अमेरिकामा हिंसाले उग्र रूप लिँदै

 न्यूज विराट
अमेरिकामा हिंसाले उग्र रूप लिँदै

काठमाडौं, १७ जेठ-संयुक्तराज्य अमेरिकाका दर्जनौं शहरहरूमा शुक्रबार हिंसा भड्किएसँगै रक्षा मन्त्रालयले मिनियापोलिस राज्यमा सेना परिचालन गर्नेगरी सेनालाई सतर्क अवस्थामा राखिएको जनाएको छ ।

अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँटी थिचेर एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको मृत्यु भएपछि भड्किएको हिंसा देशव्यापी बनेको छ । प्रत्यक्षदर्शीका अनुसार हतकडी लगाइएका ती युवकको घाँटीमा घुँडाले बेस्सरी धेरैबेर थिचिएको थियो । शास फेर्न मुश्किल भएको भन्दै उनले याचिका गरे पनि प्रहरीले उनको कुरा सुनेका थिएनन् । ती युवक एउटा पसलमा झुटो बिल देखाएको आशंकामा पक्राउ परेका थिए ।

प्रहरी क्रुरताको नजिकैबाट एकजना बटुवाले खिचेको भिडियोमा प्रहरीले फ्लोयडको घाँटीमा घुँडा टेकेको देखाइएको छ । फ्लोयडको प्रहरी चोटपटकका कारण उपचारकै क्रममा मृत्यु भएको थियो । घाँटी थिच्ने प्रहरी अधिकृत डेरेक चौविन पक्राउ परेका छन् भने उनलाई शुक्रबार व्यक्तिहत्याको आरोप लगाइएको छ ।

अनुसन्धानका क्रममा ती प्रहरीले फ्लोयडको घाँटी करिब ८ मिनेटसम्म थिचेको देखिएको छ । प्रहरीको उक्त क्रुरतासँगै शुरु भएको विरोध प्रदर्शनले देशव्यापी हिंसात्मक रूप लिएको छ । बिहीबार प्रदर्शनकारीहरुले फ्योयडलाई गिरफ्तार गरेर राखिएको मिनियापोलिसको एउटा प्रहरी चौकीमा आगो लगाइदिएका छन् । प्रहरीले हिंसा नियन्त्रणमा ल्याउन हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।

हिंसाले उग्र रुप लिएपछि नगर प्रमुख जेकब फ्रेले स्थानीय समयानुसार शुक्रबार राति ८ बजेदेखि लागू हुनेगरी शहरभर कफ्र्यु लगाएको घोषणा गर्नु भएको थियो । तर शहरको दक्षिणी भागमा हजारौं मानिस निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा भेला भएका थिए । शुरुमा प्रदर्शन शान्त देखिएपनि केही समयपछि उनीहरुले कारहरुमा आगो लगाइदिनुका साथै पसलहरु तोडफोड गरियो ।

अन्ततः भीडले शहरका धेरै ठाउँका निजी तथा सार्वजनिक सम्पत्तिमा आगो लगायो । यो अस्थिरता र विरोध प्रदर्शन देशव्यापी हुनेक्रममा छ । वासिङ्टन डिसी, एटलान्टा, फिनिक्स, डेनभर र लस एन्जलस लगायतका ठूला अमेरिकी शहरहरूमा परिस्थिति विस्फोटक बनेको छ ।

प्रदर्शनमा सहभागी मिनियापोलिसका २६ वर्षीय युवक बेन हुबर्टले प्रदर्शनकारीले निषेधाज्ञाको अवज्ञा गर्नु र आगजनी गर्नु सामान्य रहेको प्रतिक्रिया दिए । फ्लोएडमाथि भएको बर्बर अन्यायका बारेमा उनी भन्छन्, ‘म पनि क्रुद्ध भएको छु । म आज धेरै दुःखित छु । यति लामो समयदेखि हामीमाथि अन्याय भइरहेको थियो । यो वर्षौंदेखि जारी थियो ।’

प्रहरी चौकी घेर्न पुगेका कतिपय ‘प्रहरीलाई कारबाही गर’ भन्दै नारा लगाउँदै थिए । उत्तरी क्यारोलिनाको फोर्ट ब्राग र न्यू योर्कको फोर्ट ड्रमका ब्यारेकका सैनिकलाई तत्मयार रहन आदेश दिइएको छ । सेना परिचालनको आदेश जारी भएको खण्डमा चार घण्टाभित्र कार्यस्थलमा तैनाथ भइसक्ने गरी तयार रहन रक्षा मन्त्रालयले निर्देश गरेको छ । कोलोराडोको फोर्ट कार्सन तथा कन्सासको फोर्ट राइलेका सेनालाई पनि २४ घण्टाभित्र तयार भइसक्न आदेश दिइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनियापोलिस शहरका केही भागमा लुटपाट र आगजनीका घटना उग्र बन्दै गएपछि प्रदर्शनलाई नियन्त्रणमा ल्याउन रक्षामन्त्री मार्क एस्परलाई सैनिक विकल्पमाथि विचार गर्न मौखिक आदेश दिएका थिए ।

ट्रम्पले बिहीबार राति ओभल अफिसबाट रक्षामन्त्री एस्पर, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायन र अन्य उच्च पदाधिकारीलाई फोन गरेका थिए । त्यसक्रममा राष्ट्रपति ट्रम्पले रक्षामन्त्री एस्परलाई मिनियापोलिसको विरोध प्रदर्शन नियन्त्रण बाहिर गएको स्थितिमा द्रुत सेना परिचालनको विकल्पमाथि विचार गर्न आग्रह गरेको रक्षास्रोतले जनाएको छ ।

