नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ९-नेपालमा २० जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ५ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । बाँकेका १४ जना र मोरङका १ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ । जसमध्ये पुरुष ४ सय ३३ छन् भने महिला ७४ जना रहेका छन् । ७० जना भने निको भएर घर फर्किएका छन् । आज मात्रै २१ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा २४ घण्टाको अवधिमा ३ हजार ८ सय ११ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ३ हजार ४ सय २१ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

नेपालमा कुल ४२ हजार ४ सय ८८ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी आरडीटी ८२ हजार १ सय १६ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । आइसोलेसनमा ४ सय ३३ जना रहेका छन् ।

सम्बन्धित समाचार

उदयपुरको भुल्केमा एकै परिवारका ५ कोरोना संक्रमित

उदयपुर, ३० वैशाख-नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरियो, मन्त्रीहरुले दिए राजिनामा

विराटनगर । नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, स्वास्थ्य...

भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा

अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको हो । भेन्टिलेटरलगायतका उपकरण खरिदका कागजपत्र नियन्त्रणमा लिएर...

पत्रकार प्रेम देवानमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

विराटनगर । पत्रकार प्रेम देवानमाथि विराटनगरमा एक समूहले आक्रमण गरेको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिकामा बाहिर मोरङको धनपालथान गाउँपालिका रमेश मण्डलसहितको समूहले उनलाई आक्रमण गरेका हुन् । विराटनगर–७, सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय...

करको दर घटाउने विराटनगर महानगरका मेयर कोइरालाको पहिलो निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) नागेश कोइरालाले आज पदभार ग्रहण गर्नुभएको छ । मोरङको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका मुख्य न्यायाधिश भरत लम्सालबाट पद तथा गोपनियताको सपथ लिनु भएका कोइरालाले आजै पदभार ग्रहण गर्नुभएको...

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पारित गराएर कुनै हालतमा प्रदेश सरकार ढाल्छौँः आचार्य

विराटनगर, १६ माघ-नेकपा प्रचण-माधव नेपाल समूहका नेता भीम आचार्यले प्रदेशमा अल्पमतमा भएको सरकारलाई फाल्नका लागि अविश्वास प्रस्ताव दर्ता गरिएको बताएका छन् । विराटनगरमा सो समूहले आयोजना गरेको विरोधसभामा बोल्दै नेता आचार्यले कुनै हालतमा प्रदेश सरकार...

सेनाले ल्यायो चीनबाट १० ट्रक सामान

काठमाडौं, ३ जेठ-नेपाली सेनाले चीनबाट १० ट्रक स्वास्थ्य सामान ल्याएको छ । तातोपानी नाकाबाट १० ट्रक सामान लिएर शनिबार काठमाडौंतर्फ हिँडेको भन्सार विभागले जनाएको छ । सेनाले डिस्पोजेबल गाउन र पीपीई रहेका छन् । भन्सार...

४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, २ माघ । पछिल्लो २४ घण्टामा नेपालमा ४९६१ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको कोरोना परीक्षण गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्