विद्युतीय सवारी साधन आयातमा बढाइएको कर छुट हुँदैन : अर्थमन्त्री

 न्यूज विराट
विद्युतीय सवारी साधन आयातमा बढाइएको कर छुट हुँदैन : अर्थमन्त्री

काठमाडाैं, १९ जेठ-अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारी साधन आयातमा बढाइएको कर छुट गर्न सांसदहरूले गरेकाे प्रस्ताव अस्वीकार गरेका छन् ।बजेटमा अर्थमन्त्री खतिवडाले विद्युतीय सवारी साधन आयात गर्दा लाग्ने कर बढाएपछि  सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले त्यस्ताे कर छुट गर्न प्रस्ताव गरेका थिए ।

उनले विद्युतीय सवारी साधनमध्ये सार्वजनिक यातायातको सवारी साधनमा १ प्रतिशत भन्सार रहेको र त्यसमा कुनै परिमार्जन नगरिएको बताए । यसअघि सबै प्रकारका विद्युतीय साधनलाई एउटै दर भए पनि अहिले ६ वर्गमा विभाजन गरिएको उनकाे भनाइ छ ।

‘कर बढाउँदा पनि विद्युतीय सवारी साधनको भन्सार महसुल अन्य सवारी साधनको भन्दा ५० प्रतिशतले कम छ’, उनले भने, ‘विद्युतीय सवारीको प्रयोग बढ्दा विद्युतको खपत बढे पनि विदेशी मुद्रा अस्वाभाविक खर्च हुनबाट जोगाउन कर बढाउनु परेको हाे ।’

सम्बन्धित समाचार

कांग्रेस बैठकमा कोशीको विवाद छताछुल्ल, बुढाथोकीमाथि खनिए मुख्यमन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा कोशी प्रदेश सरकारलाई लिएर आरोप प्रत्यारोप भएको छ। केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेपाली कांग्रेस नेतृत्वकै कोशी प्रदेश सरकारको आलोचना गरेपछि मुख्यमन्त्री उद्धव थापा उनीविरुद्ध खनिएका हुन्। बुढाथोकीले...

विराट एक्स्पो : हेलि सिटी टुरमा २५ प्रतिशत छुट

विराटनगर, फागुन ८–विराटनगरमा जारी विराट एक्स्पोमा हेलिकोप्टरबाट सिटी टुरका लागि छुटको व्यवस्था गरिएको छ । आजदेखि मेला अवधिभर हेलिकोप्टरबाट विराटनगर परिक्रमा गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरिएको हो । आजदेखि शनिबारसम्म २५ प्रतिशत छुटको व्यवस्था...

अख्तियारमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा २९ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। अख्तियारमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ। झापाबाट काठमाडौँ र त्यहाँ बाट महेन्द्रनगर आएका...

एसबीएससी मोरङको अध्यक्षमा ढकाल निर्वाचित

विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को अध्यक्षमा नगेन्द्र प्रसाद (बिवेक) ढकाल निर्वाचित भएका छन् ।विराटनगरमा आइतबार साझ भएको निर्वाचनमा ढकालले प्रतिस्पर्धी धनकुमार राईलाई ३४ मतले पराजित गर्दै अध्यक्षमा...

धनुषाबाट हतियारसहित दुई जना पक्राउ

जनकपुर, ३० चैत-लकडाउनका बेला भरुवा बन्दुकसहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुकसहित  मिथिला नगरपालिका-४ पुष्पलपुरका २६ वर्षीय सरोजकुमार महतो र ४४ वर्षीय राजकुमार लामालाई पक्राउ गरेकाे...

अध्यक्ष र उपाध्यक्षको झगडाले गाउँपालिकावासीलाई सास्ती

जनकपुर, ५ साउन-पर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादले सेवा प्रवाह प्रभावित भएको छ । भनाभनदेखि कार्यालय तालाबन्दीसम्मको लफडाको घाटा गाउँपालिकावासी बेहोर्नुपरेको हो ।  गाउँपालिका उपाध्यक्ष कुश्मी देवीको नेतृत्वमा स्थानीयले आइतबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका...

यहीे पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी वहन गर्छ : प्रधानमन्त्री ओली 

काठमाडौं, १ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले भावी पुस्ता सक्षम हुन आवश्यक रहेको बताएका छन् । आज विद्यालय तहका बालबालिकाको सिकाइ निरन्तरता लक्षित कार्यक्रम सुरू भएको घोषणाका सन्दर्भमा बोल्दै उनले आगामी पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी...

नेपाली सेनाले खरिद गर्ने मेडिकल सामग्रीको अन्तिम सम्झौता पूरा

नेपाली सेनाले ल्याउने भनिएको मेडिकल सामग्री खरिदको अन्तिम सम्झौता पुरा भएको छ । चीनबाट ल्याउन लागेको ६७ आइटम र भारतबाट ल्याइने ५३ आइटमको खरिद प्रक्रियाको अन्तिम सम्झौता पूरा भएको हो । सेनाले गत २५ चैतमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्