१५ महिने बालकसहित वीरगञ्जका २१ जनाले जिते कोरोना

 न्यूज विराट
१५ महिने बालकसहित वीरगञ्जका २१ जनाले जिते कोरोना

जनकपुर, १४ जेठ-वीरगञ्जको विशेष कोरोना गण्डक अस्पतालमा उपचारार्थ २१ जनाले कोरोना जितेका छन् । विशेष कोरोना गण्डक हस्पिटलमा उपचाररत रहेका ३० संक्रमितमध्ये २१ जनाले कोरोना जितेका हुन् ।

मंगलबार राती डिस्चार्ज हुनेमा २१ जना सबै पर्साको वीरगन्ज महानगरपालिकाका हुन् । डिस्चार्ज हुनेमा १७ पुरुष र ४ जना रहेका छन् । जसमा १५ महिने बालकसहित ३ जना बालबालिका पनि रहेको विशेष कोरोना गण्डक अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरूलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीले फूल दिएर विदाई गरेका थिए ।

अस्पतालमा ल्याएर राखिएपछि लगातार दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएका २१ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेकाले डिस्चार्ज गरिएको डा. सिंहले बताए । वीरगन्जको अस्पतालबाट भर्ना भएका १ सय २ संक्रमितमध्ये मंगलबारसम्म ९३ जना निको भएर घर फर्किएका छन् ।

२९ चैतदेखि ११ जेठसम्म पर्सा, अन्य जिल्लाका र भारतीय गरेर १ सय २ जना संक्रमितलाई उपचारका लागि भर्ना गरिएकी थियो । जसमध्ये मंगलबारसम्म ९३ डिस्चार्ज भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मदन उपाध्यायले जानकारी दिए ।

पछिल्लो ४ दिनमा मात्रै ९१ जना निको भए अस्पतालबाट घर फर्किएका हुन् । सोमबार मात्रै वीरगन्जको नारायणी अस्पालबाट ४३ जना डिस्चार्ज भएका थिए । गत आइतबार राती पनि वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिकासहित १८ जनाको डिस्चार्ज गरिएको थियो । गत शनिबार पनि ९ जना डिस्चार्ज भएका थिए ।

पहिलो पटक १४ वैशाखमा २ जना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएका थिए । मंगलबार राती २१ जना डिस्चार्ज भएपछि वीरगन्जको आइसोलेनमा अब ९ जना मात्रै संक्रमित उपचाररत छन् ।
पर्सामा ३ हजार ८० जनाको थ्रोट स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा २ हजार ९ सय ५५ जनाको रिपोर्ट आइसकेको छ । मंगलबार १ सय जनाको नमुना संकलन गरिएको छ ।

कोरोना संक्रमितको उपचारको लागि पर्सामा १ सय २८ बेड क्षमताको आइसोलेसन बेड रहेकोमा ७० बेड क्षमताको नारायणी अस्पताल खाली छ । कोरोना संक्रमित डिस्चार्ज भएपछि जनरल सेवा सञ्चालन गर्ने उद्देश्यले मंगलबार स्यानिटाइजेसन गरिएको छ । गण्डक कोरोना विशेष अस्पतालमा ५० र पोखरिया नगरपालिकामा ८ बेडको आइसोलेसन छ । हालसम्म आरडीटी टेस्ट २ हजार ४ सय ६६ जनाको गरिएको छ ।

५ सय बढी व्यक्ति क्वारेन्टाइनमा

पर्साका १४ वटा पालिकामा सञ्चालित २९ क्वारेन्टाइनमा ३४ महिला र ४ सय ९८ पुरुषसहित ५ सय ३२ जना शंकास्पद संक्रमितलाई राखिएको छ । भारतबाट आएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वाब संकलन गरिएको तर रिपोर्ट नआएका शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

पर्सामा क्वारेन्टाइनको कुल बेड क्षमता १२ सय ६५ छ । क्वारेन्टाइनमा १४ दिन पूरा गरी पीसीआर परीक्षण रिपोर्ट नगेटिभ आएपछि ४ सय २५ जनालाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

सम्बन्धित समाचार

इटहरीमा यामाहाएक्चेन्ज मेला सुरु

विराटनगर, ७ चैत । मोटरसाइकलका ग्राहकहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा रहेको यामाहा मोटरसाईकल तथा स्कुटरहरुको विक्रेता तिरुपति अटो सिटीले यामाहाएक्चेन्ज मेला सुरु गरेको छ । पुराना मोटरसाईकल तथा स्कुटरहरुको उचित मुल्याँकन सहित सट्टामा नयाँ मोटरसाईकल...

भुक्तानी दाबी गरेका बिमितले एक साताभित्र रकम पाउने

काठमाडौं, १८ कात्तिक-बीमा समितिबाट जारी गरिएको बीमालेखअनुसार कोरोना बीमा दाबी गरेका बिमितहरूको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी...

प्रदेश १ का ३१ संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य, ७५ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

विराटनगर, बैशाख २२-विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ३१ जना कोरोना संक्रमितको अवस्था सामान्य छ । अस्पतालका अनुसार १८ देखि ६५ वर्षसम्म उमेर समूहका संक्रमितको कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ । अस्पतालमा उपचार...

भारतको आसाम र मेघालयमा बाढीको वितण्डा, ३२ जनाको मृत्यु

भारतको आसाम र मेघालयमा आएको बाढीमा परेर कम्तीमा पनि ३२ जनाको मृत्यु भएको छ । असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार...

प्रदेश १ः सुनसरी ३२ गते सम्म निषेधित क्षेत्र

विराटनगर, साउन २५–सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि सोमबार राती सकिनेमा जिल्ला प्रशासन कार्यालय सुनसरीले ६ दिन थप गर्दै अब ३२ गते सम्म कायम...

क्यानाडा र बेलायतका विदशेमन्त्रीसँग परराष्ट्रमन्त्री ज्ञवालीको टेलिफोन वार्ता

काठमाडौं, ३० जेठ-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गरेका छन् । वार्तामा मन्त्रीत्रयबीच कोभिड-१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह...

बालिका बलात्कारपछि हत्या अभियुक्तलाई आजीवन कैद

विराटनगर, माघ १७–विराटनगरकी १० वर्षीया रुपमति दासको बलत्कारपछि हत्या गर्ने दुई जना अभियुक्तलाई अदालतले आजीवन कैदको फैसला गरेको छ । विराटनगर–८ बलुवाहीका १९ वर्षीय चन्दु महतो र सोही ठाउँका २५ वर्षीय भुट्टु भन्ने अब्बास अन्सारीलाई...

स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्