
उपत्यकामा आज ५९४ जनामा कोरोना संक्रमण
मंगलबार काठमाडौं उपत्यकामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ६३ महिला र ३ सय ३१ पुरुष हुन् । आज देशभर ८ हजार ९ सय ४७ को...
विराटनगर, जेठ १५–विराटनगर–३ मा रहेको पोखरीया माध्यामिक विद्यालयले लकडाउनको उल्लंघन गर्दै विद्यार्थी भर्ना परिक्षा लिएको छ । विद्याथीहरुको समूह भेला गरी पोखरीया स्कूलले प्रवेश परीक्षा लिएको हो । सरकारले जारी गरेको लकडाउनका बाबजुत पनि विराटनगरको सामुदायिक विद्यालय पोखरीया स्कूललले प्रवेश परीक्षा लिएको भन्दै प्याव्सन मोरङले सरकारको ध्यानाकर्षण गराएको छ ।
पोखरिया मावीले विगत केहीदिन यता दैनिकी रुपमा नयाँ भर्नाको लागी प्रवेश परीक्षा लिएको भन्दै प्यावसन मोरङले आज एक प्रेस विज्ञप्ती जारी गरेर ध्यानाकर्षण गराएको हो । सरकारले कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा जोखिमबाट बच्न भन्दै गत चैत ११ गतेदेखी लकडाउन जारी गरेको छ । यस्तो अवस्थामा कुनै पनि विद्यालयहरुलाई भर्ना तथा प्रवेश परीक्षा जस्ता कुनै पनि गतिविधी नर्गन र नगराउन सरकारले आदेश दिएको छ।
लकडाउनको समयमा अति आवश्यक सामग्रीहरु खाद्यान्न, औषधि पसलहरु मात्र सामाजिक दुरी कायम गरी खोल्न सकिने अवस्था रहेकोमा यस्तो जोखिमपूर्ण गतिविधि प्रति प्रशासनको ध्यानाकर्षण भएको प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताए । ‘यस्ता गतिविधिहरु माथि तुरुन्त रोक लगाउन सरकारसँग जोडदार माग गर्दछौँ ।’ उनले भने ।
अन्तराष्ट्रिय प्रचलनलाई समेत ख्याल गर्दै बाल मस्तिष्कलाई चलायमान गराइरहन भर्चुअल कक्षामार्फत केही शैक्षिक गतिविधिहरु सञ्चालन गर्ने तथा अनलाईन मार्फत भर्ना गर्ने सम्बन्धमा प्याब्सनले पटक पटक सरकारको ध्यानाकर्षण गराउदै आएको प्याब्सन मोरङका सचिव प्रेमलाल सिंह सुवालले बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार निजी विद्यालयहरुले भर्ना प्रकृयाका सम्बन्धमा कुनै गतिविधि नगरी नगराई राज्यको नीतिलाई पूर्ण पालना गर्दै मानवीय स्वास्थ्यमा गम्भिर संवेदनशीलता देखाइरहेको सचिव सुवालले बताए ।
पोखरिया स्कूलले यस्तो बिषम परिस्थितिमा पनि मानवीय स्वास्थ्यमा प्रतिकुल हुने गरी निरन्तर रुपमा गतिविधिहरु बढाईरहेको, भर्ना प्रकृयाका लागि समुह भेला गरी प्रवेश परीक्षा लिईरहेको, शुल्क असुल गरिरहेको आरोप लगाउँदै प्याब्सनले यस्ता खाले गतिविधि सार्वजनिकरुपमा नरोके नरोकिएमा प्याब्सन मोरङले पनि संस्थागत निर्णय गरी जेष्ठ १७ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र अनलाईन कक्षाहरुलाई व्यवस्थितरुपमा निरन्तरता दिने जनाएको छ ।
स्कूल प्राचार्य खेम भट्टराईर्चै प्रवेश परीक्षा नलिएको भर्ना फारम मात्र भराएको बताइरन्दा प्याब्सन विराटनगरका अध्यक्ष ४ वटा कक्षा कोठामा वलोकन गर्दा विद्यार्थीहरुले धमाधम प्रवेश परीक्षा दिइरहेका पाएपछि राई आफैले फोटो खिचेको बताए ।
मंगलबार काठमाडौं उपत्यकामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ६३ महिला र ३ सय ३१ पुरुष हुन् । आज देशभर ८ हजार ९ सय ४७ को...
काठमाडौं, १२ असोज । संसदीय समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरूलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले...
विराटनगर, १७ असार–सुनसरीको इनरुवा नगरपालिका(३ महेन्द्र चोकबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अख्तर आलम रहेका छन् । आज बिहान...
सुर्खेतमा जुम्लाका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जुम्ला तिला गाँउपालिका–२ का ७६ वर्षीया पुरुषको कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । १२ वैशाखमा उपचारका लागि अस्पताल भर्ना भएका ती...
काठमाडौं, १५ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढेपछि अहिले एकएक्लै र सामूहिक छलफल जारी रहेका छन् । आज बिहान बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल...
विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरी हवल्दार रमेश निरौलासहित तीन जना नगर प्रहरीलाई जागिरबाट हटाएको छ । नगर प्रहरीले विराटनगर ७ कोशी अस्पताल अगाडि स्नेहा फार्मेसीका संचालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई...
काठमाडौं, बैशाख ३० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको बार्ता फलदायी बनेको बताउनु भएको छ । अध्यक्ष ओलीसँग आज भएको तीन घण्टा लामो बार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बरिष्ठ नेता नेपालले आजको...
विराटनगर, साउन १९–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले भारतले अतिक्रमण गरेको लिपुलेक–लिम्पियाधुरासहितको भुभाग समेटेर नक्सा जारी गर्न अन्य नेताहरुको पनि महत्वपूर्ण भुमिका रहेको बताएका छन् । प्रचण्ड पक्षिय नेताका रुपमा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.