नेपाल एयरलाइन्सद्वारा हङकङमा एकै दिन ३ चार्टर्ड उडान, फर्किए ५ सय ८२ यात्रु  

 न्यूज विराट
नेपाल एयरलाइन्सद्वारा हङकङमा एकै दिन ३ चार्टर्ड उडान, फर्किए ५ सय ८२ यात्रु  

काठमाडौं, २० जेठ-नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा ३ चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका २ न्यारोबडी ए-३२० तथा एक वाइडबडी ए-३३० जहाजमार्फत् गएराती ५ सय ८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरू केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन् ।

निगमको २ न्यारोबडी तथा एक वाइडबडी जहाजबाट १/१ घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ । निगमको पछिल्लो उडान गएराती ११ बजे भएको थियो । नेपालमा बन्दाबन्दीका कारण रोकिएका हङकङमा बसोबास गर्ने नेपाली हङकङ फर्किएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले २ न्यारोबडी जहाजले समान १ सय ५५ र १ वाइडबडी जहाजले २ सय ७२ गरी ५ सय ८२ यात्रु लिएर हङकङ उडेको जानकारी दिइन् । उनले ३ वटै उडानका जहाज हङकङ पुगेर नेपालतर्फ उडान भरिसकेकाले दिउँसो काठमाडौं आइपुग्ने छन् । काठमाडौं–हङकङ गन्तव्यको उडान साढे ४ घण्टाको रहेको छ । तीमध्ये वाइडबडी जहाज भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ ।

गन्तव्यमा निगमले एकै पटक यति धेरै यात्रु लगेको पहिलोपटक हो । त्यसो त निगमले सामान्य अवस्थामा यो गन्तव्यमा नियमित उडान गर्दै आएको छ । बन्दाबन्दीको अवस्थामा हवाई उडानसमेत स्थगन गरिएको अवस्थामा निगमले चार्टर्ड उडान गरेको हो । निगमका अपरेसनल विभाग प्रमुख दीपु जुहार्जनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै ‘एकै दिनमा काठमाडौंबाट हङकङ यतिका धेरै उडान तथा यात्रु संख्या निगमको इतिहासमा सायदै कुनै अभिलेख होला’ भनेका छन् ।

बन्दाबन्दीको अवस्थामा निगमले आफ्नो उड्डयन इतिहासमै वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो । तेस्रोपटक अष्ट्रेलियाको राजधानी क्यानबेरामा आगामी २६ जेठ मा (जुन ८ तारिखका दिन) चार्टर्ड उडान गर्दैछ । यी सबै उडान मलेसियाको क्वालालम्पुर हुँदै करिब १३ घण्टाको हुनेछन् ।

 हङकङमा थप ३ चार्टर्ड उडान     

नेपाल एयरलाइन्सले हङकङ गन्तव्यमा थप २ चार्टर्ड उडान गर्दैछ । आगामी २१, २२ र २३ जेठमा हङकङका लागि चार्टर्ड उडान तालिका रहेको निगमका प्रवक्ता खड्काले बताइन् । यी उडानमा पनि निगमका २ न्यारोबडी र १ वाइडबडी जहाज प्रयोग गरिनेछ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) हङकङले नेपाली महावाणिज्य दूतावाससँगको पहलमा नेपालमा रोकिएका हङकङेली फर्किएको बताएको छ । नेपालबाट गएका हङकङवासी १४ दिन क्वारेन्टाइनमा बस्ने छन् । नेपालमा करिब एक हजार ३ सय नेपालीमूलका हङकङवासी बन्दाबन्दीका कारण रोकिएका छन् । एक महिनाअघिदेखि फर्किन चाहनेको गैरआवासीय नेपाली सङ्घ हङकङले नामावली सङ्कलन गरेको थियो ।

निगमले आगामी २५ जेठ २५ मा वाइडबडी जहाजमार्फत् जापानको नारितामा सातौँ पटक चार्टर्ड उडान गर्ने निश्चित भएको जनाएको छ । निगमले २ वाइडबडी र २ न्यारोबडी जहाजमार्फत् अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

बन्दाबन्दीको २ महिनाभन्दा बढीको अवधिमा दिनहुँजसो अन्तर्राष्ट्रिय उडान भएका छन् । यसमा सर्वाधिक उडान भर्ने नेपाल एयरलाइन्स रहेको छ । दोस्रोमा कतार एयरवेज छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् । रासस      

सम्बन्धित समाचार

१ बालिकासहित थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं, २३ वैशाख-नेपालमा १ बालिकासहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३ पुरुष, ३ महिला र १ बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा वृक्षारोपण (फोटो फिचरसहित)

विराटनगर, १४ असार । जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा मोरङको रतुवामाई स्थित उहाँको निवास परिसरमा वृक्षारोपण गरिएको छ । जननेता भण्डारीको मोरङको रतुवामाई नगरपालिका १० स्थित निवास परिसरमा नेकपा एमाले रतुवामाई नगर कमिटीको...

माछापुच्छ्रे सहकारी घोटला प्रकरण, सहकारीका अध्यक्ष अमलेश कर्ण जेल चलान

विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्णलाई पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई आज थुनामा राख्ने आदेश दिएका हुन् । अदालतको आदेशपछि...

२ लाखको भारू साट्दा ८९ हजार नक्कली, ठगी आरोपमा जग्गा कारोबारी पक्राउ

विराटनगर । दुई लाख रुपैयाँको भारु साट्दा नक्कली भारतीय रूपैयाँ दिने एक जना जग्गा कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । विरानगर महानगरपालिका २ फुटबल चौकका ४० वर्षीय महेश भन्ने महेन्द्र मेहतालाई प्रहरीले पक्राउ गरेको हो...

रतुवामाईमा लक डाउन कडाइका साथ पालना गराउन युवाहरु आफै सकृय, २४ घण्टै सिमामा निगरानी

विराटनगर, बैशाख ८-विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरण गर्न मोरङको रतुवामाई नगरपालिकाका युवाहरु सकृय बनेका छन् । नगरमा विभिन्न सामाजिक काम गर्दै आएको रतुवामाई युवा नागरिक समाजको अगुवाईमा युवाहरु लक डाउनलाई पूर्णरुपले...

सनसिटीका २ कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं, ११ वैशाख-पाटन अस्पतालमा उपचार गराई रहेका सनसिटी अपार्टमेन्टका २ जना घर फर्किएका छन् । उनीहरू संक्रमण मुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उक्त अपार्टमेन्टमा बस्ने एकै...

प्रधानमन्त्री महिला कप क्रिकेट प्रतियोगितामा मोरङबाट खेलाडी छनौट

विराटनगर । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि मोरङबाट खेलाडी छनौट भएका छन् ।मोरङ जिल्ला क्रिकेट संघले पुस २९ गतेदेखि हुने क्रिकेट प्रतियोगिताको लागि आइतबार १८ जना खेलाडी छनौट गरेका हो ।यसरी...

आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छैनः मुख्यमन्त्री राई

विराटनगर, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बुधबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग राईले गठबन्धनमा आवद्ध दलहरूबीच छलफल भइरहेको जानकारी दिँदै चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिइने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्