झापामा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

 न्यूज विराट
झापामा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

झापा, १३ जेठ-दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका-२ लालमाटीमा जंगली हात्ती लखेट्न आएका १ भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी-६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको हो।

मोरङतिरबाट आएको हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासी भारतीय युवकलाई झम्टेको थियो।

हात्ती खेद्न सीमा नाघेर आएका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा भेटिएको छ । घटनाको खबर पाएलगत्तै कोरोबारी प्रहरी चौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत साता कचनकबलमा जंगलमा निगुरो टिप्न जाँदा हात्तीको आक्रमणमा परी १ वृद्धको मृत्यु भएको थियो । रासस

सम्बन्धित समाचार

आज विराटनगरमा २१९ जनामा कोरोना संक्रमण

विराटनगर, ८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

निजी विद्यालयले अनलाइन कक्षा चलाएबापत शुल्क लिन पाउने

काठमाडौं, १९ भदौ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरेबापत शुल्क लिन पाउने बताएका छन् । शुक्रबार भर्चुअल बैठकमा उनले निजी विद्यालयहरूले शुल्क लिन पाउने बताएका हुन् ।  ‘निजी विद्यालयले...

नेपाल दक्षिण एसियाको उदाउदो सूर्य – अध्यक्ष ओली

काठमाडौं,१३ पुस । नेकपा एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई पन्च गठबन्धनको बिकास बिरोधि कठपुतली भएको बताउनुभयो । सोमवार एमाले गौरादह नगर कमिटि द्वारा वडा नं. ४ स्कुलचौनमा आयोजित भेटघाट कार्यक्रममा सम्बोधन गर्दै ओलीले उक्त...

बजेट अधिवेशन सुरु

काठमाडौं, २६ वैशाख-संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान सम्बन्धी पत्र पढे लगत्तै अभिवेशन प्रारम्भ भएको हो । वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयअनुसार...

मोरङको उर्लाबारी आगलागी, चार प्रहरीसहित २८ जना घाइते

विराटनगर । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरीसहित २८ जना घाइते भएका छन् । प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार, दुई जना जवान सहित २४ जना सर्वसाधरण घाइते भएका मोरङ...

शिक्षादीप कलेजका ११ विद्यार्थीले देखाए जलबायु परिर्वतनको ‘रिसर्च डकुमेन्ट्री’

विराटनगर । विराटनगस्थित शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययरत विज्ञान संकायका ११ जना विद्यार्थीहरूले जलबायु परिवर्तन सम्बन्धी रिसर्च गरेको डकुमेन्ट्री देखाएका छन् । विज्ञान संकायमा अध्ययन गर्दै आएका ११ जना विद्यार्थीहरूले लामो समयदेखि गर्दै आएको...

संखुवासभा सामूहिक हत्याकाण्ड : अर्का एकजना पनि पक्राउ

विराटनगर, ३१ भदौ । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी प्रमुख अरुण विसीले...

लकडाउनको १ महिना पूरा

काठमाडौं, ११ वैशाख-सरकारले घोषणा गरेको लकडाउनको बुधबार १ महिना पूरा भएको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । चैत ११ गते बिहान ६ बजेबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्