नेकपा अध्यक्ष पोखरेलको पहलमा मन्त्री घिमिरेले गरे रतुवामाईका क्वारेन्टाइन निरिक्षण

 न्यूज विराट
नेकपा अध्यक्ष पोखरेलको पहलमा मन्त्री घिमिरेले गरे रतुवामाईका क्वारेन्टाइन निरिक्षण

विराटनगर, जेठ २२–प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको रतुवामाई नगरपालिकामा रहका क्वारेन्टाइनहरुको निरिक्षण गरेका छन् । संविधानसभा सदस्य तथा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको पहलमा स्वास्थ्य प्राविधिक टोलीका साथमा पुगेका मन्त्री घिमिरेले बिहिबार क्वारेन्टाइनहरुको निरिक्षण गरेका हुन् । नगरका सबै क्वारेनटाइनहरुको निरिक्षण गर्ने भनिएको भए पनि उनले समय अभावका कारण दुईवटा क्वारेन्टाइनको मात्र निरिक्षण गरे ।

वडा नम्बर १ को शारदा आधारभूत विद्यालय र वडा नम्बर ६ को सौठा माध्यमिक विद्यालयको उनले निरिक्षण गरे । निरिक्षण पश्चात मन्त्री घिमिरेले नगरपालिकालाई एक सय थान भिटिएम हस्तान्तरण गरे । पीसीआर परिक्षणका लागि भिटिएममा राखेर स्वाब संकलन गर्ने गरिन्छ ।
मन्त्री घिमिरेको निरिक्षण टोलीमा संविधानसभा सदस्य ऋषिकेश पोखरेल, प्रादेशिक प्रयोगशाला प्रमुख जयन्द्र यादव लगायत थिए ।

सामाजिक विकास मन्त्रालयले नगरलाई आवश्यक पर्ने थप आरडिटी कीट र भिटिएम क्रमश उपलब्ध गराउँदै जाने मन्त्री घिमिरेले बताए । सामाजिक विकास मन्त्रालयले दिदैँ आएको आरडिटी कीट र भिटिएमले बिशेष गरेर भारतबाट फर्किएका स्थानीयको कोरोना परीक्षणमा ठुलो टेवा पुगेको रतुवामाई–८ का वडाअध्यक्ष गोपि चापागाइले बताए ।

रतुवामाईमा अहिले सातवटा क्वारेनटाइन रहेका छन् । यी क्वारेन्टाइनहरुमा हाल ३४२ जना रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष शाहले जानकारी दिए । उनका अनुसार अहिलेसम्ममा ३७ जना क्वारेन्टाइनबाट घर फर्किएका छन् । नगरपालिकाले सामाजिक विकास मन्त्रालयबाट यस अघि दुई पटक गरी एक सय थान भिटिएम प्राप्त गरिसकेको उनले जानकारी दिए ।

रतुवामाईमा अहिलेसम्म दुई जनामा कोरोना पोजेटिभ पुष्टि भएकोमा १ जना बिहिबारनै डिस्चार्ज भएका छन् । एक जनाको विराटनगर स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको रतुवामाई नगरपालिकाका मेयर रवीन राईले जानकारी दिए । यसैबिच भारतबाट आएर नगरका विभिन्न क्वारेन्टाइनमा बसेका नगरवासीहरुको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको वडाअध्यक्ष चापागाईले जानकारी दिए ।

सम्बन्धित समाचार

विराटनगरको राष्ट्रसेवक सहकारीको मासिक साहित्यिक शृंखला सम्पन्न

विराटनगर, १४ फागुन । विराटनगरस्थित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको मासिक साहित्यिक शृंखला आज सम्पन्न भएको छ । हरेक महिनाको दोस्रो शुक्रबार आयोजना गरिने कार्यक्रममा स्रष्टाहरुले कविता, गीत, गजल, मुक्तक, लघुकथालगायत प्रस्तुत गर्ने गर्दछन् । २५...

विराटनगरका बैंक तथा वित्तीय संस्थाको कारोबार बन्द

विराटनगर, साउन २१–समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै विराटनगर महानगरपालिकाले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमित कारोबार बन्द गर्न आव्हान गरेपछि बुधबारदेखि सबै वित्तीय संस्थाहरुले आर्थिक कारोबार बन्द गर्न सहमत भएका छन् । महानगरपालिकाले बैंक...

जिप दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो : मृत्यु हुनेको संख्या ८, घाइते ९ जना

विराटनगर । उदयपुरको बेलका नगरपालिका– ७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । मृतक र घाइते सबैको पहिचान खुलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ...

विराटनगरमा १९ सहित प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

विराटनगर, ३ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास...

रोग लाग्न नदिन जीवन शैली परिवर्तन गरिनुपर्नेमा जोड

विराटनगर । रोग लाग्न नदिन जिवन शैलीमा परिवर्तन ल्याउनुपर्ने एक कार्यक्रममा स्वास्थ्यकर्मीहरुले बताएका छन् । विराटनगरमा आइतबार भएको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणकालागि वहुक्षेत्रिय कार्ययोजना सम्वन्धि कार्याशाला गोष्ठिलाई बोल्दै सहभागि चिकित्सकहरुले यस्तो बताएका हुन् ।...

प्रहरी हवल्दार गुणराज अधिकारी सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अधिकारीलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना...

राहत वितरणमा भइरहेका भिड हटाउन मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, चैत २८–प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखहरुलाई स्थानीय तहसंग समन्वय गरेर राहत वितरणमा भइरहेको भिड हटाउन निर्देशन दिएका छन् । शुक्रबार बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका...

कानेपोखरीमा जग्गा खरिदमा घोटला : गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमति इङ्गनाम र ६ नं. वडा कार्यालयका वडाध्यक्ष खडग बहादुर बस्नेतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । गाउँपालिकाले खरिद गरेको १ बिगाहा जग्गामा भएको अनियमितताको विषय सत्य तथ्य सार्वजनिक नगराई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्