रक्षा मन्त्रालय स्रोतका अनुसार राष्ट्रपतिको आदेशमा विद्रोह नियन्त्रण ऐन १८०७ अन्तर्गत सेना परिचालन हुनेछ । यसअघि यो ऐन सन् १९९२ मा रड्नी किङको सुनुवाईका क्रममा लस एन्जलसमा हिंसा भड्किएपछि लगाइएको थियो । मिनेसोटाका गभर्नर टिम वाल्जले राज्यका करिब ५०० राष्ट्रिय गार्ड सैनिकलाई मिनियापोलिस, सेन्ट पल र वरपरका समुदायहरूको सुरक्षाका लागि खटाउनु भएको छ ।

तर पेन्टागनका एक प्रवक्ताले वाल्जले सैनिक परिचालनका लागि आदेश नदिएको दाबी गरेका छन् । ह्वाइट हाउसकी संचार निर्देशक एलिसा फराहले सेना परिचालनको सम्भावनाबारे ह्वाइट हाउसले कुनै निर्णय नगरेको स्पष्ट गरिन् ।

प्रदर्शनकारीले एटलान्टास्थित सिएनएनको मुख्यालयका झ्यालका सिसा फुटाइदिएका छन् । प्रहरीको कारमा आगो लगाउनुका साथै बोटलले प्रहरीले हिर्काएका छन् । उता न्यूयोर्क, ह्यूस्टन, वासिङ्टन डिसी र अरु दर्जनौं शहरमा विरोध प्रदर्शन भइरहेका छन् । तुलनात्मक रुपमा शान्तिपूर्ण भएका यी प्रदर्शनमा सहभागीहरुले सडक अबरुद्ध गर्नुका साथै कतिपय ठाउँमा प्रहरीसँग झडप भएको छ ।

शुक्रबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोयडका परिवारजनलाई टेलिफोन गरी आफ्ना तर्फबाट दुःख प्रकट गरेको बताए । उनले आफूले फ्लोयडमाथि भएको प्रहरी कारबाहीको भिडियो हेरेको र त्यसमा कुनै क्षमा दिन नसकिने बताए । फ्लोयडको मृत्युका बारेमा राज्य र संघीय निकायहरुले विस्तृत अनुसन्धान शुरु गरेका छन् ।    – रासस

सम्बन्धित समाचार

‘विद्युतीय सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालनमा प्रोत्साहन गर्नुपर्छ’

विराटनगर,२५ साउन । भारतीय अटो कम्पनी महेन्द्राद्वारा उत्पादित विद्युतीय थ्री ह्विलर ‘ट्रियो अटो’को आजदेखि रोयल अटो विराटनगरले यहाँ बिक्री वितरण शुभारम्भ गरेकोे छ। उक्त अटोले तीन घण्टा ३० सेकेण्डमा फुल चार्ज हुने व्याट्रीवाट प्रतिकिलोमिटर ९६...

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

विराटनगर । नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बन्न ६० जना सांसदले समर्थन गरेका छन् । नेकपा एमालेसहित चार दलका ६० जना सांसदले समर्थन गरेका हुन् । सत्ता गठबन्धनका सांसदहरु...

ललिता निवास प्रकरण : काग्रेसद्धारा प्रदेश १ को संसद बैठक अबरुद्ध

विराटनगर, माघ २६–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक पनि अबरुद्ध गरेको छ । आजको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसद उठेर बैठक अवरुद्ध गरेका थिए । प्रतिपक्षका सांसद उठेर विरोध...

विराटनगरका औषधी व्यवसायीद्धार अग्निपीडितलाई राहत बितरण

विराटनगर । विराटनगरका औषधी व्यवसायीहरूले मोरङको रंगेली नगरपालिका – ३ बावुसाहेप टोलका अग्निपीडितलाई राहत वितरण गरेका छन् । अग्नी पीडितहरू बसेको ठाउँमा आइतबार व्यवसायीहरू पुगेर राहत वितरण गरेका हुन् ।शनिबार दिउँसो विद्युत सट भएर रंगेली...

समाजसेवी व्यवसायीद्वारा विपन्नलाई खाद्यान्न वितरण

विराटनगर, चैत १७-कोरोना भाइरस(कोभिड–१९) को संक्रमणसँगै सरकारले लकडाउन गरेपछि भोकै परेका विराटनगरका सुकुम्बासी र दैनिक रोजगारी गरेर जीविकोपार्जन गर्ने मजदूरलाई विराटनगरका समाजसेवी व्यवसायीले राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् । गुद्री बजार सब्जी मण्डी व्यवस्थापन...

न्यूरो हस्पिटललको स्वास्थ्य अभियान कार्यक्रम सुरु

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको छ । मोरङको बेलबारी नगरपालिका ७ बाहुनीबाट स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको हो । न्युरो अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले आफु...

लकडाउनमा केराले पाएन बजार

जनकपुरधाम, ७ जेठ-नवलपरासी (पश्चिम सुस्ता पश्चिम) जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । बन्दाबन्दीका कारण काठमाडौं पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म वजारीकरणका लागि केरा पुर्‍याउन निकै समस्या भएको  छ। नवलपरासी (बर्दघाट–सुस्ता...

ओएनएफ अष्ट्रेलियाको सल्लाहकार समितिमा भैरब ढकाल चयन

विराटनगर । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको हालै सम्पन्न पाचौ अधिवेशनबाट पश्चिम अस्ट्रेलियाका भैरब ढकाललाई सल्लाहकार रुपमा चयन भएका छन् । अधिवेशनले राष्ट्रिय कमिटीको प्रथम बैठकले राज्य कमिटी इन्चार्ज, पव्लिक रिलेसन अफिसर सहित विभागीय प्रमुखहरु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्