ढुवानीमा अवरोध गर्नेलाई कारवाही गरिने

 न्यूज विराट
ढुवानीमा अवरोध गर्नेलाई कारवाही गरिने

काठमाडौं, २३ जेठ-लकडाउनको समयमा अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्रीवितरण तथा ढुवानीमा सहज वातावरण सिर्जना गर्ने सरकारले निर्णय गरिसकेको अवस्थामा त्यसलाई अवरोध गर्नेलाई कारवाहीको दायरामा ल्याउने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी तरकारी, फलफूललगायत कुनै पनि आवश्यक वस्तुको उत्पादन, संकलन, ढुवानी र बिक्री वितरण गर्ने कार्यमा स्थानीय प्रशासनबाट कुनै पनि प्रकारको अवरोध नभएको जानकारी गराउँदै अवरोध गर्नेलाई कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै गरी नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराइ तरकारी, फलफूललगायत वस्तु उत्पादन, सङ्कलन, ढुवानी र बिक्री वितरण सहजीकरण भइरहेको हुँदा यस कार्यमा अवरोध सिर्जना गर्नु कानुन विपरीतको कार्य हुने र यस प्रकारका कार्य गर्ने जो-कोही पनि दण्ड सजायको भागीदार हुनुपर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले यस्ता प्रकारको कुनै पनि गतिविधिमा कुनै व्यक्ति र निकाय तथा सङ्घसंस्था सहभागी नहुनसमेत अनुरोध गरेको छ । गृहले कसैले यसको बर्खिलाप गरेमा प्रचलित कानूनबमोजिम कडा कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । रासस 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले मंगलबार कोशीको प्रदेशसभामा सम्बोधन गर्ने, विपक्षी दलले बहिष्कार गर्ने तयारी

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभाको बैठकमा अहिलेकै परिस्थिति रहे विपक्षी दलहरू सहभागी नहुने भएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो २ बजेदेखि सुरू हुने प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।...

कांग्रेसका तीन नेताको बैठक : सरकार विस्तार नगरेकोमा सभापतिको आलोचना, ध्यानाकर्षण गराउने निर्णय

नेपाली कांग्रेसका शीर्ष तीन नेताहरूले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई सरकार विस्तारमा दबाब दिने निर्णय गरेका छन् । नेताहरू शशांक कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहको बैठकले सरकार विस्तार नगरेकोप्रति सभापतिको आलोचना गर्दै मन्त्रिपरिषद्लाई...

बागलुङमा शंकास्पद भनिएकी महिलाको रिपाेर्ट नेगेटिभ

द्रुत परीक्षणका क्रममा शंकास्पद देखिएकी बागलुङकी एक वृद्धाको कोरोना संक्रमण परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ ।आइतबार काठेखोला गाउँपालिका– ६, बिहुँ इनारपानीकी एक ६५ वर्षीयँ महिलाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) का क्रममा कोरोना शंकास्पद देखिएको...

विराटनगरस्थित कोशी अस्पताल परिसरमा एक पुरुष मृत अवस्थामा भेटिए

विराटनगर, ३१ भदौ । विराटनगरस्थित कोशी अस्पताल परिसरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहिबार दिउँसो पौने २ बजेतिर अस्पताल परिसर भित्रै अन्दाजी ३५÷४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् । उनको...

प्रदर्शन चर्किएपछि ह्वाइट हाउसको बङ्करमा लुके ट्रम्प

एजेन्सी, जेठ १९-अश्वेत जर्ज फ्लोइडको हत्याको विरोधमा हिंसात्मक प्रदर्शन राष्ट्रपति भवन ह्वाइट हाउससम्म पुगेको छ । वासिङ्टनमा ह्वाइट हाउसको बाहिर प्रदर्शन चर्किएपछि राष्ट्रपति ट्रम्पलाई केही समयका लागि बंकरमा लगिएको छ । ट्रम्पले ह्वाइट हाउसको बङ्करमा...

यस्तो बन्दैछ विराटनगर विमानस्थलमा २ अर्ब ४२ करोडमा नयाँ टर्मिल भवन

विराटनगर । झण्डै तीन अर्बको लगानीमा विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण सुरू भएको छ । टर्मिनल भवनको सोमबार पर्यटन मन्त्री सुदन किँरातीले शिलान्यास गरेसँगै निर्माणको प्रक्रिया सुरू भएको हो । उक्त टर्मिनल भवन भ्याटबाहेक...

विराटनगरमा ढाका महोत्सव सुरु, १४ जिल्लाका ३० स्टल

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा तीन दिने ढाका कपडा महोत्सव बिहीबारदेखि सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित यस महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरे ।...

विराटनगरमा ३८ सहित प्रदेश १ मा ४६ संक्रमित थपिए

विराटनगर, २८ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १÷१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्