२२ संस्थाद्वारा रुकुम घटनाप्रति भत्र्सना

 न्यूज विराट
२२ संस्थाद्वारा रुकुम घटनाप्रति भत्र्सना

काठमाडौं, १६ जेठ-युथ एड्भोकेसी नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल र राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाललगायत २२ संघ संस्थाले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने घटनाप्रति भत्र्सना गरेका छन् ।

ती २२ संघसंस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सोतीका वडाअध्यक्षसहितले मृतक नवराज विकको प्रेमिकाको परिवार तथा गाउँलेसहितको संलग्नतामा घटेको भनिएको घटनामा नवराज विकसहित ५ को मृत्यु भएको र एक अझै पनि बेपत्ता रहेको मानवताविरोधी अपराधजन्य घटनाप्रति हामी घोर निन्दा र भत्र्सना गर्दछौँ ।’

शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका-८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य ५ जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा १ युवक अझै बेपत्ता छन् ।

निष्पक्षरूपमा छानबिन गरी दोषीलाई हँदैसम्मको कानुनी कारवाही गर्न माग गर्दै संसद् र सडकमा विभन्नि राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला संघसंस्थाले समेत आवाज उठाउँदै आएका छन् । ती संघसंस्थाले रुकुम घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी घटनामा संलग्न जोकोहीलाई कानुनी दायाराभित्र ल्याइ कारवाहीका लागि नेपाल सरकारसँग जोडदार मागसमेत गरेका छन् । रासस 

सम्बन्धित समाचार

मोरङ ५(२) मा कांग्रेसका अमृत आर्याल निर्वाचित

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मोरङ क्षेत्र नंं. ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनले प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा...

६ जिल्ला ‘कोरोना फ्रि’, ३ मा ५ सयभन्दा बढी संक्रमित

काठमाडौं, साउन ३-नेपालका ३ वटा जिल्लामा ५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित व्यक्ति रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रौतहट, बाजुरा र कैलालीमा ५ सयभन्दा बढी संक्रमित रहेका...

उत्तर र दक्षिण कोरियाली सेनाबीच असैन्यकृत क्षेत्रमा गोली हानाहान

एजेन्सी, बैशाख २१ -उत्तर र दक्षिण कोरियाका सेनाबीच सीमा क्षेत्रमा गोली हानाहान भएको छ । दुई कोरियालाई छुट्ट्याउने असैन्यकृत क्षेत्रमा दुई कोरियाका सेनाबीच गोली हानाहान भएको हो । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाबाट चलेका थुप्रै...

होली अवधिमा मोरङ ट्राफिक प्रहरीद्वारा २६९ सवारी साधनलाई कारवाही

विराटनगर । होली पर्वको अवसरमा मोरङ जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने २६९ सवारी साधनलाई कारवाही गरिएको छ। मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार, कारवाहीमा परेकामध्ये हेलमेट नलगाई सवारी चलाउने ७२ जना, तीन...

दसबुँदे घोषणापत्र जारी गर्दै सकियो साहित्य महोत्सव

विराटनगर । विराटनगरमा सुरू भएको तीन दिने नेपाल –भारत साहित्य महोत्सव सकिएको छ । १० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव आइतबार सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

क्यान्सरविरुद्ध विराटमा भव्य जनचेतना मुलक कार्यक्रम

विराटनगर । मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्ध एकै दिन १५ वटा सचेतना मुलक कार्यक्रम गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर आइतबार ‘आशा क्लोज द केयर ग्याप’...

विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मोरङमा मृतकको संख्या ११ पुग्यो

विराटनगर,भदौ १–विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएका एक जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनर ८ मधुमारामा बस्ने ४७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार अपरान्ह ५ः५० बजे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्