काठमाडौं, १२ जेठ-सरकारले भर्चुअल माध्यमबाट पनि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै भर्चुअल क्लासकाे माध्यमबाट नयाँ शैक्षिकसत्र सुरु गरिने जानकारी गराएका हुन् ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन लागू गरेपछि ठप्प रहेको शैक्षिक गतिविधिलाई पुन: सुचारु गर्नका लागि सरकारले यस्तो विधि अपनाउन तयारी गरेको उनको भनाइ छ । एसईई दिने विद्यार्थीलाई सिङ्गो शैक्षिकसत्र खेर जान नदिने उनको भनाइ छ ।
लकडाउनका कारण लाखौँ विद्यार्थी अन्योलतामा रहेको सवालमा शिक्षा मन्त्रालयले भर्चुअल माध्यमबाट शैक्षिकसत्र सुरु गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले एसईई सुरु गर्नुभन्दा २ दिनअघि स्थगित गरेको सवालमा उचित कदम चालिने पनि बताएका छन् ।