सुर्खेत, जेठ १७-कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा कालिकोटको १८, बाजुरा र दैलेखका १/१ जना रहेका छन् । जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गरेको सूचना अनुसार कालिकोट शुभकालिका गाउँपालिकाका १२ जना र महावै गाउँपालिकाका ५ जना रहेका छन् ।
त्यस्तै, बाजुरा जगन्नाथ गाउँपालिका-५ का १ जनामा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै, आज दैलेखककाे एक क्वारेन्टाइनमा मृत्यु भएका युवकको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या ७८ पुगेको छ ।