सीमावर्ती सवै वडा सिल गर्ने रतुवामाईको निर्णय

 न्यूज विराट
सीमावर्ती सवै वडा सिल गर्ने रतुवामाईको निर्णय

विराटनगर, जेठ १०–भारतबाट आएका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछी भारतसँग सीमा जोडिएका रतुवामाई नगरपालिकाका सवै वडा सिल गरिएको छ । रतुवामाई नगरपालिकामा शनिबार स्थानीय सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलपछि नगर क्षेत्रमा कोरोना संक्रमण रोक थाम तथा व्यवस्थापनका लागि हुलाकी राजमार्गदेखी दक्षिणका सवै वडा शिल गर्ने निर्णय नगरप्रमुख रवीन राईले जानकारी दिए।

उनका अनुसार भारतसँग सीमा जोडिएका १, २, ३ र ४ नं. वडामा आगामी जेठ १५ गतेसम्म स्थानीय हाटबजार, सानाठुला सबै प्रकारका पसल÷व्यवसाय, चोक तथा सडक किनारमा किबनबेच हुने सागसब्जीको पसल लगायत सम्पूर्ण कारोवार र आवत जावत पूर्णरुपमा बन्द गरिएको हो ।

त्यस्तै रतुवामाई नगरपालिकाले तोकेका सिजुवा मावि र सौँठा माविका क्वारेन्टाइनमा स्वास्थ्य वस्वस्थापन नगरपालिका कार्यालयले, सुरक्षाको व्यवस्थापन इलाका प्रहरी कार्यालय सिजुवार शसस्त्र प्रहरी बल बेस क्याम्प सौँठाले आपसमा समन्वय गरि सुरक्षाको व्यवस्था मिलाउने समेत निर्णय गरिएको नगरप्रमुख राईले बताए ।

रतुवामाई–१ मा २५ वर्षिय युवक र वडा नं. २ स्थित घर्रु चोकका ४१ वर्षिय पुरुषका कोरोना संक्रमण पुष्टि भएको थियो । नगरप्रमुख राईका अनुसार भारतबाट आएका दुवै जनामा कोरोना संक्रमण पुष्टि भएपछी उनीहरुको विराटनगर स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सम्बन्धित समाचार

ट्रयाक्टर दुर्घटनामा २१ जना घाइते

विराटनगर, माघ १६–सुनसरीको बराहक्षेत्रमा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा त्यसका सवार २१ जना घाइते भएका छन् । सुनसरीको बराहक्षेत्रस्थित रानीखोला पुलनजिकै को.२ त ८४८६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको...

कालीमाटी तरकारी बजारमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं, ५ जेठ-कालिमाटी तरकारी बजारमा गरिएको कोरोना भाइरसको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । जेठ १ गते झण्डै ६ सय १ जनामा आरडीटी र पीसीआर परीक्षण गरिएकोमा दुई जनाको आरडिटी परीक्षण पोजेटिभ आएको थियो ।...

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, को बन्दैछन् मुख्यमन्त्री ?

विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। सत्ता साझेदार दलहरुले आजै प्रदेश प्रमुखसामू मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्।प्रदेश १ को मुख्यमन्त्रीमा...

पूसोम कलेजले गर्यो २१ औं ब्याचको विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – २ मा रहेको पूर्वाञ्चल विश्व विद्यालय स्कूल अफ मेनेजमेन्ट (पूसोम)ले विविए संकायका २१ औं ब्याचका विद्यार्थीहरुलाई आज एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विविएको आठौ सेमेस्टरका १...

आफूखुसी बजार खोल्दा कोरोना संक्रमण फैलिन सक्छः मुख्यमन्त्री पोखरेल

रुपन्देही, २३ जेठ-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुसी बजार खोल्दा  कोभिड-१९ सङ्क्रमणको जोखिम बढ्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले अहिलेसम्म कोभिड-१९ समुदायस्तरमा नफैलिएका कारण आफूखुसी बजार खोल्दा संक्रमण फैलिए त्यसको जिम्मेवार को बन्ने...

सरकारसँगको ‘राजनीतिक टसलपछि’ समाज कल्याण परिषद्का पदाधिकारीहरूले दिए राजीनामा

काठमाडौं, ८ असोज । समाज कल्‍याण परिषद्का उपाध्यक्षसहित सबै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् । परिषद्‍का सदस्य सचिव पुष्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले...

कटहरीले बेरुजु घटाउँदै, एक वर्षमा १० करोड ८४ लाख बेरुजु फछ्र्यौट

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बेरुजु फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ ।६ वर्षमा जम्मा १४ करोड ११ लाख ७५ हजार बेरुजु रहेको मध्ये आर्थिक वर्षमा २०७७÷०७८ मा...

कक्षा १२ को नतिजा सार्वजनिक, विराटनगरको कुन विद्यालयको कस्तो नतिजा ?

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा विराटनगरका निजी र सामुदायिक विद्यालयको उत्कृष्ट नतिजा ल्याएका छन् । यहाँका विद्यालयहरुले आ–आफ्नै दावी गरेका छन् । विराटनगर – ३ मा रहेको पोखरीया...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्