१० दिनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने सरकार तयारी

 न्यूज विराट
१० दिनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने सरकार तयारी

काठमाडौं, १६ जेठ-कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वयन समितिले विदेशमा रहेक नेपालीलाई चरणवद्ध रूपमा फिर्ता ल्याउनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि सबै प्रदेशमा पोकल मन्त्री तोकेर विदेशबाट ल्याएका नेपालीलाई राख्नका लागि अध्ययन गरिरहेको अवस्थामा चरणवद्ध रूपमा नेपालीलाई ल्याउन सरकारलाई सुझाव दिएको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सरोकारवाला निकायहरूले पटकपटक विदेशमा आपतविपतमा परेका नेपालीलाई ल्याउन र व्यवस्थिति गरी राख्नका लागि सरकारलाई दबाब दिएका थिए । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपिरषदको कार्यालयमा बसेको समितिको बैठकले विदेशमा रहेका नेपालीलाई आगामी १० दिनपछि दैनिक ३ हजारका दरले फर्काउन सकिने निष्कर्ष निकालेको छ ।

नेपाल फर्किन चाहने नेपालीले हवाई भाडा र आवश्यक अन्य खर्चहरू भने आफैँ व्यहोर्नु पर्ने छ । विदेशबाट नेपाल फर्काइएकालाई होटलमा राख्ने व्यवस्था मिलाउने निर्णय पनि समितिले गरेको छ । सरकारले समस्यामा परेकालाई आफ्नो विवरण भर्नका लागि आग्रह गरेको छ । सरकारले सम्पूर्ण देशबाट विवरण प्राप्त भएपछि नेपाल वायु सेवा निगम वा नेपालका अन्य वायु सेवा निगमबाट उनीहरूको उद्धार गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण विडारीले बताए ।

गत महिना श्रम मन्त्रालयले गरेको अध्ययनअनुसार वैदेशिक रोजगारीमा रहेका ४ लाखलाई तत्काल उद्धारको आवश्यकता रहेको औँल्याएको थियो । त्यसबाहेक भारत र अन्य देशका कूटनीतिक निकायलमा रहेका नेपालीलाई पनि ल्याउनु पर्ने हुँदा ६ लाख बढीको उद्धार गर्नुपर्ने हुन सक्ने परराष्ट्र मन्त्रालयको आंकलन छ ।

सम्बन्धित समाचार

ऋषिकेशको स्वकीय सचिव पोखरेलको ठगी प्रकरण : अदालतको फैसला प्रहरीमा पुग्यो, मोरङ प्रहरीले थाल्यो अनुसन्धान

विराटनगर – ठगी गरी अपराधिक लाभ लिएको आरोप लागेको नेकपा एमाले मोरङका सदस्य अनिल कुमार पोखरेल विरुद्ध मोरङ प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । उच्च अदालत विराटनगरले पोखरेलविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडी...

थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

काठमाडौं, २ असोज-पछिल्लो २४ घण्टाको अवधिमा सात जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र पाँच पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

न्युरो अस्पतालको रक्तदान कार्यक्रम, ६० पिन्ट रगत संकलन

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । रोटरी क्लब अफ बिराटनगर मिडटाउनसँगको सहकार्यमा रतmदान कार्यक्रम शुक्रबार आयोजना गरेको हो । कार्यक्रममा न्युरो अस्पतालका बरिष्ठ बिशेषज्ञ प्याथोलोजिष्ट डा....

सिलवालको नियुक्तिमा कारण देखाऊ आदेश

काठमाडौं, १३ साउन-सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव भएका रमेशकुमार सिलवालको नियुक्तिमा कारण देखाउ आदेश जारी गरेको छ । सिलवाललाई नियुक्ति गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरी दायर रिटमा सर्वोच्चले कारण देखाउ आदेश...

देशभर थप १ हजार १७० जनामा कोरोना पुष्टि

काठमाडौं, २९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

प्रदेश १ को बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन सार्वजनिक

विराटनगर, बैशाख ३–प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताएका छन् । बुधबार प्रदेश नं....

बृहत् नागरिक आन्दोलनले संविधान संशोधन मार्च गर्ने, संविधान अधुरो र अपुरो रहेको भनाइ

बृहत् नागरिक आन्दोलनले 'संविधान संशोधन मार्च' गर्ने भएको छ । नेपालको संविधान जारी भएको दिन (असोज ३) को अवसरमा उक्त मार्च गर्न लागिएको बताइएको छ । बृहत् नागरिक आन्दोलनले उक्त मार्चमा सहभागी हुन सबैपक्षलाई आह्वान गरेको...

कोरोनाका कारण अलपत्र ३४ हजारको उद्धार, ५६ जना उपचारत  

काठमाडौं, ७ साउन-कोरोना भाइरसका कारण विदेशमा अलपत्र ३४ हजारको उद्धार गरेर स्वदेश ल्याइएको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रले जनाएको छ । मंगलबारसम्म विभिन्न देशबाट ३४ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएको केन्द्रले जानकारी दिएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्