रूकुम घटनाबारे प्रतिनिधिसभामा आरोप-प्रत्यारोप

 न्यूज विराट
रूकुम घटनाबारे प्रतिनिधिसभामा आरोप-प्रत्यारोप

काठमाडौं, १३ जेठ-सांसदले रूकुम चौरजहारीको घटनामा पूर्वगृहमन्त्री जनार्दन शर्मा नै पीडकको पक्ष लिएर राजनीतिक पहुँचका आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा लागेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारूढ दलका सांसद जनार्दन शर्माले छुवाछुतको घटनामा राजनीतिकरण हुन सक्दैन भन्ने अभिव्यक्ति दिएपछि सांसदले आपत्ति जनाउँदै सांसद शर्माले घटनाका दोषीलाई जोगाउने षडयन्त्र गरेको आरोप लगाएका हुन् । सांसद शर्मा बोल्दै गर्दा प्रतिपक्षी दलका सांसद तथा अन्य दलित सांसदले उठेर विरोध जनाएका थिए ।

त्यसपछि केही समय सांसद शर्मा र अरू सांसदहरूबीच भनाभन नै चल्यो । सभामुखले सबै सांसदलाई सम्हालिन आग्रह गरेका थिए । तर, केही समय दुवै तर्फबाट भनाभन चलिरह्यो । आरोप प्रत्यारोप चलिरह्यो ।

विपक्षी सांसदलगायत दलित सांसदहरूले शर्मालाई बोल्न रोकेपछि आक्रोशित हुँदै उनले भने, ‘सभामुखले दिएको समयमा बोल्दै गर्दा आपत्ति गर्नु कुन नियमावलीमा छ सभामुख महोदय ? मैले बोल्न पाउँदिनँ ? मेरो बोल्न पाउने अधिकारको हनन् नगरियोस् । म त्यहाँकाे जनप्रतिनिधि नै हुँ । त्यहाँको दलितको अधिकारको कुरा पनि मैले राख्न पाउनुपर्छ । बोल्दाबोल्दै आपत्ति गरेको कुरामा मेरो पनि आपत्ति छ ।’

सांसद शर्माले छुवाछुतसम्बन्धी घटनाहरूमा राजनीतिकरण हुन नसक्ने भन्दै रुकुम चौरजहारी घटनाको सत्यतथ्य छानबिनका लागि जाजरकोट र रूकुम जिल्ला प्रशासन लागिपरेको बताएपछि गृहमन्त्रीले दिनेजस्तो जवाफ दिएको भन्दै कांग्रेसका सांसदहरूले आपत्ति जनाए ।

सांसद शर्मा पनि बोलेका नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले पूर्वगृहमन्त्री र वहालवाला गृहमन्त्री मिलेर घटनामा संलग्नलाई जोगाउने षड्यन्त्र गरेको आरोप लगाए ।

यसअघि मंगलबारको बैठकको सुरुमै बोलेका सांसद मीनबहादुर विश्वकर्माले घटनामा राजनीतिकरण भएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका थिए । सांसद विश्वकर्माले राजनीतिक दबाब र प्रभावमा जिल्ला प्रशासन कार्यालय परेको भन्दै घटनामा संलग्न भनी पक्राउ गरेका मानिसलाई राजनीतिक पहुँचका आधारमा छोड्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले मुलुकलकै इतिहासमा त्रासदीपूर्ण र कहालीलाग्दो जातीय दुर्घटना भएको भन्दै छुवाछुत मुक्त राष्ट्र घोषणा गरी वेपत्ताको छानबिन गरी मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गरे ।

सांसद पार्वती कुमारी विशुंखेले कानुन बनेर व्यवस्था परिवर्तन भए पनि जातीय विभेदको बर्बरताको अन्त्य हुन नसकेको भन्दै त्यसको अन्त्यका लागि सरकारले के गरिरहेको छ भनी गृहमन्त्रीको ध्यानाकर्षण गराइन् ।

प्रेमलाई वैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने सपना बोकेर प्रेमिका लिन पुगेका जाजरकोटका नवराज विकसहित ३ जनाले ज्यान गुमाएको तथा अन्य ३ जना अझै बेपत्ता भएको भन्दै उनले जातका कारणले मारिने क्रम कहिलेसम्म हो भनी प्रश्न गरिन् ।

‘अन्तरजातीय विवाहका कारण कतिले मारिनुपर्ने सभामुख महोदय ?’ भनी उनले प्रश्न गरिन् । ‘अन्तरजातीय प्रेम गर्नुको सजाय भनेको मारिनु हो सभामुख महोदय ?,’ उनले भनिन् । घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नसमेत उनले माग गरिन् ।

सम्बन्धित समाचार

मैथिली लोक संस्कृतीको संरक्षणमा महत्वपूर्ण योगदान गरेका पूर्वसांसद नेपाली सम्मानित

विराटनगर, २५ पुस । राष्ट्रियसभाका पूर्वसांसद तथा दलित आन्दोलनका शिर्ष नेता खेम नेपाली सम्मानित हुनुभएको छ । मैथिली लोक, कला तथा भाषा संस्कृती संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै पूर्व सांसद नेपालीलाई अप्पन विराटगढ परोपकार समाजले...

कमला ह्यारिस डेमोक्र्याटबाट उपराष्ट्रपतिको उम्मेदवार

एजेन्सी, साउन २८-आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएका छन् । अमेरिकी उपराष्ट्रपति पदको उम्मेदवार बन्ने उनी पहिलो अश्वेत महिला हुनेछिन् । उनी भारतीय–जमाइका मूलकी हुन्...

लुम्बिनीमा प्रदेश सभा सदस्यहरु बन्धक

काठमाडौं, साउन २६ । अरुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा सांसद् पदकै उपहास गरेको छ । माओवादी, जसपा र जनमोर्चासँग मिलेर कांग्रेसले आफ्नै सांसद्लाई रिसोर्टमा बन्धक बनाएर राखेको छ । शंकर...

खार्जीस्थित ज्योति आधारभूत विद्यालयमा चित्रकला प्रतियोगिता

विराटनगर, १७ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालयमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । शुक्रबार क्लबले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि खेलकुद, चित्रकला तथा हस्तलेखन प्रतियोगिता आयोजना गरेको...

सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति

अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले उक्त विश्वास व्यक्त गरेकी हुन् । उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको...

झलनाथ र माधव एमालेको साधारण सदस्यबाटै निष्कासित

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना...

पूर्वाञ्चल विद्या सदनमा स्वास्थ्य शिविर, चार सय बढी विद्यार्थीले गरे स्वास्थ्य परीक्षण

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्कुल परिसरमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा ४ सय...

३३ किलो सुन काण्ड: आजदेखि अन्तिम सुनुवाई सुरु, भोलि सकिने

विराटनगर, १० असोज । साढे ३३ किलो सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ आजदेखि सुरू भएको छ । साढे ३३ किलोग्राम सुन प्रकरणमा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्