नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकियो

 न्यूज विराट
नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकियो

काठमाडौं, २० जेठ-सरकारले कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार इलाम-पशुपतिनगर, झापा-काँकडभिट्टा, मोरङ-रानी, सप्तरी-कुनौली, सिरहा-ठाडी र माडर, महोत्तरी-भिट्टामोड, सर्लाही-मलङ्गवा, रौतहट-गौर, पर्सा-वीरगञ्ज, नवलपरासी-महेश्वपुर, रुपन्देही-वेवहिया तथा कपिलवस्तु-तौलिहवा र कृष्णनगरलाई प्रवेश विन्दु तोकिएको छ ।

यस्तै बाँके-खजुरा, बर्दिया-सुरजपुर र गुलरिया, कैलाली-गौरीफन्टा, कञ्चनपुर-गड्डाचौकी, बैतडी-झुलाघाट र  दार्चुलाको दार्चुलालाई प्रवेश विन्दु नाका तोक्ने निर्णय गरेको हो ।

कोभिड-१९ को महामारी जोखिम बढ्दै गएको अवस्थामा स्वदेश फर्कनेको सहज व्यवस्थापन, रोग नियन्त्रण र बिरामी पहिचान गर्न सकियोस् भन्ने हेतु सरकारले उक्त व्यवस्था गरेको हो । भारतबाहेकका देशबाट भने काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर स्वदेश फर्कनेछन् । अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले हवाई मार्ग भएर स्वदेश फर्कने क्रम अहिले ठप्प छ । विदेशमा रहेका केही नेपालीलाई प्राथमिकीकरण  पहिलो चरणमा नेपाल ल्याउन सरकारले गृहकार्य गरिरहेको छ ।

रोजगारी, अध्ययन र उपचारका लागि भारतका विभिन्न क्षेत्रमा रहेका नेपाली नागरिक कोभिड–१९ कारण लकडाउन भएपछि पनि ठूलो सङ्ख्यामा स्वदेश फर्कने क्रम जारी रहेको छ । लकडाउनका कारण उनीहरु रोजगारी गुमाएर तथा विद्यालय बन्द भएपछि जन्मभूमि फर्केका हुन् । स्वदेश फर्केने क्रममा धेरै दुःख, कष्ट र हण्डर खेप्न तथा दुव्र्यवहार भोग्नु परेको तथा कयौँ दिन भोकभोकै पैदल यात्र गरी नेपाल-भारत सीमा क्षेत्रमा आइपुग्न सफल भएको स्वदेश फर्किएका केही नेपालीले प्रतिक्रिया दिइरहेका छन् ।

कोभिड-१९ को जोखिम नियन्त्रणका लागि गरिएको लकडाउनका कारण प्रारम्भिक दिनमा स्वदेश फर्कन चाहने नेपालीलाई केही अप्ठेरो भए पनि पछिल्ला दिनमा केही हदसम्म त्यसको उचित व्यवस्थान हुँदै आएको छ । कैयौँ नागरिक नाकाबाट सहज प्रवेश नपाएपछि जङ्गल, बस्ती र खेतबाट नेपाल प्रवेश गर्दा कोभिड-१९ को सङ्क्रमण फैलनाका साथै फर्केकालाई व्यवस्थापन गर्न हम्मेहम्मे परेपछि सरकारले प्रवेश विन्दु तोकेको हो ।

सीमा नाकामा आएका नेपाली नागरिकको प्रदेश, जिल्ला र पालिकागत विवरण स्थानीय प्रशासनले तयार गरी सम्बन्धित प्रदेश र स्थानीय तहलाई अविलम्ब बुझाउनुपर्ने कार्यविधि बनाइएको छ । अहिले सुदूरपश्चिम क्षेत्रमा मात्रै पनि भारतबाट ५० हजारभन्दा बढी व्यक्ति फर्किएको अवस्था छ । पश्चिम क्षेत्रका नाकाबाट दैनिक रुपमा अझै पनि पाँच हजारभन्दा बढी नागरिक नेपाल भित्रिरहेका छन् ।

प्रवेश विन्दु नजिक होल्डिङ सेन्टर बनाइँदै

भारतबाट आउने नागरिकलाई प्रवेश विन्दु नजिकको विद्यालय वा सामुदायिक भवन, कभर्ड हल, पार्टी प्यालेस वा अन्य खुला स्थान छनोट गरी होल्डिङ सेन्टरको व्यवस्था गरिने उक्त कार्यविधिमा उल्लेख छ । उनीहरुलाई सीमा नाकामा व्यवस्था गरिएको सवारी साधनमार्फत् होल्ङिङ सेन्टर पु¥याइनेछ । सीमा नाका नजीक रहने होल्डिङ सेन्टरको व्यवस्थापन सम्बन्धित प्रदेश सरकारले तोकेको मन्त्रीको सुपरीवेक्षणमा प्रदेश तथा जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रको एवं स्थानीय प्रशासनको सहयोगमा सेनाले गर्नेछ ।

