प्रदेश २ को चौथो अधिवेशन सुरू

 न्यूज विराट
प्रदेश २ को चौथो अधिवेशन सुरू

जनकपुर, २२ जेठ-प्रदेश २ सरकारको प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरू भएको छ । बजेट ल्याउनु पर्ने चटारोका कारण प्रदेश २ को चौथो अधिवेशन कोरोना महामारीको त्रासकाबीच सुरू भएको हो ।

अधिवेशनमा प्रस्तुत गरिएकोे आगामी आर्थिक वर्षको बजेटमा प्रदेश २ सरकारले महामारीको सङ्कट टार्न स्वास्थ्य संरचनामा सुधार र सङ्कटबाट उत्पन्न बेरोजगारी समस्यालाई समाधान गर्नेमा जोड दिइने भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आगामी वर्षको बजेटको पूर्वतयारीस्वरुप विधेयकमा समावेश गरिएका कुरामा जानकारी गराए । प्रस्तुत गरेको विधेयकमाथि आगामी दिन बस्ने प्रदेशसभाको बैठकमा छलफल गरिने छ ।

सम्बन्धित समाचार

ब्याजदर छुट दिन जलविद्युत् व्यवसायीको माग

काठमाडौं, ११ असार-ऊर्जा व्यवसायीले जलविद्युत् आयोजनाका लागि प्रवाह भएको बैंक कर्जाको ब्याजदरमा छुट दिन माग गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा व्यवसायीले धारणा राखेका हुन् । उनीहरूले विदेशी मुद्रामा विद्युत्...

विराट गोल्डकप : घरेलु टोली सांग्रीला फाइनलमा, आज मच्छिन्द्र र सिक्किम भिड्दै

विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा...

आज ५२४२ नमुना परीक्षण गर्दा ८९९ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कुल ५ हजार २४२ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

चोटका कारण सानियाले युएस ओपन गुमाउने

एजेन्सी, ८ भदौ । भारतीय स्टार सानिया मिर्जा २९ अगस्टबाट सुरु हुने युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कुहिनोको चोटका कारण वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिताबाट आफू बाहिरिएको घोषणा गरेकी...

प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ज्ञापनपत्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमण रोकथाम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना...

आज कोरोना पुष्टि भएका १० युवक चोरबाटाे भएर प्रवेश गरेका थिए नेपाल

कपिलवस्तुका आज कोरोना संक्रमण पुष्टि भएका १० जना लकडाउनमा लुकिछिपी भारतबाट प्रवेश गरेको खुलेको छ । उनीहरू लकडाउनमै भारतको महाराष्ट्रबाट खेतको बाटो भएर फर्किएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए। उनका अनुसार...

एमाले बैठक- १० बुँदे सहमति अनुमोदन, कार्यदल भंग

एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको छ ।शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति ग्रहणसहित कार्यदललाई धन्यवाद दिँदै कार्यदल...

कांग्रेस केन्द्रीय महिला विभागले पूर्णता पायो

काठमाडौं, ५ साउन-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यलाई आज मनोनयन गरेका छन् । सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत १९ फागुनमा मनोनयन गरेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्