उडान सञ्चालन योग्य अन्तर्राष्ट्रिय विमानस्थल

 न्यूज विराट
उडान सञ्चालन योग्य अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं, १९ जेठ-कोभिड-१९ को प्रभावले २ महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सामाजिक दूरी कायम हुने गरी नयाँ संरचना तयार गरिएको हो ।

विमानस्थलको ३ सय मिटर धावनमार्ग विस्तारसँगै कोभिड-१९ को सङ्क्रमण फैलन नदिन सामाजिक दूरी कायम हुने गरी संरचना तयार गरिएको विमानस्थलले जानकारी दिएको छ । विमानस्थलको भौतिक संरचना तथा कोभिडको जोखिम नियन्त्रणका लागि अपनाइने नयाँ संरचनाबारे आज विमानस्थलले सञ्चारमाध्यमलाई स्थलगत अवगत गराएको थियो ।

विमानस्थलको धावनमार्ग विस्तारदेखि सामाजिक दूरी कायम गर्न दुबैतर्फका उडानको टर्मिनल भवनमा बनाइएको नयाँ संरचनाबारे विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीसहितको प्राविधिक टोलीले विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र आइकाओको मापदण्डमा रहेर विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरेको हो । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवनमा यात्रुको स्वास्थ्य सुरक्षाका लागि सामाजिक दूरी कायम गरिएको छ । यात्रुका लागि अन्तर्राष्ट्रियको टर्मिनलको ट्रली हलमा डेढ मिटर दूरी कायम गरिएको छ । सेवामा खटिने कर्मचारीको स्वास्थ्य सजकताका सबै मापदण्ड बनाइएको छ ।

बन्दाबन्दीपछि अन्तर्राष्ट्रिय विमानस्थलको सेवा कसरी सञ्चालन गर्ने भनेर आवश्यक तयारी गरिएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।  सम्भवतः सरकारको निर्णयअनुरुप एक साताभित्रै हवाई उद्धार उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई घर फर्काउने छ । त्यसका लागि विमानस्थलले अपनाउनुपर्ने आवश्यक सतर्कता र सबैखाले तयारी गरिएको महाप्रबन्धक केसीले बताए ।

बन्दाबन्दीको अवस्थामा विमानस्थलको धावनमार्ग विस्तारको काम पनि सकिएको विमानस्थलले जनाएको छ । विमानस्थलको पुरानो तीन हजार मिटर धावनमार्गलाई विस्तार गरी ३ हजार ३ सय कायम गरिएको छ । विमानस्थलको दक्षिणतर्फ तीन सय मिटरको धावनमार्ग निर्माण गरिएको हो । विस्तार भएको धावनमार्गमा अब रनवे र एप्रोच लाइटिङको काम मात्रै बाँकी छ । यसले अन्तर्राष्ट्रिय उडान सहजताका साथै हवाई सुरक्षाको सुनिश्चितता हुने विमानस्थलको भनाइ छ ।

विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो-टू विस्तारको काम भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तारको काम गरेको हो । आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले विमानस्थलको धावनमा मार्ग विस्तारपछि उडान अवतरणका लागि सहजता आउनाका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड पूरा हुने बताए । यसले विमानस्थलको सेफ्टी स्ट्यान्डर बढ्नाका साथै हवाई सुरक्षाको सुनिश्चिता भएको उनले उल्लेख गरे ।

एसियाली विकास बैंकको सहयोगमा सन् २०१३ देखि नै ठेक्का प्रक्रिया चलेको भए पनि बीचमा ठेकेदारको लापर्वाहीले केही ढिला गरी आयोजना सम्पन्न भएको श्रेष्ठले बताए । ३ सय मिटर धावनमार्ग विस्तारका लागि मूल्य अभिवृद्धि करबाहेक रु ८० करोड बजेट खर्च भएको आयोजनाले जनाएको छ ।

८ वर्षदेखि थाती रहेको धावनमार्ग विस्तारको काम सम्पन्न भएको विमानस्थलका महाप्रबन्धक केसीले बताए । बन्दाबन्दीको अवस्थामा जहाजको गतिविधि कम भएपछि निर्माणमा सहजता आएको थियो । झण्डै दुई महिनामा यो काम सकिएको छ । धावनमार्ग विस्तारपछि अन्तर्राष्ट्रिय उडानका जहाजलाई उडान अवतरणमा सहजता हुने विमानस्थलका महाप्रबन्धक केसीले बताए ।

कोभिडको महामारीकै सन्दर्भमा सामाजिक दूरी कायम गरेर विमानस्थल सञ्चालनका तयारी भइरहेको छ । त्यसो त  बन्दाबन्दीको अवस्थामा पनि अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो चार्टर र कार्गो उडान भएका छन् ।

