निजी विद्यालयमाथि विभेद भयो : नेसनल प्याब्सन

 न्यूज विराट
निजी विद्यालयमाथि विभेद भयो : नेसनल प्याब्सन

काठमाडौं, १६ जेठ-राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारले निजी विद्यालयलाई विभेद गरेको बताएको छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा निजी विद्यालयलाई उपेक्षा गरेकाे नेसनल प्याब्सनको ठहर छ ।

अध्यक्ष ऋतुराज सापकोटा र महासचिव सुवास न्यौपानेले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘मुलुक कोरोनाको महामारीले गर्दा स्तब्ध भएको वर्तमान अवस्थामा निजी लगानीमा सञ्चालनमा रहेका हजारौँ शिक्षालयहरू र सम्बद्ध लगानीकर्ताहरू, यसमा आश्रित लाखौँ शिक्षक, कर्मचारी, तथा अभिभावकहरूसमेत प्रस्तुत बजेटले देखाएको विभेदका कारण अश्चर्यमा परेका छन् ।’

हरेक क्षेत्रमा परेको महामारीको असर निजी लगानीमा सञ्चालित विद्यालयहरूमा मात्र नपर्ने भन्ने सोच सरकारले बोकेको प्रष्ट भएको नेसनल प्याब्सनको ठहर छ ।

‘सामुदायिक विद्यालयको सुधारका लागि निजीले जिम्मेवारी लिनुपर्ने भन्ने कुरा ‘जोगीको घरमा सन्यासी पाहुना’ सावित भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

संकटको घडीमा निजी शिक्षालयहरूलाई संरक्षण गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरी सरकारले परिपक्वता प्रदर्शन गर्न नेसनल प्याब्सनले माग गरेको छ ।

सम्बन्धित समाचार

सुनसरीमा कोरोना सक्रमितको संख्या ४ सय ८५ पुग्यो

विराटनगर, ९ भदौ–सुनसरीमा मंगलबार विभिन्न प्रहरी कार्यालयहरूमा रहेका २१ थुनुवासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थुनुवाहरूमा कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १...

बजारमूल्य भन्दा कममा अनलाईनबाट खाद्य सामाग्री उपलव्ध

विराटनगर,१४ साउन–कोभिड–१९को सङ्क्रमणबाट उपभोक्तालाई जोगाउन घरआँगनमै अनलाईनबाट खाद्यान्न सामाग्री उपलव्ध गराउन आजदेखि यहाँ सेवा शुरु गरिएको छ। बजार मूल्यभन्दा कममा पाँच सय विभिन्न प्रकारका खाद्यान्न सामाग्री उपलव्ध गराउने उद्देश्यका साथ ‘ग्रेटडिल्स ९९’ तपाई हाम्रो दोकानले...

क्वारेन्टाइनमा जुम्ल्याहा शिशु जन्माएकी आमाको रिपोर्ट नेगेटिभ

दाङ, २९ वैशाख-दाङको तुलसी बाल अस्पतालको आइसोलेसन वार्डमा रहेकी सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । यादवको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी...

विराटनगरमा १ अर्ब ७५ करोड लगानीमा पाँच तारे होटल खुल्ने, कृषी विकास बैंकबाट ९५ करोड कर्जा स्वीकृत

विराटनगर । कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र विराटनगरमा क्यासिनोसहितको अत्याधुनिक पाँच तारे होटल संचालनमा ल्याउने तयारी भएको छ । विराटनगरका चर्चित पर्यटन व्यवसायी पुण्य भट्टराईको अगुवाइमा झन्डै १ अर्ब ७५ करोड रुपैयाँको लगानीमा होटल एसियाटिक...

रोटरीले निर्माण गरेको विद्यालय भवन हस्तान्तरण

विराटनगर । विराटनगरका विभिन्न तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता...

ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर, ८ असोज । झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ । पक्राउ  पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका...

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर...

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, पाँच जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुदूधकुण्ड गाउँपालिकाको लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड गाउँपालिका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्