बजेटले पूर्वका माग सम्बोधन नगरेको उद्योगी व्यवसायीको गुनासो

 न्यूज विराट
बजेटले पूर्वका माग सम्बोधन नगरेको उद्योगी व्यवसायीको गुनासो

विराटनगर, जेठ १५-अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तुत बजेटले पूर्वका व्यावसायिक मुद्दाको सम्बोधन गर्न नसकेको प्रतिक्रिया यहाँका व्यवसायीले व्यक्त गरेका छन्।

विराटनगरका व्यवसायीले बजेट ‘पपुलिस्ट’ प्रकारको रहेको तर कोभिड–१९ द्वारा थलिएको औद्योगिक क्षेत्रलाई उठाउन नसक्ने देखिएको धारणा प्रकट गरेका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले पर्याप्त रोजगारी र मूल्य अभिवृद्धि दिइरहेका उद्योगलाई प्रोत्साहन गर्न बजेटमा ठोस कार्यक्रम नभएको बताए।

राउतले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न केही कच्चा पदार्थको अन्तःशुल्कमा छुट दिइनु र कच्चा पदार्थ तथा तयारी वस्तुको भन्सार महसुलमा एक तहको अन्तर हुनुले मात्र औद्योगिक क्षेत्र तत्काल नफस्टाउने जिकिर गरे। उनले उद्योग बन्द भएका बेलाको डिमान्ड शुल्क नलिने र राति उद्योग चलाउँदा विद्युत् महसुल आधा मिनाहा गरिने कार्यक्रम बजेटमा ल्याइए पनि यही सरकारले विद्युत् महसुलमा वृद्धि गर्न लागेको भन्दै यो एक हातले दिएर अर्को हातले लिन खोजिएको मात्र हो भन्ने आरोप लगाए।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले मुलुकका सर्वसाधारण जनताको जीवन र जीविकोपार्जनका लागि बजेटका कार्यक्रम निराशाजनक रहेको दाबी गरे।‘मुलुकमा युवाको ठूलो समूह बेरोजगार हुँदैछ,’ अध्यक्ष मुन्दडाले भने, ‘यो समूहलाई लक्षित गरेर जुन मात्रामा कार्यक्रम ल्याउनु पर्थ्यो त्यसमा बजेट विफल भएको छ। बजेटले सबै क्षेत्रलाई मिलाएर लैजान खोजेको देखिएको छ। त्यसैकारण जुन कुरामा ध्यानकेन्द्रित गर्नुपर्थ्यो त्यो लगभग ओझेलमा परेको छ।’

साल्ट ट्रेडिङले ओगटेको ६ सय ५० बिघा सरकारी जमिनमा औद्योगिक क्षेत्र बनाउन विराटनगरका व्यवसायीले बारम्बार माग गर्दै आएका छन्।यो वर्ष पनि यो मागलाई हेला गरिएको भन्दै मुन्दडाले असन्तुष्टि जाहेर गरे। उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले प्रस्तुत बजेटले उत्पादनमूलक, रोजगारमूलक, मूल्य अभिवृद्धि गर्ने र व्यापारघाटा घटाउने उद्योगलाई कुनै राहत नदिएको प्रतिक्रिया दिए।

‘रि-फाइन्सान्सका लागि हाम्रो माग बमोजिम नै १ खर्ब छुट्याइएको छ, यो राम्रो हो,’ अध्यक्ष घिमिरेले भने, ‘तर यस्तो कर्जा पहुँचवालाले मात्र पाउने गरेका छन् । त्यसैले यसमा प्रभावकारी कार्यविधि बनाएर समानताका आधारमा वितरण गरिनुपर्छ भन्ने हाम्रो आग्रह छ।’ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजूले सरकारको कथनी र करनीमा जहिले पनि फरक हुने गरेको धारणा प्रकट गरे। ‘अर्थमन्त्री खतिवडाको यसअघिका २ वटा बजेट विफल भइसकेका छन्,’ उद्योगी जाजूले भने, ‘त्यसैले यो बजेटको कथनीको पक्ष राम्रो भए पनि सफल हुने कुरामा हामीलाई विश्वास छैन।’

