समय तालिकाअनुसार सबै व्यवसाय खुलाउन माग

 न्यूज विराट
समय तालिकाअनुसार सबै व्यवसाय खुलाउन माग

पोखरा, १७ जेठ-लकडाउनका कारण अर्थतन्त्र सिथिल भएको भन्दै पोखरा क्षेत्रका व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले समय तालिका मिलाएर सबै व्यापार/व्यवसाय खोल्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेका हुन् ।

पोखरा उद्योग वाणिज्य संघले संघसँग आवद्ध वस्तुगत संघका प्रतिनिधि तथा सदस्यबीच गरेको भर्चुअल बैठकको क्रममा उनीहरूले सो धारणा राखेका हुन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सधैँभर लकडाउन भनेर कति व्यवसाय बन्द गर्ने भन्ने प्रश्न राख्दै उद्योगी/व्यवसाय संचालन गर्न दिए त्यसले थोरै मात्र भए पनि अर्थतन्त्रलाई चलायमान बनाउने धारणा राखेका छन् । संघीय सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई केही उत्साहित बनाएको बताउँदै उनले बजेटको व्यवहारिक कार्यान्वयन गर्न माग गरे ।

संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले पोखरा उद्योग वाणिज्य संघले उद्योग/व्यवसाय संचालनको वातावरण बनाउन प्रशासनसँग माग गरिरहेको जानकारी दिँदै संघले गरेका कतिपय कामको सूचना सम्प्रेषण नभएको स्वीकार गरे । उनले प्रदेश र स्थानीय सरकारले गरेका कतिपय निर्णयमा स्थानीय प्रशासन बाधक बन्दा व्यवसाय खुलाउन समस्या भएको पनि बताए ।

सम्बन्धित समाचार

मोरङ र सुनसरीका बाँतर समुदायका कोरोना संक्रमित परिवारलाई राहत वितरण

विराटनगर, २९ जेठ । मोरङ र सुनसरीका बाँतर(सरदार) समुदायका कोरोना संक्रमित परिवारलाई शनिबार राहत वितरण गरिएको छ । नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समिति कटहरीको सहयोगमा कोरोना संक्रमित परिवारलाई स्वास्थ्य सामाग्री, खाद्यान्नसहित राहत वितरण गरिएको...

प्रचण्डलाई भीम रावलले भने, ‘पदको झगडामा म सामेल छैन’ 

काठमाडाैं, १३ साउन-नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पदको झगडामा पार्टी अध्यक्ष प्रचण्डलाई साथ दिन नसक्ने बताएका छन् । बालुवाटार भेलामा रावलले पदका लागि भइरहेकाे झगडामा हारजितका लागि आफूहरूको टाउको नगन्न आग्रह पनि गरेका छन्...

सामाजिक सञ्जाल मार्फत् सचेतना जगाउँदै काङग्रेसका शीर्ष नेता

कोभिड–१९को सम्भावित जोखिम हुन नदिन यही चैत ११ गतेदेखि मुलुकभर ‘लकडाउन’ जारी रहेको छ । यसले गर्दा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा, यातायात र हिँडडुलमा कडाइ गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका अधिकांश नेता...

प्रेमिबाटै मोरङको पथरीमा ज्ञानमतिको हत्या, आरोपि सार्वजानिक

विराटनगर । मोरङको पथरीशनिश्चरे – ७ लामा टोलीस्थित शौचालय गएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका एक जना अभियुक्तलाई प्रहरीले सार्वजानिक गरेको छ । राईको हत्या आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका...

नेकपा सांसदलाई स्पष्ट एकरूपता देखाउन प्रधानमन्त्रीको लिखित निर्देशन

काठमाडौं, २७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनमा सक्रिय समझदारीपूर्ण अघि बढ्न पार्टीका सबै सांसदलाई अनुरोध गरेका छन् । शुक्रबार पार्टीका सांसदहरूलाई लिखित निर्देशन दिँदै उनले एकताबद्ध प्रयासका...

फुलकुमार लालवानीलाई महामूर्खको उपाधि

विराटनगर । विराटनगरका फुलकुमार लालवानीले महामूर्खको उपाधि पाएका छन् ।काँग्रेसका नेता लालवानीलाई मारवाडी यूवा मञ्च विराटनगरले सम्मान स्वरुप महामूर्खको उपाधि प्रदान गरेको हो । मारवाडी यूवा मञ्चले होलीको अवसर पारेर प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान...

प्रदेश १ का मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता

विराटनगर, १२ पुस-प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेको बुझिएको छ । आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण...

२५ हजार धरौटि बुझाउन नसक्दा कारागार चलान भएका थुनुवाको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा रहेका एक थुनुवाको शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको छ। धरौटी रकम बुझाउन नसकेर कारागार चलान भएका मोरङको पथरीशनिश्चरे नगरपालिका(४ का ३८ वर्षीय जितबहादुर देवान ९जेठा० को कोशी अस्पतालमा उपचार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्