दाना-कुश्मा खण्ड प्रसारण लाइन असारभित्र संचालनमा ल्याइने

 न्यूज विराट
दाना-कुश्मा खण्ड प्रसारण लाइन असारभित्र संचालनमा ल्याइने

काठमाडौं, १० जेठ-कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्माखण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन)काबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरूको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेको छ ।

दाना र कुश्मास्थित खुर्कोटमा २२०/१३२ केभी सबस्टेसन निर्माणका बाँकी रहेका काम पनि जारी छ । दुवै सबस्टेसनका अधिकांश उपकरणहरू जडान भइसकेका छन् ।

दाना—कुश्माखण्ड यही असारभित्रमा संचालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

यही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत् जोडिने छ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा संचालनमा रहेको ११.२ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । अहिले थापा खोलाको विद्युत ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको छ ।

३९ किलोमिटर दाना–कुश्मा प्रसारण लाइनअन्तर्गत १ सय १० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा १ वटा टावर मात्रै खडा गर्न बाँकी छ । केही स्थानीयले प्रसारण लाइन मूनि आफ्नो घर परेको भन्दै रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका थिए ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायतको पहलमा स्थानीयसँग छलफल गरी टावर निर्माण अगाडि बढाइएको छ ।

अहिले टावर खडा गर्ने काम भइरहेको र तार टांग्ने तथा सबस्टेसनको बाँकी काम सम्पन्न गरी असारभित्रमा लाइन चार्ज गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

सम्बन्धित समाचार

शनिबार ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ साउन-नेपालमा शनिबार मात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धी नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशका विभिन्न ठाउँमा गरिएको पीसीआर परीक्षणका क्रममा ५७ जनामा मात्रै कोरोना...

चुच्चे नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गरी प्रकाशकमाथि कडा कार्वाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, जेठ २६ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चुच्चे नक्साको ठाउँमा पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिनुभएको छ । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा...

विराटनगरमा १७ सहित प्रदेश १ मा २१५ जनामा कोरोना संक्रमण

विराटनगर, ४ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना संक्रमण भएको छ । ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टिजेन परीक्षणगर्दा ४४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले...

२ सातामा विदेशबाट ७ हजार नेपालीको उद्धार 

काठमाडौं, १० असार-कोरोना भाइरसका कारण विभिन्न देशमा अलपत्र परेका ७ हजार १ सय ५४ नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको छ । सरकाले गत २३ जेठदेखि विभिन्न १८ मुलुकबाट कोरोनाका कारण समस्या परेका नागरिक स्वदेश ल्याउन...

कोभिड अस्पताललाई युवा संघद्धारा वुथ हस्तान्तरण

विराटनगर, बैशाख २१–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट युवक संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङले नमूना संकलन वुथ हस्तान्तरण गरेको छ । कोराना भाइरसका शंकास्पद व्यक्तिको नमुना संकलन लिनका लागि...

क्यानडा पठाइदिन्छु भनी ९० लाख ठगेको अभियोगमा एक जना पक्राउ

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन्...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीका कपडा बरामद, विराटनगरका बब्लु अग्रवालले पठाएको खुलसा

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले चोरीपैठारीको आशंकामा १० पोका कपडा बरामद गरेको छ ।आइतबार विराटनगर विमानस्थलबाट यति एयरलाइन्सको उडानबाट कार्गोमार्फत पठाइएको १० वटा पोकामा रहेको तयारी कपडा सशस्त्र प्रहरी बल नेपालको राजस्व अनुसन्धान...

रोजगार मेलामा नौ सय जना दक्ष जनशक्ति सम्पर्कमा

विराटनगर । मोरङको कटहरीमा सोमबार आयोजित रोजगार मेलामा नौ सय जना दक्ष जनशक्तिले रोजगारदाताहरुसँगको सम्पर्कमा पुगेका छन् ।स्वदेशमै कामको खोजी गरिरहेका तथा वैदेशिक रोजगारबाट फर्किए युवाहरुलाई रोजगारदाताको सम्पर्कमा पु¥याउने उद्देशयले अन्तर्राष्ट्रिय श्रम संगठनको वेलकम होम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्