उनले स्वदेशी उद्योगको संरक्षणका लागि काउन्टर भ्यालिङ ड्युटी र एन्टी डम्पिङ ड्युटी लगाउनु सकारात्मक रहेको उल्लेख गरे।
संघका अर्का पूर्वअध्यक्ष पवनकुमार शारडाले अर्थतन्त्रको मेरुदण्ड भनिने निजी क्षेत्रले गरेको आशा बजेटले पूरा नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

पूर्वअध्यक्ष शारडाले साना उद्योगी र व्यवसायीलाई बजेटले प्रोत्साहन गर्न खोजेको भए पनि कोरोनाका प्रकोपले थलिएका ठूला उद्योगका सम्बन्धमा ठोस कार्यक्रम दिन नसकेको धारणा प्रकट गरे। अर्का पूर्वअध्यक्ष खेमचन्द लालवानीले रेमिट्यान्स घटिरहेको अवस्थालाई कसरी पूर्ति गर्ने भन्ने विषयमा बजेटले ठोस कार्यक्रम दिन नसकेको आरोप लगाए।

व्यवसायी लालबानीले कृषिका लागि केही बजेट छुट्याएको देखिए पनि गाउँ गाउँमा कृषि क्रान्तिका लागि बजेटले ठोस योजना दिन नसकेको बताए। उनले साना तथा मझौला उद्योगका लागि ५० अर्ब रुपैयाँ छुट्याएर ५ प्रतिशत ब्याजमा दिनु स्वागतयोग्य भएको विचार व्यक्त गरे।बिजमाण्डु डटकमबाट 

सम्बन्धित समाचार

रुस र युक्रेनबीच बढ्दो तनावका बीच लुहान्स्कमा शक्तिशाली विष्फाेट

काठमाडौं, ७ फागुन । रुस र युक्रेनबीच बढ्दो तनावका बीच लुहान्स्कमा शक्तिशाली विष्फाेट भएको स्पुतनिकले जनाएको छ । विष्फाेट ग्यास पाइपलाइन ‘दुर्ज्भामा’ मा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्षेपण गरिएको थियो । स्थानीय ग्यास पूर्वाधार...

सम्राट स्पोर्टिङलाई मोरङ ‘ए’ डिभिजन लिगको उपाधि

विराटनगर । विराटनगर– ३ मा रहेको सम्राट स्पोर्टिङ क्लबले मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ ।लेटाङको चार तारे क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सम्राटले सोमबार उपाधिमाथि कब्जा गरेको हो । खेलको निर्धारित...

प्रदेश १ मा १ सय ५५ संक्रमित थपिए, ५२ जना डिस्चार्ज

विराटनगर, २२ भदौ–पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र...

कोशी प्रदेशमा माओवादीका पूर्वाधार र पर्यटनमन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलर माओवादीको...

विराटनगरका रंगपत्रकार प्रेम देवान सम्मानित

विराटनगर । सुनसरी ईटहरीमा रहेको कोशी भिजन फिल्मस प्रालीले विगत लामो समयदेखी कला र मनोरञ्जन क्षेत्रमा कलम चलाउदै आएका पत्रकार एवंम चलचित्र पत्रकार संघ नेपाल मोरङका अध्यक्ष रहेका प्रेम देवान (लुङवा ) लाई सम्मान गरेको...

अब नेपाल एयरलाइन्सकाे टिकटबाटै युरोप, अस्ट्रेलियाकाे यात्रा गर्न पाइने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता...

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण देखियो

काठमाडौं, ५ माघ । नेपालमा नयाँ प्रजातिको कोरोना भित्रिएको पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ। केहि दिन अघि...

अल्पमतको सत्तापक्ष, बहुमतको प्रतिपक्ष

काठमाडौं, साउन २ । सर्वाेच्च अदालतले संबिधान नै अपत्यक्ष रुपमा संशोधन गरी परमादेश धारा थप गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि राष्ट्रिय सभामा सत्तापक्ष अल्पमतमा परेको छ । प्रतिनिधिसभामा समेत अर्काे दलको सांसदलाई आधार बनाएर अल्पमतमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्