स्वदेश प्रवेश भएकामध्ये ज्वरो देखिएकालाई तोकिएको आइसोलेशन र अन्यलाई सेनाको संयोजकत्वमा सम्बन्धित जिल्ला सदरमुकाम पुर्‍याइने छ । सदरमुकाम पुर्‍याइएका नागरिकलाई  सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा पुर्‍याउने र क्वारेन्टान अवधिभर आवश्यक व्यवस्थापनका लागि सहयोग र समन्वय गर्ने कार्यका लागि प्रदेश सरकारबाट एक मन्त्री तोकिने छ ।

काठमाडौंमा १७ सय शय्याको क्वारेन्टाइन तयार गरिने

नेपाली  नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजनामा भारतबाहेकका मुलुकबाट स्वदेश आउने यात्रुका लागि खरिपाटी इचङ्गु आवास क्षेत्र, मनमोहन अस्पताल दहचोक, केएमसी दुवाकोटमा क्वारेन्टिन तयार गर्ने उल्लेख छ ।

आपत्कालीन व्यवस्थाका लागि शहरी विकास मन्त्रालयले आवश्यक मर्मत सुधार गरी नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित तालीम केन्द्र ३ सय, इचङ्गु आवासमा ४ सय, मनमोहन अस्पताल ५ सय र केएएमसी दुवाकोटमा ५ सय क्वारेन्टाइन शय्या १० दिनभित्र तयार गरी प्रयोग गर्न सक्ने अवस्थामा राख्ने कार्य योजना छ ।

क्वारेन्टाइनमा रहेको संख्या डेढ लाख

नेपालमा अहिले भारतबाट फर्केर आएका  एक लाख ४५ हजार क्वारेन्टाइनमा रहेका,  ६१ जिल्लामा कोभिड-१९ सङ्क्रमण फैलिएको, २१ स्थानमा पिसिआर परीक्षणको व्यववस्था गरिएको तथा दैनिक रुपमा तीन हजारको  पिसिआर परीक्षण भइरहेको छ ।

कोभिड-१९ को सङ्क्रमणलाई जितेर घर फर्कनेको सङ्ख्या २६६ रहेको तथा पछिल्लो समय दैनिक २५० का सङ्ख्यामा सङ्क्रमण बढिरहेको तथ्याङ्कले पुष्टि गरेको छ । मुलुकमा अहिले कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ हजार ९९ पुगेको छ ।  रासस

सम्बन्धित समाचार

स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरिएकोमा ४ जनाको रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्य मन्त्रालयमा कार्यरत एक जना...

सुलेमानीको अन्तिम बिदाइमा दसौं लाख सहभागी

एजेन्सी, पुस २२–इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिम सुलेमानीको अन्तिम बिदाइमा दसौं लाख मानिस सहभागी भएका छन् । अमेरिकाले गरेको हवाई आक्रमणमा परी मृत्यु भएका सुलेमानीको शव यात्रामा लाखौं मानिस सहभागी भएका हुन् ।...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको एमडी र एमएसको प्रवेश परीक्षा रद्द

पोखरा, फागुन ११–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर प्रवेश तहको परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार सूचना निकालेर एमडी र एमएस (स्नातकोत्तर) तहको प्रवेश परीक्षा रद्द भएको जनाएको हो । शनिबार भएको...

बेलायतबाट आएका ३ जनामा कोरोना र्‍यापिड टेष्ट पाेजेटिभ, पाटन अस्पतालको आइसोलेनसमा उपचार हुँदै

काठमाडौं, १-बैशाख-काठमाडाैंकाे पेप्सिकोलास्थित एनसीटी अपार्टमेन्टमा रहेका ३ जनामा कोरोना भाइसर (कोभिड–१९) आशंका गरिएको छ । अपार्टमेन्टको १५ तल्लामा बस्दै अाएका जनामाथि कोरोनाको आशंका गरिएको र उनीहरुको थप टेस्टको लागि टेक अस्पताल पठाएकाे प्रहरीले जनाएकाे छ...

क्यानले सन्दीपमाथि तत्काल कुनै छानबिन नगर्ने

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस...

सुदूरपश्चिममा सबैभन्दा बढी युवामा कोरोना संक्रमण

कैलाली, ९ असार-सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना सङ्क्रमण युवामा देखिएको छ । कुल सङ्क्रमितमध्ये ६८.५२ प्रतिशत युवा रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको ९ वटै जिल्लामा गरी सोमबारसम्म १ हजार २ सय...

परिचयपत्र छपाइको काम समयमै सक्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, २७ कात्तिक-गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्रको विवरण संकलन र छपाइको काम तोकिएकै मितिमा सम्पन्न गर्ने गरी काम अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारले तीन वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने लक्ष्य राखेको...

कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल

बाँके, २८ जेठ-बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्