एजेन्सी, जेठ १७-चीन र अमेरिकाबीच तनाब बढिरहेका बेला चिनियाँ सेनाले दक्षिण समुद्री सीमाभित्र घुसेको अमेरिकी युद्धपोतलाई लखेटेको छ । चीनले अमेरिकाको यस्ता भड्काउपूर्ण कदमतर्फ लक्षित गर्दै रक्षा बजेटमा वृद्धि गरेर चीनले कुनै कमजोरी नगरेको बताएको छ ।
चिनियाँ सेनाले अमेरिकी युद्धपोत झिसा द्वीप नजिकै आएको देखिएपछि त्यसका हरेक गतिविधि नियालेपछि फिर्ता जान चेतावनी दिइएको र फिर्ता जान बाध्य पारिएको जनाएको छ ।
चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता लि हुवामिनले अमेरिकाले पटक पटक चीनको सीमा क्षेत्रमा घुसपैठ गर्ने कोशिस र उसले कोभिड–१९ लाई लिएर चीनलाई दिएको धम्कीले उसको मनसाय ठीक नरहेको स्पष्ट रहेको बताएका छन् ।
उनले अमेरिकाले पछिल्लो समयमा गरिरहेका गतिविधिले अन्तर्राष्ट्रिय कानुनको सीधा उल्लंघन गरिरहेको उनले बताए । उनले अमेरिका एसिया–प्रशान्त क्षेत्रमा शान्ति भंग गर्ने कोशिसमा लागेको बताए ।
यसअघि जनवरीमा पनि नान्सा द्वीप नजिक, मार्च र अप्रिलमा चीनको सीमामा झिसा द्वीपमा अमेरिकाले घुसपैठको कोशिस गरेको उनले बताए।
हालै चीनले कोरोना महामारीबीच रक्षा बचेटमा ६.६ प्रतिशत वृद्धि गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिनुमा चीन दोषी रहेको भन्दै अमेरिकाले लगातार चीनविरुद्ध अभिव्यक्ति दिँदै आएको छ । चीनले आफूमाथि आउनसक्ने खतरालाई मध्यनजर गर्दै रक्षा बजेट बढाएको बताएको छ ।