कोरोनाबाट बालिकाको मृत्यु भएपछि बाजुरामा उच्च सतर्कता

 न्यूज विराट
कोरोनाबाट बालिकाको मृत्यु भएपछि बाजुरामा उच्च सतर्कता

बाजुरा, १९ जेठ-कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित १ बालिकाको मृत्यु भएपछि बाजुरा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रवेश गर्ने सबै नाकामा जाँचलाई कडाइ गरी सतर्कता अपनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले जानकारी दिए ।

उनले भने, ‘सरकारले जारी गरेको बन्दाबन्दीलाई जिल्लाका सबै नागरिकले पालना  गरिदिन आग्रह गर्दछु ।’ जोखिम हुन नदिन  छिमेकी जिल्ला अछाम, बझाङ, कालीकोट, मुगु र हुम्लाका नाकाहरूबाट आवत जावतसमेत पूर्णरुपमा बन्द गर्न लागिएको उनले जानकारी दिए ।

भारतबाट फर्किइ आइसोलेसनमा राखिएकी बूढीगंगा नगरपालिका-१ का २ वर्षीया बालिकाको कोरोना भाइरसको सङ्क्रमणबाट आइतबार मृत्यु भएको थियो । मृतकसहित उनका आमा र बुबा १३ जेठ गते कैलालीको गौरीफण्टा सीमानाका हुँदै भित्रिएका थिए । बालिकाका बुबालाई भने कोरोना नेगेटिभ देखिएको छ । कोरोनाको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा पहिलो मृत्यु भएपछि स्थानीयवासीमा सन्त्रास देखिएको छ ।

बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख दीपकविक्रम शाहले बाहिरबाट नगरमा भित्रिनेको आवागमनमा तथा बजारमा जथाभावी हिँडडुल गर्नमा समेत रोक लगाउन लागिएको जानकारी दिए । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा रोगको रोकथामका लागि थप सतर्कता अपनाउने बारेमा छलफल गरिएको थियो । रासस  

सम्बन्धित समाचार

प्रदेश २ का मुख्यमन्त्री राउत अभिव्यक्तिकाकारण विवादमा

जनकपुर, माघ २४–अभिव्यक्तिका कारण पटकपटक विवादमा पर्दै आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केटीले केटाको मुखमा एसिड फाल्ने कुरो गरेर फेरि विवादमा आएका छन् । मुख्यमन्त्रीको एसिडसम्बन्धी वक्तव्य सामाजिक सञ्जलमा भाइरल भइरहेको छ ।...

रोजगार मेलामा नौ सय जना दक्ष जनशक्ति सम्पर्कमा

विराटनगर । मोरङको कटहरीमा सोमबार आयोजित रोजगार मेलामा नौ सय जना दक्ष जनशक्तिले रोजगारदाताहरुसँगको सम्पर्कमा पुगेका छन् ।स्वदेशमै कामको खोजी गरिरहेका तथा वैदेशिक रोजगारबाट फर्किए युवाहरुलाई रोजगारदाताको सम्पर्कमा पु¥याउने उद्देशयले अन्तर्राष्ट्रिय श्रम संगठनको वेलकम होम...

तुलसी सहकारीमा अपचलन प्रकरण : अध्यक्ष शर्मासहित आठ संचालक विरुद्ध ठगी मुद्दा

विराटनगर । सर्वसाधरणले बचत गरेको अर्वो रुपैयाँ हिनामिना गरेको आरोपमा विराटनगर – ३ मा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालक विरुद्ध मोरङ प्रहरीले ठगी मुद्दामा जाहेरी दर्ता गरेर...

नेपालसँग सीमाबारे वार्ता गर्न भारतको शर्त

काठमाडौं, १६ जेठ-लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा विवादमा नेपालले विदेश सचिवस्तरीय वार्ताको पहल गरिरहेका बेला भारतले नेपालसँग वार्तामा नबस्ने संकेत गरेको छ । भारतले वार्ताका लागि दुई देशबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताएको छ । नेपाल...

आज घरघरमा भित्र्याईंदै छ फूलपाती, यस्तो छ बिधि

काठमाडौं, असोज २६ । आज बडा दसैंको छैटौं तर तिथि अनुसार सातौं दिन हो । आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा...

लकडाउन अपरिहार्य हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अपरिहार्य रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै उनले लकडाउन अपरिहार्य रहेको भन्दै लकडाउन ८ दिन बढाइएको बताएका हुन् ।

मोरङ–३ मा पूर्वमन्त्री ढकाल र शर्माबिच चुनावी भिडन्त पक्का

विराटनगर, १९ भदौ । मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) बाट पूर्वमन्त्री भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट सुनिल शर्माबिच प्रतिष्पर्धा हुने पक्का भएको छ । सो क्षेत्रबाट एमालेले ढकाल र शर्मालाई...

मोरङको गोठगाउँमा दुई नाबलकको मृत भेटिए , आमा सम्पर्कबिहीन

विराटनगर । मोरङको सुन्दरहरैचामा दुई जना नावलकको शव भेटिएको छ । सुन्दरहरैचा ७ गोठगाउँमा दिदी वहिनिको शव शनिबार भेटिएको हो ।धनकुटा पाख्रिबास नगरपालिका – ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका – ७ मालति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्