथा वित्तीय संस्थाहरूले ३...

प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते

विराटनगर, १२ पुस-प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको छ ।आइतबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष  सिफारिस गर्ने निर्णय गरेको हो । संविधानअनुसार...

कटहरीमा भएको विपद प्रतिकार्य तालिम सकियो

विराटनगर । मोरङको कटहरीमा दुई दिने संयुक्त सामुदायिक विपद प्रतिकार्य तालिम सकिएको छ । कटहरी गाउँपालिको आयोजना र श्री भैरव गण थलाहा ब्यारेकको समन्वयमा सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । तालिममा कटहरी गाउँपालिका...

मोरङ प्रहरीलाई सफलता, चोरीको ३६ केजी चाँदी भारत बेच्न लैजादा तीन जना प्रहरीको फन्दामा

विराटनगर । मोरङ प्रहरीले ३६ केजी चाँदी सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेको मोरङ...

दशगजामा भारतले निर्माण गरेका संरचना हटाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं, १६ जेठ-संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दशगजा क्षेत्रमा रहेका भौतिक संरचनालाई तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिले भारतीय सीमामा रहेको दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता...

नेपाल चिकित्सक संघ कोशीको निर्वाचन सुरू, भोलि बेलुकादेखि मतगणना हुने

विराटनगर, ४ माघ । नेपाल चिकित्सक संघ कोशीको कार्यसमितिको निर्वाचन सुरू भएको छ । संघमा पहिलोपटक दुई प्यानलबीच प्रतिस्पर्धा भएको हो । यसअघि १२ वर्ष पहिले केही पदका लागि मात्रै निर्वाचन भएको थियो । पहिलोपटक...

चुनावअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघीय र प्रदेशसभाको चुनावअगाडि कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् । समाजवादी प्रेस संगठनले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्