आज लकडाउनको ७३औँ दिन : सवारी चाप बढ्यो, खुल्न थाले पसल

 न्यूज विराट
आज लकडाउनको ७३औँ दिन : सवारी चाप बढ्यो, खुल्न थाले पसल

काठमाडौं, २२ जेठ-सरकारले जारी गरेको लकडाउको आज ७३औँ दिन पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । जेठ ३१ गते सम्मका लागि लकडाउन लम्ब्याइएको छ । लकडाउन लम्बिँदै जाने तर संक्रमणको जोखिम कम नहुने देखिएपछि अहिले लकडाउनको उलङ्घन हुन थालेको छ ।

बिहीबार काठमाडौं उपत्यकाका मुख्य सडकमा सवारी साधनको चाप बढेको छ । लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवन समेत प्रभावित हुन थालेपछि मानिस काममा निस्कन थालेका छन् । त्यसैले सडकमा सवारी साधनको चाप बढेको हो । प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको देखिन्छ ।

अत्यावश्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारी साधन बाहेक पनि सरकारी कर्मचारी, बैंकका तथा उद्योग प्रतिष्ठानका कर्मचारीलाई परिचय पत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ । कुनै पनि संस्थाको परिचयपत्रबिना सवारी चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।

उपत्यकाका भित्रि सडकमा पनि मानिसको आवागमन बाक्लो बनेको छ । सबै प्रकारका पसल खुलेका छन् । मानिस किनमेलका लागि निस्केको देखिन्छ । साना व्यवसायीको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आजैदेखि पसल खुला गरेका छन् । काठमाडौंको न्यूरोड, भोटेबहाल, भोटाहिटीलगायतका ठाउँका पसल बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालनमा आएका छन् । निजी क्षेत्र तथा विज्ञले पनि लकडाउनको ढाँचा परिवर्तन गरी जनजीवनलाई सहज बनाउन सुझाव दिँदै आएका छन् ।

सम्बन्धित समाचार

स्थायी कमिटी बैठक रोकेर पाँचौँ पटक ओली-प्रचण्ड वार्तामा

काठमाडौं, २३ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पुनः वार्ता सुरु भएको छ । दुईदुई पटक स्थायी कमिटी बैठक स्थगित गरेर विवाद मिलाउन बसेका ओली-प्रचण्ड आज पनि...

कालीमाटी वृत्तका २ सय ३१ प्रहरीको नमुना संकलन 

काठमाडौं, ११ जेठ-महानगरीय प्रहरी वृत्त कालीमाटीका सबै प्रहरीको आज (आइतबार) कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको छ । गत बुधबार वृत्तमा कार्यरत २ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएपछि बाँकी प्रहरीको आज परीक्षण गरिएको हो । वृत्तमा कार्यरत...

प्रदेश १ नाम अब कोसी

विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । कोसीको पक्षमा ८२ मत खसेको छ ।...

सुनसरीको देवानगन्जमा गोली चलाउने दुई जना पक्राउ, तीन जना अझै फरार

विराटनगर । सुनसरीको देवानगन्जमा गोली चलाई तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवानगन्ज-१ का २७ वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव रहेका छन्।सुनसरी...

पछिल्लो २४ घन्टामा थप १९४ जना संक्रमित डिस्चार्ज

काठमाडौं, ७ असार-कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १ सय ९४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटकमा ८ महिला र १८६ जना पुरुष गरी जम्मा १९४ जना संक्रमित निको भएका हुन् । डिस्चार्ज...

राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी पहिरोबाट पीडित भएकाहरुलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी...

साढे २ महिनादेखि ठप्प सार्वजनिक यातायात पुनः सञ्चालनसम्बन्धी छलफल सुरु

काठमाडौं, २६ जेठ-सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरूपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ । बन्दाबन्दीको झण्डै साढे २ महिना ठप्प भएका सार्वजनिक यातायात सेवालाई पुनः...

पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित

कोरोना भाइरस सङ्क्रमण बढ्दै गएर समुदायस्तरमा संक्रमण देखिएन थालेपछि पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गरिएको छ। विश्वविद्यालयका सम्पूर्ण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाद्वारा जारी सूचनामा भनिएको छ । विश्वविद्यालयले भदौदेखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्