बिनाशले लामो समयसम्म आफैंलाई समस्यामा पार्छ : ओबामा

 न्यूज विराट
बिनाशले लामो समयसम्म आफैंलाई समस्यामा पार्छ : ओबामा

एजेन्सी, जेठ २०-संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा भइरहेको प्रदर्शनले हिसात्मक रुप लिएकोमा गम्भीर आलोचना गरेका छन् । उनले परिवर्तनको आकांक्षाअनुसार भएको प्रदर्शनमा हिंसाले स्थान पाएको भन्दै आलोचना गरेका हुन् ।

अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको मृत्युपछि भइरहेको प्रदर्शनले अमेरिकाका धेरै सहर अस्तव्यस्त बनेका छन् । रंगभेद विरुद्ध देशव्यापी रुपमा भइरहेको प्रदर्शनमा हिंसाको प्रयोग भएको भन्दै उनले गम्भीर चासो व्यक्त गरे ।

अमेरिकामा अफ्रिकी मूलका पहिलो राष्ट्रपति समेत रहेका ओबामाले परिवर्तनको अपेक्षामा भइरहेका शान्तिपूर्ण प्रदर्शनमा भइरहेको  हिंसा तत्काल अन्त्य गर्न अपिल गरेका छन् ।

अधिकांश प्रदर्शनकारीहरु शान्तिपूर्ण रहेको तर केही सानो समूह हिंसात्मक हुँदा मानिसहरु जोखिममा परेको उनले बताए । ओबामाले विनाशले लामो समयसम्म आफैलाई समस्यामा पार्ने भन्दै उनले हिंसालाई कुनै पनि हालतमा प्रदर्शनको माध्यम बनाउन नहुने उल्लेख गरेका छन् । उनले फ्लोइडका लागि न्यायको माग समेत गरेका छन् ।

सम्बन्धित समाचार

विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत बर्खास्त

एजेन्सी, पुस ८–अमेरिकाको अग्रणी विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई पदबाट बर्खास्त गरिएको छ । बोइङले संस्थामा आत्मविश्वास पुनस्र्थाििपत गर्नका लागि यो कदम चालिएको दाबी गरेको छ । बोइङ कम्पनीको ७३७ म्याक्स...

भारतीय न्युज च्यानल प्रसारण रोक्ने निर्णय

काठमाडौं, २५ असार-विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा...

प्रदेश १ मा ४६९ संक्रमणमुक्त, १६१ संक्रमित थपिए

विराटनगर, २ साउन । प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ ।...

विराटनगर, १० असार । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षका नेताले आज छलफल गर्ने भएका छन् । ठाकुर र महतो पक्षले आज दिउँसो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न लागेका...

भव्य भयो अर्किड स्कुलको वार्षिक उत्सव

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले सबैको रोजाइमा परेको विराटनगरस्थित अर्किड स्कुलले वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । शनिबार स्कुल परीसरमा दिनभरी विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।...

किम जोङ–उन कहाँ छन् अमेरिकालाई थाहा छैन : पोम्पेओ

एजेन्सी, बैशाख १८-उत्तर कोरियाली नेता किम जोङ उनको पछिल्लो अवस्थाबारे अमेरिकालाई जानकारी नरहेको विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् ।  उनले किमलाई पछिल्ला केही दिनयता नदेखेको र उनको स्वास्थ्यका बारेमा आइरहेका खबरहरु र त्यसको वास्तविकताबारे नजिकबाट...

सुरु भयाे कक्षा १२ काे परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्ण रूपमा सुरु...

प्रदेश १ बाट एकै दिन ४० जनाले जिते कोरोना

विराटनगर, ४ असार-प्रदेश १ बाट बिहीबार ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्