मुख्यमन्त्री राईद्धारा ईदको शुभकामना

 न्यूज विराट
मुख्यमन्त्री राईद्धारा ईदको शुभकामना

विराटनगर, जेठ १२–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितर २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन् ।

यस वर्ष विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण यी चाडपर्व खुला र भव्य रुपमा आयोजना गरी मनाउन सम्भव भएन, मुख्यमन्त्री राईले कोरोना भाइरसको भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन विशेष अपील समेत गरेका छन् । विभिन्न धर्म, संस्कृति, भेषभूषा, रहनसहन र पहिचानको विविधिताले सम्पन्न हाम्रो मुलुकमा हरेक जातजाति र धर्मका आ—आफ्नै मौलिक संस्कृति र पहिचान छन् मुख्यमन्त्री राईद्धारा जारी सन्देशमा भनिएको छ, नेपाल लगायत विश्वका विभिन्न मुलुकमा रहेका इस्लाम धर्मावलम्बीहरुले मनाउने ईद उल फितर चाडको पनि आफ्नो छुट्टै पहिचान, मौलिकता र विशिष्टता रहेको छ ।

धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने ईद उल फितर जस्ता पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रबद्र्धन गर्दै ऐतिहासिक एवं मौलिक संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको सन्देशमा उल्लेख गरिएको छ ।

हाम्रो मुलुकमा मनाइने यी र यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दीगो र दरिलो बनाउने तर्फ लाग्नु हामी सबैको कर्तव्य हो । यस ईद उल फितर पर्वले हामी सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, भातृत्व, सद्भाव, सहिष्णुता र एकता कायम गर्दै समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड—१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना मुख्यमन्त्री राईद्धारा जारी सन्देशमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

विवाह नहुँदा टेलरिङ व्यवसायीको हात खाली

बागलुङ, २५ वैशाख-अघिल्ला वर्षका वैशाख र जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपाली भने कामविहीन भएका छन् । बागलुङ बजारको हल्लनचोकका टेलरिङ व्यवसायी सुजन परियार कामको चापले लगनको महिनामा राम्रोसँग खान र सुत्न...

विराटनगरमा ४ सहित प्रदेश १ मा १० जनामा कोरोना संक्रमण

विराटनगर, १५ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रण भएको छ । ३३५ जनाको पीसीआर परीक्षण गर्दा ९ र १११ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...

फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने एनपीएको माग

विराटनगर । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड अनुसार फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने नेपाल फर्मास्युटिकल एसोसिएशन नेपाल (एनपीए) ले माग राखेको छ । एनपीएले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ पूर्ण...

१७ रुपैयाँको पानी ५० रुपैयाँमा बिक्री, विराटनगरको तृष्णा होटललाई २० हजार जरिवना

विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडस्थित तृष्णा केभिङ टेल्सले अत्यधिक नाफा खाएर सामान बिक्री गर्ने गरेको फेला परेको छ ।विराटनगर महानगरपालिकाको अनुगमन टोलीले अनुगमन गर्दा १७ रुपैयाँमा खरिद गरेको पिउने पानी ५० रुपैयाँसम्ममा बिक्री गरेको पाइएको...

कोसी नदी तटबन्धमा युवक मृत फेला

सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा आज बिहान एक युवकको शव भेटिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा सो युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय...

सदस्य सचिव बस्नेतद्वारा खोटाङ जिल्लाको खेलकुद संरचनाको अनुगमन तथा निरीक्षण

विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खोटाङ जिल्लाको खेलकुद विकास समितिको कार्यालय तथा जिल्लामा रहेको खेलकुद संरचनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन्। कोशी प्रदेशको विभिन्न जिल्लाहरुको खेलकुद समिति मातहतको...

कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट , कुन क्षेत्रमा कति बजेट ?

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज उक्त बजेट प्रस्तुत गरेका हुन्...

प्रधानमन्त्री ओली संखुवासभामा

काठमाडौं, २६ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न आयोजनाहरुको निरीक्षण भ्रमणका लागि संखुवासभा पुगेका छन् ।हेलिकोप्टरमा संखुवासभा पुगेका प्रधानमन्त्रीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण गरेका छन् । उनले स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्