रुकुम घटनाः जनार्दन शर्माले अपराधीलाई बचाउन खोजेको भन्दै प्रतिनिधिसभामा चर्काचर्की

 न्यूज विराट
रुकुम घटनाः जनार्दन शर्माले अपराधीलाई बचाउन खोजेको भन्दै प्रतिनिधिसभामा चर्काचर्की

काठमाडौं, जेठ १३–रुकुमको घटनालाई लिएर संघीय संसदको प्रतिनिधिसभामा चर्काचर्की भएको छ । प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध गरेपछि बोल्ने क्रममा सत्ता पक्ष सांसदले वडा अध्यक्षको बचाउ गरेपछि प्रतिपक्षी सांसदले विरोध जनाएका थिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले सभापतिसँग समय लिएर बोल्ने क्रममा रुकुमको घटनालाई राजनीतिकरण गर्न खोजिएको आरोप लगाउँदै वडा अध्यक्षको बचाउ गर्न थालेपछि प्रतिपक्षका सांसदहरूले विरोध जनाएका हुन् । सांसद शर्माले आफू त्यस क्षेत्रको जनप्रतिनिध रहेकोले उक्त घटनामा बोल्न पाउन पर्ने धारणा राखेका थिए भने प्रतिपक्षका संसदले विरोध जनाएका थिए ।

बैठकमा चर्काचर्की हुन थालेपछि सभामुख अग्नि साप्कोटाले सयमित हुन आग्रह गरेका थिए । उनले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै गृहमन्त्री राम बहादुर थापाले जावफ दिन बताएका थिए ।

बैठक अवरुद्ध लगत्तै बोल्दै नेपाली कांग्रेस सांसदले मिन विश्वकर्माले विश्वव्यापी रूमामा फैलिएको कोरोना भाइरसले नेपालमा ४ जनाको ज्यान जाँदा जाजरकोट घटनामा १ घण्टामै ६ जनाको ज्यान लिएको तर सरकार गम्भीर नभएको आरोप लगाए ।

उनले त्रिशुलीमा बस खस्दा छानबिन समिति बनाउने तर जाजरकोट घटनामा छानबिन समिति नबनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए । सत्ता पक्षका सांसदले पनि घटनालाई अतिरंजित नगर्न आग्रह गरेका थिए ।

गृहमन्त्री थापाले उक्त घटनाका बारेमा सांसदलाई जवाफ दिएका छन् । उनले ५ जनाको छानबिन समिति बनाएर घटनाको छानबिन सुरु गरिएको पनि बताएका छन् । शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवा र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता भएका ३ जना युवाको शव फेला परेको छ । अझै ४ जना बेपता भएको बताइएको छ ।

प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए । सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको शव फेला परेको छ ।

सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् । घटनामा संलग्न रहेको आरोपमा चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार

२४ घण्टामा देशभर ६४१ जना संक्रमित थपिए, १३४ जना डिस्चार्ज

काठमाडौं, ३२ साउन(पछिल्लो २४ घण्टाको अवधिमा थप ६४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

इथियोपियाको क्षेत्रीय राजधानी विद्रोहीको नियन्त्रणमा

इथियोपियाको क्षेत्रीय राजधानी मिकेली विद्रोहीले कब्जा गरेका छन् । टिग्रेस्थित विद्रोही फौजले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ । उक्त राजधानी इथियोपियाको फौजले गत नोभेम्बरमा आफ्नो नियन्त्रणमा लिएको थियो । तर,...

थप ११२८ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २८ माघ । नेपालमा थप १ हजार १ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनाको नमूना परीक्षण गर्दा थप १ हजार १ सय २८...

मतगणना अपडेट : इलाम–२ मा सुहाङले लिए अग्रता

इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् । शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा भइरहेको...

मुख्यमन्त्री कार्कीले कोशीमा तेस्रो पटक मन्त्रीपरिषद विस्तार गर्दै, चार बजे सपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।...

५ हजार ११० नुमना परीक्षण गर्दा थपिए ५११ संक्रमित

काठमाडौं, १५ पुस-नेपालमा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ११० जनाको नमुना परीक्षण गर्दा २०४ महिला र ३०७ जना पुरुषमा कोरोना...

प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा

विराटनगर, २७ जेठ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका छन् । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’...

कोभिड- १९ व्यवस्थापनका लागि विश्व बैंकले १० करोड डलर दिने 

काठमाडौं, १० असार-विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड- १९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्