सुर्खेत, १४ जेठ-सुर्खेतमा भारतको गुजरातबाट आएका १ युवकको मृत्यु भएको छ । ५ दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल भर्ना गरिएको र मंगलबार राती मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।
कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलले भारतबाट आएका युवाको बसमै विरामी भएर उपचारका लागि प्रदेश अस्पताल ल्याएको बताए । अस्पतालमा उपचार हुनु अगाडि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक युवा सुर्खेतको चिंगाड गाउँपालिका-५ अवलचिङका हुन् । अस्पतालले कोरोना आशंकामा उनको स्वाब संकलन गरेर परीक्षण सुरू गरेको छ ।