थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ८४ पुग्यो

 न्यूज विराट
थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ८४ पुग्यो

काठमाडौं, १० जेठ-नेपालमा थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । देशका विभिन्न अस्पतलामा गरिएको पछिल्लो परीक्षण विवरणअनुसार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नियमित पत्रकार सम्मलेनमा जानकारी दिए । उनका अनुसार कोसी अस्पतलाको प्रयोगशालामा गरिएको परीक्षण डिल्लीराजमणि मावि क्वारेन्टाइन झापामा रहेका थप एक जनामा १ जना ३३ वर्षीय पुरुषमा पोजेटिभ देखिएको छ ।

त्यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नरैनापुर मदर्साका ६ जना १७ देखि ३२ वर्षसम्मका पुरुषमा पोजेटिभ देखिएका छन् । नरैनापुर ३ को राष्ट्रिय माबि गेगलीको क्वारेन्टाइनमा गरिएको नमुना संकलनमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू १७ देखि ३२ वर्ष उमेर समूह पुरुषका रहेका छन् ।

त्यसैगरी नरैनापुर १ को राष्ट्रिय प्रावि महातनीयामा गरिएको नमुना संकलनमा ६ जनाको नमुना पोजेटिभ देखिएको छ । उनीहरू २२ देखि ५० वर्षका पुरुष हुन् । बर्दियाको बढैयाताल-७ का १ जना १९ वर्षीय पुरुषमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार सुर्खेतमा गरिएको परीक्षणमा पनि ३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू २ जना पुरुष हुन् भने १ जना महिला हुन् । योसँगै ५ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्य पुरुष ५ सय ५ जना र ७९ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा अहिलेसम्म प्रयोगशालामा पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ नमुना परीक्षण गरिएको छ । ८६ हजार २ सय ३५ को आरडीटी परीक्षण गरिएको छ । २४ घण्टामा ३ हजार ४ सय ९४ पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ४ हजार १ सय १९ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट अर्घाखाँचीका १ युवकको मृत्यु

काठमाडौं, १५ जेठ-भारतको गुजरातबाट नेपाल फर्कंदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ ढिकुराका ३५ वर्षीया युवामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको लखनउ आसपास आइपुग्दा उनको गत १० जेठमा मृत्यु भएको थियो ।...

मन्त्री विश्वासद्धारा पब्लिक क्याम्पसको भवन शिलान्यास

विराटनगर, फागुन १६–मोरङको ग्रामथान गाउँपालिका–६स्थित पब्लिक क्याम्पसको १ करोड लागतमा बन्ने भवनको शिलन्यास गरिएको छ । धनिबनि गाउँस्थित सो क्याम्पस परिसरमा आज आयोजित कार्यक्रमकाबीच प्रदेश एकका उद्योग,पर्यटन,बन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले भवनको शिलन्यास गरे...

९२ हजार मेट्रिक टन चामल मौज्दात

काठमाडौं, ८ जेठ-खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीसँग १६ हजार...

पाटन अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २३ साउन-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ । ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले आज पाटन अस्पतालमा २ जनाको मृत्यु भएको बताए । अस्पतालको आईसीयूमा उपचाररत...

काश्मीरमा १३१ वर्षपछि उर्दुको एकछत्र राज समाप्त, ५ भाषालाई मान्यता

एजेन्सी, १८ भदौ-श्रीनगर केन्द्र सरकारले जम्मू काश्मीरमा पाँच भाषालाई आधिकारिक भाषाको मान्यता दिने घोषणा गरेको छ । यसका साथै त्यहाँ १३१ वर्षपछि उर्दु भाषाको एकछत्र राज समाप्त भएको छ । भौगोलिक र सामाजिक रुपमा विविधता...

सूचनाको अधिकार कुण्ठित हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं, २२ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित नहुने बताएका छन् ।राष्ट्रिय सूचना आयोगको १३ औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नागरिकको...

बाक्लो हुस्सु र अत्यधिक गतिका कारण दुर्घटना, दुई जनाको मृत्यु

विराटनगर, ८ माघ । सर्लाहीको हरिवन नगरपालिका–४ मा आज बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस आज...

विराटनगरमा २५ संक्रमित थपिए, संक्रमितको संख्या ४६७ पुग्यो

विराटनगर, ३१ साउन–समुदायस्तरमा तिब्ररुपले कोरोना संक्रमण फैलँदै गएको विराटनगरमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार विहान थप २५ जनामा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकाहरु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्