काठमाडौं महानगरद्वारा चिकित्सक संघलाई १ हजार थान ज्याकेट सहयोग 

 न्यूज विराट
काठमाडौं महानगरद्वारा चिकित्सक संघलाई १ हजार थान ज्याकेट सहयोग 

काठमाडौं, १७ जेठ-भरपर्दो सुरक्षा सामाग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका खटिरहेका चिकित्सकलाई काठमाडौं महानगरपालिकाले १ हजार थान ज्याकेट सहयोग गरेको छ । महानगरपालिकाका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्तरूपमा ज्याकेट हस्तान्तरण गरको हुन् ।

राष्ट्रियसभागृहमा ज्याकेट हस्तान्तरण गर्दै प्रमुख शाक्यले कोभिड-१९ जस्तो अदृष्य शत्रुसँगको लडाईँमा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकलाई महानगरपालिकाको तर्फबाट सहयोग गर्न पाउँदा खुसी लागेको बताए । ‘दिनप्रतिदिन संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । यो क्रम कहिलेसम्म निरन्तर रहन्छ भन्ने कुनै निश्चित छैन । यस्तो बेलामा अग्रमोर्चामा खटिएका चिकित्सकहरुलाई मनोबल उच्च बनाएर संक्रमितको उपचारमा खटिन सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ,’ प्रमुख शाक्यले भने, ‘तपाइहरूको ज्ञान–सीपको उच्चतम सदुपयोग गर्ने बेला  हो यो । आगामी दिनमा थप सहकार्य र समन्वय गरेर अघि बढ्न काठमाडौं महानगरपालिका तयार छ ।’

शाक्यले अन्य ठाउँको तुलनामा काठमाडौंं अहिले तुलनात्मक रुपमा शान्त रहेको भन्दै चालिस लाख बढी जनसंख्या रहेको उपत्यकामा संक्रमण फैलियो भने भयावह अवस्था सिर्जना हुने भएकाले उपत्यकावासीलाई थप सचेतना फैलाउनका लागि चिकित्सकहरूको भूमिका महत्वपूर्ण हुने पनि बताए । ‘अहिले कोरोना संक्रमित भनेपछि नागरिकहरु आतंकित हुने अवस्था छ,’ शाक्यले भने, ‘विश्वमा भएका सकारात्मक अनुभवको समेत मूल्याङ्कन गरेर नेपाली जनतालाई सकारात्मक सन्देश दिनेगरी जनचेतना प्रवाह गर्ने कुरामा भूमिका खेल्नुहोला । हाम्रो तर्फबाट आवश्यक सहयोग गर्न तयार छौँ ।’

सम्बन्धित समाचार

भारु १ हजार लिएर भारतीयलाई सीमा कटाउन खोज्ने पक्राउ

विराटनगर, बैशाख ३०–भारतीय मजदुरसंग रकम लिएर सीमा कटाउन खोज्ने दुईजनालाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । विराटनगर–१८ भेडियारी स्थित एकिकृत जाँचपास चौकी(आइसिपी) नजिकै दशगजाक्षेत्रबाट प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका २ जना विराटनगर–६...

बेलायतले नेपाललाई २० लाख डोज कोरोना खोप पठाउदै

काठमाडौ, ९ जेठ । नेपालमा कोरोना संक्रमणको संख्या दैनिक रुपमा वृद्धि भएसँगै नेपाललाई बेलायतले २० लाख २० लाख डो’ज अस्ट्राजेनेका खोप पठाउने भएको छ । यसअघि नेपाल लगायत दक्षिण एसियका राष्ट्रलाई तत्काल सहयोगको खाँचो रहेको...

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम

नयाँ दिल्ली, २३ असोज-भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः कमी आएको छ । अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले...

प्रविधिविनाको ज्ञान उपयोग हुन सक्दैन : मन्त्री घिमिरे

विराटनगर, बैशाख १७–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । प्रविधि विनाको ज्ञान उपयोग हुन नसक्ने भएकाले यसको प्रयोगमा उनले जोड दिएका हुन् । सामाजिक विकास मन्त्रालयद्धारा सञ्चालित...

यार्सा गुम्बासहित पक्राउ परेका दुई जना सार्वजनिक

इनरुवा, २५ असोज-जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावाबँेशी गाउँपालिका–४ का २७ वर्षीय समीर गुरुङ र सङ्खुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार...

एकै दिनमा ३ सय ३४ कोरोना संक्रमित थपिए

काठमाडौं, २२ जेठ-नेपालमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । बिहीबार नेपालमा थप ३३४  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देकोटाले आज देशभरका विभिन्न...

सुनको मूल्य प्रतितोला १ लाख नजिक

काठमाडौं, साउन १६-पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य बढेर प्रतितोला १ लाखको नजिक पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ३ सयले बढेको छ भने चाँदी २५...

विराटनगरको नोबेल हस्पिटलमा उपचारमा चरम लापरवाही गर्ने चिकित्सकविरुद्ध मुद्दा दायर

विराटनगर । विराटनगर – ४ कन्चनबारीमा रहेको नोबेल शिक्षण अस्पतालमा उपचारमा गम्भिर लापरवाही गरेको कारणले एक जना विरामीको मृत्यु भएपछि पीडित परिवारले अदालतमा मुद्दा दायर गरेका छन् ।सुनसरी इनरुवाकी विमला थापा पोखरेलको मृत्यु भएपछि परिवारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्