काठमाडाैं, १९ जेठ-३ वर्षीया बालिका र ६ वर्षीय बालकसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार दोस्रो पटक थपिएका १३ संक्रमितमा पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुङ्गा नगरपालिकाका २६ वर्षीय पुरुष, कपिलवस्तु मायादेवी गाउँपालिकाका १९, २१, २६, २६, २७, ३५ र ४० वर्षीय पुरुष, रुपन्देही गैडहवा गाउँपालिकाकी ३ वर्षीया बालिका र ५४ वर्षीय पुरुष रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
यसअघि दिउँसो २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुनः १३ जना थपिँदा आजै मात्र २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ । यीमध्ये १ सय २१ जना निको भएर घर फर्किइसकेका छन् ।