भण्डारी दम्ततीको सहयोगमा आरम्भले दियो राहत

 न्यूज विराट
भण्डारी दम्ततीको सहयोगमा आरम्भले दियो राहत

विराटनगर, जेठ १७–मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० का विपन्न परिवारलाई आरम्भ नाट्य डबली कला साहित्य मञ्चले राहत वितरण गरेका छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मुलुकमा लकडाउन घोषणा भएपछि दैनिक ज्यालादारी गरेर छाक टार्ने परिवारमा बिहान, वेलुका खान समस्या हुदै आएको बेला आरम्भले राहत वितरण गरेको हो ।

आरम्भको यो अभियानलाई विभिन्न दाताहरुले सहयोग गर्दै आएका छन् । यसअघि पनि विभिन्न दाताहरुको सहयोगमा आरम्भले रतुवामाईका विपन्न घरपरिवारलाई राहत वितरण गरेको थियो ।

शुक्रबार अमेरिकाको कान्डुक सहरमा रहेका शोभा भण्डारी र उनको पति डिल्ली भण्डारीको सहयोगमा आरम्भले दैनिक ज्यालादारी गरी आफ्नो गुजारा चलाउँदै आएका अति विपन्न परिवारको तथ्याङ्क संकलन गरी राहत वितरण गरेको हो । भण्डारी दम्पतीको सहयोगमा आरम्भले ३३ घरपरिवारलाई प्रति परिवार २० किलो चामल, एक किलो दाल, एक किलो नुन, एक पोका खाने तेल, एक पोका स्वायविन, लुगा धुने र नुहाउने गरी दुई वटा साबुन वितरण गरेको हो ।

जागरुक युवाहरु संगठित भई संस्थाले विषम परिस्थितिमा स्वतःस्फूर्त सहयोग गर्दै आइरहेको आरम्भका अध्यक्ष समिर सुवेदीले बताए । कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भएसँगै जोखिम बढेपछि संस्थाले थप सतर्कता अपनाउँदै दीनदुखीहरुको घरैमा पुगेर खाद्यसामग्री उपलब्ध गराएको पनि अधयक्ष सुवेदीले बताए ।

राहत वितरण कार्य सहज हुन सकोस् भन्ने मान्यताले अहिले दाताहरुबाट उपलब्ध भएको रकम पारदर्शी तवरले खर्च भइरहेको समेत उनले बताए । संकटको घडीमा विपन्नलाई राहत वितरण गर्दा सामाजिक दूरी र आवश्यक सुरक्षा विधि अपनाइएको समेत अध्यक्ष सुवेदीले बताए ।

संस्थाले राहत सामग्री वितरणसँगै कोरोना भाइरसबारे जनचेतना अभिवृद्धि गर्ने तथा लकडाउनलाई पूर्ण रुपमा लागु गर्ने कार्यमा पनि युवाहरुलाई सक्रिय बनाउँदै आइरहेको भन्दै १० नम्बर वडा अध्यक्ष टंक ढकालले संस्थाप्रति कृतज्ञता प्रकट गरे । उक्त अवसरमा आरम्भले सहयोग दिने दाताहरुलाई सम्मानसमेत गरेको थियो ।

सम्बन्धित समाचार

सेनाको जहाजमार्फत् जिल्लाजिल्लामा सामान पठाइँदै

नेपाली सेनाको जहाजले मंगलबार विभिन्न ठाउँमा अत्यावश्यक सामग्रीहरूको ढुवानी गरिँदै छ । सेनाले सोमबार पनि केही स्थानमा ढुवानी गरेकामा आज पनि निरन्तरता दिइएको हो । देशका विभिन्न अस्पतालहरूमा औषधि तथा स्वास्थ्य सामग्री ढुवानीका लागि सेनाले...

अब विराटनगरबाटै ड्राइभिङ लाइसेन्सको लिखित र ट्रायल

विराटनगर, १२ साउन । अब प्रदेश १ को राजधानी विराटनगरबाटै सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परिक्षा हुने भएको छ । प्रदेश १ यातायता व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट...

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुुष्टि

एजेन्सी, १६ मंसिर । भारतमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा संक्रमण पुुष्टि भएको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा संक्रमण पुुष्टि भएको हो । कर्नाटकाका...

सगरमाथाको उचाइ घोषणा गर्न मन्त्रिपरिषद‍्बाट स्वीकृति

काठमाडौंं, १० मंसिर-सरकारले सगरमाथाको उचाइ घोषणा गर्न स्वीकृती दिएको छ । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको हो । २०७२ मा गएको विनाशकारी...

प्रेस युनियन मोरङको पद हस्तान्तरण

विराटनगर, १० असोज–नेपाल प्रेस युनियन मोरङको पद हस्तान्तरण गरिएको छ । सभापति कुमार लुइटेलले आफ्नो कार्यकाल सकिएपछि पद हस्तान्तरण गरेका हुन् । सभापति लुइटेलले एक कार्यक्रमकाबिच शनिबार मोरङको बेलबारीमा आगामी कार्यकालका लागि सभापति भोजराज बस्नेतलाई...

ग्रेडेड स्कुलमा राधाकृष्ण पोषक प्रतियोगिता 

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा राधाकृष्ण पोषक प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी पोषक प्रतियोगिता आयोजना गरेको हो । उक्त प्रतियोगितामा कक्षा नर्सरीदेखि कक्षा एसकेजीसम्म ६४ जना विद्यार्थीको...

कोशीमा विरामीको छटपटी, शल्यक्रिया गरिएको गर्भवती भुइँमा

दृष्य १ विराटनगर– १८ मटेरूवाकी २० वर्षीया गर्भवती अजमेरी खातुनलाई व्यथा लागेर छटपटी सुरू भएपछि उनका परिवारले मंगलबार राति ९ बजे कोशी अस्पतालको स्त्री तथा प्रसुती रोग विभागमा लिएर आइपुगे । तर, अस्पतालको शैय्या भरिभराउ...

गठबन्धन नगर्न कांग्रेसमा अधिकांशको सुझाव

गाउँ-गाउँ पुगेर फर्किएका अधिकांश कांग्रेस नेताहरूले नेतृत्वलाई गठबन्धन नगर्न सुझाएका छन् । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राखेका २१ मध्ये अधिकांश नेताहरूले गठबन्धन नगर्न सुझाव दिएका हुन् । नेकपा र एमाले विभाजित रहेकाे अवस्थामा कांग्रेसलाई फाइदा हुने भन्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्