बाँके बस दुर्घटनाका मृतक र घाइतेको पीसीआर रिपोर्ट नेगेटिभ

 न्यूज विराट
बाँके बस दुर्घटनाका मृतक र घाइतेको पीसीआर रिपोर्ट नेगेटिभ

बाँके, १९ जेठ-बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । दुर्घटनामा परेकाहरू भारतबाट आएकाले कोरोना भाइरसको जोखिम रहेको भन्दै पीसीआर परीक्षण गरिएको थियो ।

दुर्घटनामा मृत्यु भएका तथा घाइते भएकाहरूमा कोरोना भाइरस भए/नभएको पुष्टि गर्न बिहान स्वाब संकलन गरेर परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनले मृतक तथा घाइते सबैको रिपोर्ट नेगेटिभ आएको बताए । परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मृतकलाई आफन्तको जिम्मा लगाइने भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।

दुर्घटनामा परेर बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको मृत्यु भएको छ भने १ जनाको सनाखत हुन बाँकी छ । त्यस्तै २१ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

गएराती नेपालगन्जको सीमा नाका जमुनाहबाट सल्यान जाँदै गरेको ना५ ख ५९९५ नम्बरको फोर्स गाडी राप्तीसोनारी गाउँपालिका-१ अगैया नजिकै पूर्वपश्चिम राजमार्गको ठुरिया जंगलमा रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए । रासस

सम्बन्धित समाचार

हस्ताक्षर गर्न छिरेका सांसद बालुवाटारभित्रै रोकिए

काठमाडौं, १७ वैशाख-धानमन्त्री केपी शर्मा ओलीको पक्षमा हस्ताक्षर गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छिरेका अधिकांश सांसद भित्रै अड्किएका छन् ।  ओलीले संसदमा आफ्नो बहुमत देखाउनका लागि हस्ताक्षर अभियान सुरु गरेका थिए । बुधबार बिहानबाटै बालुवाटारमा...

कृषिमा नयाँ व्यवस्था आउँदै छ : मन्त्री भुसाल

झापा, ७ असोज-कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिक्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या...

धनुषाबाट हतियारसहित दुई जना पक्राउ

जनकपुर, ३० चैत-लकडाउनका बेला भरुवा बन्दुकसहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुकसहित  मिथिला नगरपालिका-४ पुष्पलपुरका २६ वर्षीय सरोजकुमार महतो र ४४ वर्षीय राजकुमार लामालाई पक्राउ गरेकाे...

युवा व्यवसायी सुमन प्रसाईँले जन्मदिन मानवसेवा आश्रममा मनाए

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा व्यवसायी सुमन प्रसाईँले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित मानव...

बुद्धोदय र सरल साकोसद्धारा निःशुल्क आँखा तथा कान जाँच शिविर, पाँच सय जनाको जाँच

विराटनगर । विराटनगर ३ बुद्धोदय साकोसमा निःशुल्क आँखा तथा कान जाँच शिविर आयोजना गरिएको छ ।बुद्धोदय साकोस र सरल साकोसको संयुक्त आयोजनामा ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शनिबार निःशुल्क आँखा तथा कान जाँच...

अमेरिकामा बेरोजगारको वृद्धिदर १९४८ पछिकै सबैभन्दा धेरै

एजेन्सी, जेठ १६-कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिनप्रति दिन बेरोजगारी बढेको अधिकारीहरूले जानकारी दिएका छन् । प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम...

स्थायी कमिटी बैठक बसेन, मन्त्रिपरिषद बैठकका लागि हिँडे मन्त्री

काठमाडौं, १८ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दै नबसी स्थगित भएको छ ।बैठक नबसेपछि स्थायी समिति सदस्यहरु मन्त्रिपरिषद बैठकमा सहभागी हुन गएका छन् । बिहान ११ बजे बोलाइएको बैठकअघि प्रधानमन्त्री केपी...

लकडाउनमा पत्रकारः अधिकांशले तलब पाएनन्, धेरैलाई जागिरबाट निकालियो

काठमाडौं, २७ जेठ-नेपाल पत्रकार महासंघले गरेको एक अध्ययनले लकडाउन अवधिमा अधिकांश सञ्चारगृहका पत्रकारले विनातलव काम गरिरहेको देखाएको छ । ‘प्रमुख रूपमा नियमित तलब नपाउने समस्या देखिएको छ । केही सञ्चारमाध्यमहरूले लकडाउनभन्दा अघिकै समयदेखिको नियमित तलब...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्