नेपालका लागि ७ प्रतिशत आर्थिक वृद्धिदर औषत : अर्थमन्त्री

 न्यूज विराट
नेपालका लागि ७ प्रतिशत आर्थिक वृद्धिदर औषत : अर्थमन्त्री

काठमाडौं, १६ जेठ-अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत नेपालको औषत आर्थिक वृद्धिदर पुगेको दाबी गरेका छन् । आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट विनियोजन गरेका अर्थमन्त्री खतिवडाले अर्थतन्त्र केही शिथिल भएको स्वीकार्दै ७ प्रतिशत औषत र सामान्य अवस्थामा पूरा गर्न सकिने लक्ष्य भएको बताएका हुन् ।

खतिवडाले पछिल्ला ४ आर्थिक वर्षमा करिब ७ प्रतिशतको आर्थिक वृद्धिदर भएको र त्यो नेपालको लागि सहज स्थिति रहेको बताए । तर, पछिल्ला वर्षमा पनि अधिक वृद्धिदर नै ७ प्रतिशत र त्यसअघि वर्षमा ६ प्रतिशतको हाराहारीमा नेपालको आर्थिक वृद्धिदर भएको छ ।

अर्थमन्त्री खतिवडाले १५ पञ्चवर्षीय योजनाअनुसार साढे ९ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राख्नु पर्ने भए पनि आगामी आर्थिक  वर्षमा पूरा गर्न सक्ने गरी ७ प्रतिशत राखिएको बताए । अर्थ मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने जग बसिसकेको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित समाचार

साफ च्याम्पियनसिपमा आज श्रीलंकासँग भिड्दै नेपाल, लगातार दोस्रो जितको दाउ

साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले  श्रीलंकासँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार दोस्रो...

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीको नयाँ मदिरा बेचबिखन सम्बन्धी नीतिमा चलखेल गरेकाे आराेप लगाउँदै मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो । ईडीको टोली बिहीबार साँझ ७...

सरकारले एनआरएनएको स्वतन्त्रतामाथि प्रतिगमन गर्‍यो, सशक्त प्रतिवाद गर्छौं:कुमार पन्त

काठमाडौं, ६ मंसिर । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तले निर्वाचित कार्य समितिलाई वैधानिक काम गर्न बन्देज लगाएर नेपाल सरकारले एनआरएनएको स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरेको बताएका छन् । सरकारले निर्वाचित कार्य समितिलाई दीर्घकालिन महत्वका...

बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रर्दशनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रदर्शनी आयोजना गरिएको छ । शैक्षिक सत्र २०७९ को बार्षिक परीक्षाफल वितरणको अवसर पारेर सोमबार स्कुल परिसरमा चित्रकला तथा हस्तकला प्रर्दशनी गरिएको हो ।...

हाफ म्याराथन प्रतियोगिता हुँदै, बिजेतालाई एक लाख पुरस्कार

विराटनगर । कोशी प्रदेश सरकारले हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । खेलकुद पर्यटन प्रवद्र्धन, विराट– बर्जु हाफ म्याराथन’ मुल नाराको साथ मोरङको भेडियारीस्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म हाफ म्याराथन प्रतियोगिता गर्ने भएको हो...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा १५० विद्यार्थीलाई स्वीटर वितरण

विराटनगर, २० पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीस्थित ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ । कठ्यांग्रीँदो जाडोबाट बालबालिकाहरु बच्नका लागि एक कार्यक्रमकाबिच क्लबले रोटरीको सिद्धान्त र प्रतीक छापिएको...

प्याब्सन स्पोर्ट्स मिट : पहिलो दिन पूर्वाञ्चल एकाडेमीको अग्रता

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू भएको छ । नजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा शुक्रबारदेखि औपचारिक रुपमा प्याब्सन स्र्पोटस मिट सुरु भएको हो । उक्त स्पोर्ट्स मिटको उद्घाटन...

मिल्स गोल्डकप शुक्रबारबाट, उद्घाटनमा एपीएफ र बर्दिवास भिड्ने

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरू हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।प्रतियोगिताको तयारी पूरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्