सुनवल नाकामा अलपत्र परेका २३ जना नेपालीको उद्दार

 न्यूज विराट
सुनवल नाकामा अलपत्र परेका २३ जना नेपालीको उद्दार

संखुवासभा, ११ जेठ-रुपन्देहीको सुनवल नाकाबाट संखुवासभाका २३ जनालाई उद्दार गरिएको छ । उनीहरु लुकेर सुनवल नाका हुँदै रुपन्देही आइपुगेका थिए । अलपत्र परेका नागरिकलाई मादी नगरपालिकाको पहलमा उद्दार गरिएको मादी नगरपालिका नगरप्रमुख विदुर सुब्बा लिङ्थेपले जानकारी दिए ।

उनीहरु रातरात भागेर भारतबाट २४ दिन अघि सुनौल नाका हुँदै नेपाल प्रवेश गरेका थिए । भारतबाट लकडाउन छल्दै नेपाल प्रवेश गरेका उनीहरुलाई रुपन्देही प्रशासनले क्वारेन्टाइनमा राखेको थियो ।

स्थानीय प्रशासनले जिल्लामा राख्ने क्वारेन्टाइन भरिएपछि संखुवासभालाई आफ्ना नागरिक लैजान अनुरोध गरेको थियो । नाकामा क्वारेन्टाइन भरिएर राख्ने ठाउँ नभएपछि हामी आफ्नो नागरिकलाई  उद्दार गरेको नगर प्रमुख लिङ्थेपले बताए ।

उनले भने, ‘अहिले पनि भारतबाट विभिन्न नाकाबाट नेपालीहरु भित्रने क्रम नरोकिएका कारण नाकामा क्वारेन्टाइन भरिन थालेपछि रुपन्देहीको स्थानीय प्रशासनले हामीलाई अनुरोध गरेपछि उनीहरुलाई उद्दार गरिएको हो ।’

उद्दार गरिएकामा मादीका ९, चैनपुरका ५ र खाँदबारी नगरपालिका १ जनालाई धर्मदेवी नगरपालिका–४ पिलुवामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ भने पाँचखपन नगरपालिकाका ७ जनालाई पाँचखपनकै क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै सभापोखरीका १ जनालाई सभापोखरीकै क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबैलाई आ–आफ्नो गाउँ तथा नगरपालिका खर्चमा उद्दार गरिएको मादी नगर प्रमुख लिङ्थेपले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रदेश १ मा दैनिक संक्रमणको नयाँ रेकर्डः आज १०३९ संक्रमित थपिए

विराटनगर, ३० वैशाख । प्रदेश १ मा आज १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा...

जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि रेडस्टार र सुविजिमुर स्कुललाई

विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार र सुन्दरहरैचना नगरपालिकामा रहेको सुविजिमुर मेमोरियल स्कुललले जितेको छ । प्याब्सन मोरङले विराटनगरमा शनिबार आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारले जुनियरतर्फ र सुविजिमुरले सिनियरतर्फको...

५ वटा जिल्ला कोरोना फ्रि, ६ वटामा ५ सयभन्दा बढी संक्रमित

काठमाडौं, २५ असार-नेपालका ५ वटा जिल्ला करोना फ्रि भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला कोरोना फ्रि जिल्ला भएको बताए । यी जिल्लामा कोरोना...

कटहरीका व्यापारी सञ्जय करवामाथि निर्घात कुटपिट, प्रहरीले जाहेरी लिन नमानेको गुनासो

विराटनगर, ६ असार । मोरङको कटहरीका काठ व्यापारीमाथि निर्घात कुटपिट भएको छ । कटहरी–२ हल्दीवारीका जय हनुमान भेनियर उद्योग सञ्चालक ५० वर्षीय सञ्जयकुमार करवामाथि निर्घात कुटपिट भएको हो । पुरानो रिसिबिलाइ लिएर कटहरी गाउँपालिका ३...

पोखरिमा डुबेर एक किशोरको मृत्यु

बिराटनगर, ३२ साउन-मोरङ बिराटनगर महानगरपालिका–१४ मा स्थित पोखरीमा डुबेर १६ बर्षीय किशोरको मृत्यु भएको छ ।आइतबार बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका विराटनगर–१५ का...

राजमार्गमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए ।...

चर्को भाडा असुलेर यात्रु लगिएको छैनः सिटौला

काठमाडौं,  २६ जेठ-नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुसँग चर्को भाडा नलिएको स्पष्ट पारेका छन् ।महासंघ र उनको नाम जोडेर यात्रुसँग चर्को भाडा असुलेको समाचार बाहिर आएपछि महासचिव सिटौलाले स्पष्ट पारेका हुन् ।...

कांग्रेस महाधिवेनः इटहरीको नगर सभापतिमा हेकमर्ण पौडेल विजयी

विराटनगर, १० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्र्तगत सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनबाट हेमकर्ण पौडेल सभापतिमा विजयी हुनुभएको छ । निर्वाचनमा दुई प्यानल भएर चुनावी प्रतिस्पर्धा गरेका विकास केसीलाई ४२ मतको अन्तरले पौडेलले पराजित गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्