काठमाडौं, ९ जेठ-नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितमा नवलपरासी (वर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाध चितवनका ७४ वर्षीय पुरुष, ७३ वर्षीया महिला, नवलपरासी सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका-३ का १८, ३३, ३५ वर्षीय पुरुष र १५ वर्षीया किशोरी रहेका छन् ।
त्यस्तै, कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज नै सर्लाहीको गौडदत नगरपालिका-८, ९, ११, १३ र १४ र रामनगर बहुअर्बा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया किशोरीमा पनि कोरोना पोजिटिभ देखिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।
यो सँगै नेपामला कुल संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । जसमध्ये ७० जना उपचारपछि घर फर्किँदा ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २ पुरुष र १ महिला रहेका छन् ।