कपटपूर्ण तरिकाले बजेट मार्फत एमसिसि आयो: पूर्वमन्त्री मण्डल

 न्यूज विराट
कपटपूर्ण तरिकाले बजेट मार्फत एमसिसि आयो: पूर्वमन्त्री मण्डल

विराटनगर जेठ १८–पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सांसद शिवकुमार मण्डलले सरकारले एमसिसि पारित गराउन छलकपट गरिरहेको आरोप लगाएका छन् । नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डले सरकारले षड्यन्त्रपूर्वक ढंगले संसदमा एमसिसि ल्याउन खोजेको आरोप लगाएका हुन् ।

‘जुन विषय संसदबाट पारितनै भएको छैन, त्यसका लागि यति धेरै बजेट बिनियोजन भएको छ । षडयन्त्रपुर्वक ढंगबाट बजेट र कपटपूर्ण विधिबाट एमसिसि आयो ।’ उनले भने,‘यो सरकारको अत्यन्त निन्दनिय र गैर जिम्मेवार कृयाकलाप हो ।’

उनले नेकपा केन्द्रीय कमिटिले एमसिसि अध्ययन पश्चात छानविन समिति बनाएको बताउँदै पासनै गर्नुपर्ने भएपनि परिमार्जिनसहित हुनुपर्ने पार्टीको अडान रहेकाले पार्टीलाईनै सरकारले छक्काएर एकलौटिरुपमा बजेट मार्फत एमसिसि ल्याएर सरकार कुनै शक्तिकेन्द्रको मतियार बन्न लागेको आरोप लगाए ।

‘नेकपा केन्द्रीय कमिटिको बैठकमै यो विषय गम्भिर रुपले उठेको विषय हो । कमडेर झलनाथ खनालको संयोजकत्वमा गठित अध्ययन कार्यादलले दिएको निष्कर्ष विपरित एमसिसिको परियोजना षड्यन्त्रपूर्वक लागु गर्न खोजिएको छ । राष्ट्रहित विपरित हुने यस्ता कार्य कुनै हालतमा मान्य हुँदैन । केन्द्रीय कमिटिले विगतदेखि उठाएको विषयलाई छलद्धारा पास गर्न खोजिएको छ ।’ उनले भने,‘एमसिसि राष्ट्रहित विपरित भएको थप पुष्टि भएको छ, सरकार कुनैन कुनै शक्तिकेन्द्रको मतियार बन्नु हुँदैन । गल्ति सच्याउनुपर्छ ।’

उनले पार्टीले बनाएको कार्यदलले एमसिसिका विषयमा छलफल गरेर धारणा नबनाइकन विपक्षिको उक्साहट र बैदेशिक शक्तिकेन्द्रको इसारामा सरकार चल्न खोजेको दावी गरे । ‘कार्यदलको सुभाव अनुसार पार्टीले आधिकारीक धारणानै नबनाइकन, कांग्रेसको उक्साहट र बैदेशिक शक्तिकेन्द्रको इसारामा सरकारले बजेट मार्फत एमसिसि छिराउन खोजेको छ ।’ उनले भने,‘सरकारको यस्तो गतिविधि निन्दनिय हो । यस्ता खाले गतिविधि सरकारले नगरोस् ।’

सम्बन्धित समाचार

नेप्से घट्न रोकिएन, बुधबार पनि दोहोरो अंकको गिरावट

बुधबार पनि नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ । लगातार घटिरहेको नेप्सेमा बुधबार पनि निरन्तरता पाएको हो ।  नेप्से परिसूचक १६ दशमलव ९७ अंकले घटेर २८०१ दशमलव १३ अंकमा पुगेको हो । नेप्सेसँगै कारोबार...

लागुऔषधसहित १ जना पक्राउ

विराटनगर, फागुन १२–उदयपुरको त्रियुगा नगरपालिका–६, लालपत्ताबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लहानबाट गाईघाटतर्फ जाँदै गरेको लु ५४ प ८७६३ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय मोहम्मद काबिरको...

कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूलाई अभिमुखीकरण तालिम दिएको छ । विराटनगरस्थित एक होटलमा सोमबार भव्य कार्यक्रम आयोजना गरी अभिमुखीकरण गराएको हो । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको...

सीएनआई कोशी एक्स्पो सुरू (फोटो फिचर)

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...

कोरोनाका शंकास्पद व्यक्तिको नमुना परीक्षण अब विराटनगरबाट पनि

कोरोना भाइरस (कोभिड-१९) को शंकास्पद बिरामीको नमुना परीक्षण विराटनगरबाट पनि गरिने भएको छ । कोसी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमुना परीक्षण गरिने भएको हो । विराटनगरबाट कोरोना परीक्षणका लागि आवश्यक तयारी गरिएको प्रदेश-१ का सामाजिक...

विपद प्रतिकार्य योजनाका विषयमा छलफल

विराटनगर । विपद प्रतिकार्य योजनाका लागि विराटनगर महानगरले सुरक्षा निकायसहित सरोकारवालासित छलफल आयोजना गरेको छ ।महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा भएको छलफलमा शीतलहर, बाढीपहिरो, आगलागी, भूकम्पलगायत प्राकृतिक तथा मानव सिर्जित प्रकोपको प्रतिकार्यका लागि छलफल आयोजना...

धनुषामा हावाहुरी र असिनासहित भीषण वर्षा

जनकपुर, १२ वैशाख-धनुषामा हावाहुरी र असिनासँगै भीषण वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । आधा किलोसम्मको असिनाले बालीनालीमा क्षति पुर्‍याएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरमा असिनाले सयौं घरको छाना प्वाल पारेको छ ।...

औषधी व्यवसायी संघको स्थपाना दिवसमा रक्तदान कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) मोरङ शाखाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संघको ५१ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा बिहीबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ३४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्