विमानस्थलका महाप्रबन्धक केसीले सरकारले विमानस्थल सञ्चालनको सूचना जारी नगर्दासम्म सम्पूर्ण स्रोत साधन प्रयोग गरेर सञ्चालनको तयारी भइरहेको बताए । विमानस्थलमा सामाजिक दूरी कायम गरी सानिटाइजर र मास्क प्रयोग अनिवार्य गरिएको छ ।

यसैबीच विमानस्थलको नयाँ आवागमन भवनको काम पनि सम्पन्न भएको छ । विदेशबाट उद्धार गरेर ल्याउने पहिलो उडानका यात्रुलाई नयाँ भवनबाटै बाहिर ल्याउने गरी धमाधम काम भइरहेको जनाइएको छ । अब विदेशबाट आउने यात्रु सिधै पार्किङस्थलतर्फको हलबाट सिधै बाहिर निस्कनुपर्नेछ ।

प्रस्थान गर्ने यात्रु सिधै टर्मिनलको अगाडि ओर्लिएर सवारी साधन तलपट्टि पार्किङ हुँदै बाहिरिनुपर्नेछ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित २० वायु सेवा कम्पनीले उडान गर्छन् । रासस 

सम्बन्धित समाचार

लकडाउनबाट ठप्प भएको अर्थतन्त्र उकास्न राहत प्याकेज घोषणा

एजेन्सी, बैशाख ३१-भारतीय वित्तमन्त्री निर्मला सीतारमणले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेको अर्थतन्त्रलाई लिकमा फर्काउनका लागि राहत प्याकेज घोषणा गरेकी छन् । उनले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी राहत प्याकेज घोषणा गरेकी...

बन्द-हड्ताल रोक्न निजी क्षेत्रको माग

काठमाडौं, २१ माघ-निजी क्षेत्रका तीन प्रतिनिधिमुलक संस्थाले बन्द-हड्तालका कार्यक्रममा विरोध जनाएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बुधबार संयुक्त विज्ञप्ति जारी गरी बन्द- हड्ताल लगायतका राजनीतिक गतिविधि रोकेर...

कांग्रेस महाधिवेशनः विराटनगर सभापतिमा शेखर कोइराला निकट दिपक चापागाईँ विजयी

विराटनगर , १७ असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत विराटनगर महानगरको सभापतिमा दिपक चापागाई निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी सन्तोष न्यौपानेलाई ४७ मत अन्तरले पराजित गर्दै चापागाई सभापतिमा निर्वाचित भएका हुन ।...

भोलिदेखि ६ दिनसम्म सप्तरीमा निषेधाज्ञा

सप्तरी, १९ साउन-सामुदायिकस्तरमा कोरोनाको संक्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलिदेखि ६ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको आज बुसेको बैठकबाट सो निर्णय गरिएको हो । जिल्ला...

नेवाः देय् दबू मोरङको अध्यक्षमा थर्कमान श्रेष्ठ निर्वाचित

विराटनगर । नेवाः देय् दबू मोरङको अध्यक्षमा थर्कमान श्रेष्ठ निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको चौथो जिल्ला अधिवेशनबाट थर्कमानले ८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी ओम प्रकाश श्रेष्ठले ५७...

कोरोना परीक्षण आंकडा ५० हजारनजिक, ४९ जना संक्रमित, १२ जना निको भएर घर फर्किए

काठमाडौं, १३ वैशाख-नेपालमा कोरोना भाइरस परीक्षणको आँकडा करिब ५० हजार नजिक पुगेको छ । आरडीटी र पिसिआर विधिबाट गरी अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

नरवणेको नयाँ सेड्युल ‘माउन्टेन फ्लाइट’

काठमाडौं, २० कात्तिक-तीन दिने भ्रमणका लागि बुधबार काठमाडौं आएका भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे शुक्रबार निजी सेड्युल बनाएर ‘माउन्टेन फ्लाइट’मा निस्किने भएका छन् । गृह मन्त्रालयका स्रोतका अनुसार शुक्रबार बिहान नरवणे सगरमाथा क्षेत्रका लागि...

तेजस्वी बचत तथा ऋण सहकारीको अध्यक्षमा चुडाल, सचिवमा मिना खनाल

विराटनगर । विराटनगर – ५ त्रिमूर्ती चोकमा रहेको तेजस्वी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा देवी प्रसाद चुडाल चयन भएका छन् । विराटनगरमा शनिबार भएको सहकारीको चौथो अधिवेशनबाट चुडाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।सहकारीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्