प्रदेश २ कोरोना राहत कोषबाट अस्पतालका लागि ५ करोड १३ लाख निकासा

 न्यूज विराट
प्रदेश २ कोरोना राहत कोषबाट अस्पतालका लागि ५ करोड १३ लाख निकासा

जनकपुर, १८ जेठ-कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि प्रदेश २ सरकारले स्थापना गरेको कोषबाट प्रदेशका विभिन्न अस्पताललाई हालसम्म ८ करोड २३ लाख २५ हजार रूपैयाँ रकम हस्तान्तरण गरिएको छ । प्रदेश सरकारले पछिल्लो चरणमा मात्र विभिन्न अस्पताललको लागि ५ करोड १३ लाख ७५ हजार रूपैयाँ निकासा गरेको छ ।

पछिल्लो चरणमा कोरोना भारइस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट रकम पठाएको अस्पतालमा पर्साको पोखरिया अस्पताललाई औजार उपकरण खरिदमा १० लाख, जनशक्ति व्यवस्थापनमा १० लाख, कोभिड-१९ संक्रमित व्यक्ति एवं स्वास्थ्यकर्मीका लागि खाजा, खाना एवं पानी व्यवस्थापन गर्न १० लाख, औषधि खरिदमा ५ लाख र खानेपानी व्यवस्थापनमा २ लाख गरी ३७  लाख, रौतहटको गौर अस्पताल र मातहत रहेका कोभिड विशेष अस्पतालका लागि ५६ लाख रूपैयाँ पठाइएको छ ।

त्यस्तै, सर्लाहीको मलंगवा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि ४० लाख, सप्तरीको भारदह अस्पतालमा प्रिफ्याब भवन निर्माणका लागि १ करोड ७५ लाख, फर्निचर फिक्सचर तर्फ २५ लाख, शौचालय निर्माणतर्फ २५ लाख, अस्पताल रंगरोगनका लागि १० लाख, ल्याब सेटअपका लागि ५० लाख र इलेक्ट्रिफिकेशन, प्लम्बिङतर्फ ५ लाख गरी २ करोड ९० लाख रूपैयाँ पठाइएको प्रदेश सरकारले जनाएको छ ।

यता सिरहाको सिरहा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि ६५ लाख, र सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल मातहत रहेको साईकृष्ण मेडिकल कलेज कोभिड-१९ लेभल १ अस्पतालमा आइसोलेसन कक्ष निर्माण गर्न नेपाली सेनाको भिमदल गणलाई २५ रूपैयाँ उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचार

भ्रष्टाचार निर्मूल पार्न आचरण बदल्नु पर्नेमा जोड

विराटनगर, २१ फागुन । मुलुकबाट भ्रष्टाचारलाई न्यूनीकरण गर्न आचरण बदल्नु पर्ने भनाई सहभागीहरुले राखेका छन् । तीन तहका सरकारमा सामेल सबै तह र तप्काका कर्मचारी एवं जनप्रतिनिधि तथा विकास निर्माणका लागि बनाइने उपभोक्ता समितिका पदाधिकारीहरुले...

नेपाल यादव सेवा समिति गठन, सभापतिमा मुगालाल

विराटनगर । नेपाल यादव सेवा समिति गठन मोरङ गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी उक्त समिति गठन गरेको हो । समितिको सभापतिमा मुगालाल यादव, उपसभापतिमारमानन्द यादव, सचिबमा प्रमोद कुमार यादव, सहसचिबमा...

नेकपा स्थायी समिति बैठक बस्दै

काठमाडौं, ३१ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दै छ ।  बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको स्थायी समिति सदस्य मणि थापाले जानकारी दिए । बैठकका लागि...

काँकडभिट्टा नाकामा खटिएका २० सशस्त्र प्रहरीमा कोरोना संकमण

झापा, ९ साउन-पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना पुरुषमा कोभिड–१९ सङ्क्रमण भएको छ ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार गुल्मका १८ जनामा आज र २ जनामा...

विराटनगर मामाघर आएकी नातिनीको हत्या, हजुरबुवा प्रहरीमा नियन्त्रणमा

विराटनगर । विराटनगर ५ मा मामाघर आएकी एक जना बालिकाको हत्या गरेपछि शव करेसाबारीमा गाडेको अवस्थामा फेला परेको छ । भारतको बिहारबाट विराटनगर मामाघर आएकी १४ वर्षीया चाँदनी यादवको शव हत्यापछि खाल्डो खनेर गाडिएको अवस्थामा...

मनसुनजन्य विपद् : २० दिनमा ३८ को मृत्यु, पाँच हजार विस्थापित

काठमाडौं, १९ असार । मनसुनजन्य विपद्मा परेर पछिल्लो २० दिनमा ३८ को मृत्यु भएको छ । २४ बेपत्ता छन् भने ५१ जना घाइते भएका छन् । उक्त अवधिमा भएका ४०० बढी विपद्का घटनामा एक हजार...

सुक्खा पहाड खनेर निकालियो खानेपानी, फर्किए बसाइँ सर्ने गाउँले

खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन्...

प्रदेश १ मा नवनियुक्त आठ मन्त्रीले लिए शपथ

विराटनगर, २३ माघ । प्रदेश १ का नवनियुक्त आठ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्