आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

 न्यूज विराट
आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

काठमाडौं, १० जेठ-कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ का कारण ११ चैतदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको कोषले विज्ञप्तिमार्फत जनाकारी दिएको छ ।

‘लकडाउनका कारण यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारीरूपमा सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अनलाइन विशेष सापटी सेवा शुरु गरिएको हो’ विज्ञप्तिमा भनिएको छ ।

हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्ने छन् । त्यसका लागि सञ्चयकर्ताले कोषको वेभसाइटमा गइ प्राप्त निर्देशनअनुसार अनलाइन फाराम भरी सोसँगै विशेष सापटीको आवेदन फाराम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने हुन्छ ।

कोषले उक्त आवेदन फारामलाई रुजु गर्छ र सो गरिसकेपछि सम्बन्धित सञ्चयकर्ताको बैंक खातामै रकम जम्मा गरिदिनेछ । कोषले कोभिड–१९ का कारण हाल बन्द रहेका अन्य सेवासमेत क्रमशः सञ्चालनको तयारीसमेत पूरा गरेको छ । लकडाउन खुकुलो हुनेबित्तिकै कोषका कार्यालयमार्फत सुरक्षितरूपमा कोषका अन्य सेवाप्रवाह हुने गरी तयारी गरिएको कोषले जनाएको छ । रासस

सम्बन्धित समाचार

प्रदेश १ मा बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता

विराटनगर, ६ कात्तिक । बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन् भने सयौ घर डुवानमा परेका छन् । प्रदेश...

प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

विराटनगर, २८ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आगामी कात्तिक ३० गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार प्रदेश सरकारको तर्फबाट उनले प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली समक्ष विश्वासको मत लिनेसम्बन्धि...

‘प्याब्सन विराट कप’ : ग्रेडेड, विराट शिक्षा, सेन्टजोसेफ, देवकोटा र मदरल्याण्ड स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा विराट शिक्षा स्कुलले ओडिसि स्कुललाई ६–० गोलले...

कोरोना संक्रमणबाट विराटनगरकी एक महिलाको मृत्यु

विराटनगर, ३२ साउन–विराटनगरकी एक कोरोना संक्रमित महिलाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । विराटनगर–२ की ५० बर्षीया महिलाको उपचारको क्रममा आईतवार बिहान १ बजेतिर निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश...

सरस्वती स्कुलको अध्यक्षमा खगेन्द्र बराइलीलाई दोर्‍याउन अभिभावको माग

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलागाउँमा रहेको श्री सरस्वती आधरभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खगेन्द्र बराइलीलाई पुन : दोर्‍याउन अभिभावकहरुले माग गरेका छन् । तीन वर्षको एक कार्यकाल अध्यक्ष भएर विद्यालय सुधारको लागि...

भारतीय मिडियाको दाबीः प्रधानमन्त्री ओलीको कुर्सी खतरामा

काठमाडौं, १७ असार-नेपालबारे कममात्रै समाचार छापिने भारतीय सञ्चारमाध्यममा पछिल्लो समयमा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई नक्सामा समावेश गरेसँगै भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाउन थालेका छन् । सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा...

सशस्त्र प्रहरीका ३ एआईजीको सरुवा

काठमाडौं, २८ जेठ-सशस्त्र प्रहरीका ३ एआईजीको सरुवा भएको छ । मानवस्रोत तथा प्रशासन बिभागमा पुष्पराम केसी, सशस्त्र एकेडेमीमा नारायणबाबु थापा र कार्य तथा सिमा सुरक्षा बिभागमा रामशरण पौडेलको सरुवा भएको हो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले...

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, साउन ३–सुनसरीको इटहरी–३ स्थित ३७ बर्षीय मदन राईको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार छिमेकीको घरमा लाइनको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर वेहोस भएका राईको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्