सुदुरपश्चिमलाई बजेटमै हेपेको दार्चुलाका सांसदको गुनासो

 न्यूज विराट
सुदुरपश्चिमलाई बजेटमै हेपेको दार्चुलाका सांसदको गुनासो

काठमाडौं, जेठ १५-लिम्पियाधुरा, कालपानी र लिपुलेक क्षेत्रलाई समेटेर नक्सा जारी गरेको केपी शर्मा ओली नेतृत्वको सरकारले बजेटमा भने कालापानी क्षेत्रलाई वेवास्ता गरेको छ।

बजेटमा यो क्षेत्रका लागि विशेष प्याकेज आउने अपेक्षा गरिए पनि ओली सरकारले निराशमात्रै दिएको छ। यो क्षेत्रको महाकाली करिडोर बाहेक अन्य कुनै कुरा अर्थमन्त्री युवराज खतिवडाले वाचन गरेको बजेट भाषणमा सुनिएन्। कालापानी क्षेत्रमात्रै होइन यसपालि पुरै सुदूरपश्चिम नै बजेटमा ठगिएको छ। धेरै योजनाहरु रद्ध गरिएका छन्।

तर, अहिले राष्ट्रवादका नाममा चर्को रुपमा उठिरहेको कालापानी क्षेत्रमै चर्चा गरौं। कालापानी क्षेत्रलाई लामो समयदेखि उचालेर तत्कालिन एमाले र अहिले नेकपा राष्ट्रवादी देखिँदै सत्तामा पुगेको छ। सत्तामा पुगेपछि केही सकारात्मक संकेतहरु देखायो। जस्तो कि नक्सा जारी गर्ने, सशस्त्रको बीओपी स्थापना गर्ने। तर, यो भूमिको स्वामित्वसँग जोडिने कुरा भयो। तर त्यहाँका जनताको स्वामित्व भने यो सरकारले चटक्कै बिर्सिएको छ। हजारौं दुख कष्ट सहेर त्यहाँका जनताले सीमा रक्षा गरिरहेका छन्। अहिले सरकारले केही गर्ला कि भन्ने आशमा रहेका उनीहरु फेरि एकपटक निराश भएका छन्।

उनीहरुले सरकारबाट प्याकेज पाउने आश राखेका थिए। तर सरकारले बजेटमा सो क्षेत्रको नामै उच्चारण समेत नगरेपछि त्यहाँका स्थानीय आक्रोशित बनेका छन्। भन्ने बेलामा कालापानी भूमि फिर्ता ल्याएर छाड्छु भन्ने तर सो क्षेत्रका जनतालाई नहेर्ने दोहोरो चरित्र यो सरकारमा देखिएको छ। त्यहाँका जनतालाई रुवाएर भूमि फिर्ता ल्याउन जटिल हुनेछ। पहिला आफ्नो देशका जनता खुसी पार्नुपर्छ।

भारतले नेपाली भूमिमा रहेका तीन गाउँका नागरिकलाई भूमि कब्जा गरेर विशेष सुविधा दिएर आफ्नो बनाइसक्यो। तर हामी आफ्नै जनतालाई रुवाउँदैछौं। यसरी नयाँ नक्सा राजनीति गर्ने विषयमात्रै बन्ने र भूमि फिर्ता पनि नआउने दार्चुलाका सांसद बताउँछन्। अहिले सामाजिक सञ्जालमा पनि सरकारले प्याकेज नल्याएको भन्दै विरोध सुरु भएको छ।

नेपाली कांग्रेसका नेता तथा दार्चुलाका सांसद दिलेन्द्र बडुले राज्यले कालापानी क्षेत्रलाई हेला गरेको बताए। उनले नयाँ राजनीतिक विषय बन्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरे। कालापानी क्षेत्र राज्यको प्राथमिकतामै पर्न नसके र प्याकेज नआउँदा त्यहाँका जनता निराश भएको उनको भनाई छ। उनले बजेट किनका छरेजसरी आएको भन्दै असन्त्ष्टि व्यक्त गरे। जहाँ चाहिने हो त्यहाँ बजेट र योजनाहरु नदिएको उनको आरोप छ।

सम्बन्धित समाचार

शशांक कोइरालाले जिते कोरोना

काठमाडौं,  ८ असोज-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोरोना संक्रमणमुक्त भएका छन्। उनका स्वकीय सचिव भरत तिवारीले महामन्त्री कोइरालाको पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताएका छन् । कोरोना संक्रमण भएपछि घरमा नै होम आइसोलेशनमा...

नेकपा बैठकमा प्रचण्डको प्रश्न : निर्वाचन आयोगमा नेकपा एमाले कसले दर्ता गरायो ?

निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराउन निवेदन दिएको भन्ने विषयलाई स्थायी समितिमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रश्न उठाएका छन् । दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएको प्रसङ्ग उठाउँदै प्रचण्डले निर्धारित विषयभन्दा...

युवा दिवसमा बुद्धिचाल प्रतियोगिता, बुढानिलकण्ठका आयुषले जिते उपाधि

विराटनगर । विराटनगर महानगर विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि विराटनगरस्थित बुढानिलकण्ठ माध्यमिक अंग्रेजी विद्यालयका आयुष शर्माले जितेका छन् । विराट बुद्ध स्पोर्टिङ्ग क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सगरमाथा स्कुलमा सोमबार आयोजना गरेको प्रतिोगितामा २६ जना प्रतियोगिहरुलाई...

ग्रिनल्याण्ड कलेजका ३९ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति

विराटनगर । विराटनगर – ९ स्थित ग्रीनल्याण्ड कलेजबाट १२ कक्षा उत्तीर्ण गरेका ३९ जना छात्रछात्राले उच्च शिक्षा अध्ययन गर्न विभिन्न विधामा निःशुल्क छात्रवृत्ति प्राप्त गरेका छन् । विद्यालयलयद्वारा बिहीबार यहाँ आयोजित बधाई तथा अभिनन्दन कार्यक्रममा...

अमेरिकामा अफ्रिकी मूलका प्रदर्शनकारीमाथि ट्रक चलाइयो

एजेन्सी, जेठ १९-अमेरिकाको मिनेशोटा राज्यमा अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लाइडको मृत्युलाई लिएर भइरहेको प्रदर्शनमा एक चालकले ट्रक चलाएका छन् । मिनेशोटाको मिनियापोलिसमा गत साता अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लाइडको प्रहरीले घाँटी थिचेका कारण मृत्यु भएपछि...

नेपालमा थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ४०१ पुग्यो

काठमाडौं, जेठ १७-नेपालमा थप १ सय ८९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १ सय ८५ जना पुरुष...

जनपुरधामका पूर्वमेयर गिरीको कोरोनाबाट निधन

जनकपुरधाम, २८ साउन-जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ ।उनको मंगलबार राति मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए । कोरोना पुष्टि भएपछि गिरी काठमाडौंको...

फिल्म ‘चपली हाइट ३’ को गीत सार्वजनिक

काठमाडौं, माघ २०–स्वस्तिमा खड्का र सुपुष्पा भट्टको नृत्य रहेको फिल्म ‘चपली हाइट ३’ मा समावेश गीत ‘चार आनाको मसला’ सार्वजनिक गरिएको छ। सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो। डिपी खनालको शब्द...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्